Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ देवदहका नगरप्रमुख खत्रीलाई घर खाली गर्न विप्लव माओवादीको अल्टिमेटम
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

देवदहका नगरप्रमुख खत्रीलाई घर खाली गर्न विप्लव माओवादीको अल्टिमेटम

संसारपोस्ट संवाददाता · २६ असार २०७७ · 0
देवदहका नगरप्रमुख खत्रीलाई घर खाली गर्न विप्लव माओवादीको अल्टिमेटम
90
SHARES
ShareTweet

कानून र पद्दतिलाई लत्याएर अपराधको सहारा लिने काम नगर्न नगरपालिका संघको आग्रह

बुटवल, २६ असार । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जिल्ला ‘जन अदालत’रुपन्देहीले देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीलाई घर खाली गर्न धम्की दिएको छ ।
देवदह नगरपालिका वडा नंं. ३ टटेरामा ३५ परिवारले केही वर्षदेखि जोतभोग गर्दै आएको जग्गा नगरप्रमुखको नेतृत्वमा हडपिएको भन्दै यसमा नगरप्रमुख मुख्य दोषी रहेको आरोप लगाउंदै जन अदालतले नगर प्रमुखलाई १० दिने अल्मिेटमसहित घर खाली गर्न पर्चा टांसेर अल्टिमेटम दिएको हो । जिल्ला जनअदालत रुपन्देहीका प्रमुख कमलमणिको हस्ताक्षरमा प्रमुख खत्रीको घरमा १० दिन भित्र घर खाली गर्न भन्दै असार १८ गते पर्चा टांस गरिएको थियो ।
स्थानीय गंगालक्ष्मी मल्लको कित्ता नंं १५७ को ९ बिघा १० कठ्ठा जग्गा हदबन्दी भन्दा बढी भएको भन्दै तत्कालीन माओवादी केन्द्र पार्टीले सुकुम्बासीका नाममा ३५ घर परिवारलाई बांडेको थियो । उक्त जग्गामा ती परिवारले जोतभोग गर्दै आएका थिए । यो बर्ष देवदह नगरपालिकाले उक्त जग्गामा उद्योग ग्राम बनाउने भन्दै खेती गर्न नदिएपछि यसअघि असार ३ गते नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जिल्ला ‘जन अदालत’रुपन्देहीले विज्ञप्ति निकालेर विरोध गरेको थियो ।
‘जन अदालत’रुपन्देहीले देवदह नगरप्रमुख हिराबहादुर खत्रीको घरमा सूचना टांस गरेर घर खालीगर्न अल्टिमेटम दिएको घटनाको विरोध गर्दै नेपाल नगरपालिका संघले बिहीबार विज्ञप्ति जारी गरेपछि मात्रै यो घटना बाहिरिएको हो ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देवदह नगरप्रमुख खत्रीको घरमा सूचना टांस गरेको घटना प्रति नेपाल नगरपालिका संघ प्रदेश ५ ले ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिका संघका प्रदेश अध्यक्ष शिवराज सुवेदीद्वारा जारी विज्ञप्तिमा देवदह नगर प्रमुख खत्रीको निजी घरसम्पत्ति खाली गर्न भन्दै पर्चा टांसिएको घटनालाई गम्भिररुपमा लिइएको उल्लेख छ । विज्ञप्तिमा यस प्रकारको अराजनीतिक, आपराधिक र त्रास फैलाउने प्रवृत्ति अवलम्वन गर्नु गलत भएको उल्लेख गर्दै विज्ञप्तिमा कानून, विधि र पद्दतिलाई लत्याएर अपराधको सहारा लिने काम नगर्न आग्रह गरिएको छ । कुनै समस्या भए कानूनीरुपमै छलफलका माध्यमबाट समाधान निकाल्न सकिने विज्ञप्तिमा उल्लेख छ ।


देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले जन अदालतका नाममा आफ्नो व्यक्तिगत घरसम्पत्ति खाली गर्न र नगरे कारवाही गर्ने धम्कीले आफू र परिवारमाथि भय र त्रासको वातावरण सिर्जना गरेको वताउनु भयो । नगर कार्यपालिका बैठकले व्यक्तिको जग्गा सुकुम्बासीका नाममा कब्जा गरेर जोतभोग गर्नु गैर कानूनी भएकाले उद्योग ग्राम बनाउने निर्णय गरिएको नगरप्रमुख खत्रीले जानकारी गराउनु भयो । नगर कार्यपालिकाले गरेको निर्णयलाई नगरप्रमुख एक्लैले गरेजस्तो गरी घर खाली गर्न अल्टिमेटम दिनु कानूनी राजयको खिलाफ र ज्यादती भएको उहांले बताउनु भयो ।

≪ Previous Post

मिनी ट्रकले ठक्कर दिंदा ८ बर्षीय बालकको मृत्यु

Next Post ≫

डिमाण्ड चार्ज र महसुल छुटका लागि रुपन्देही उद्योगद्धारा बिद्युत प्राधिकरणमा ज्ञापनपत्र

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क