भैरहवा, २६ असार । जिल्ला रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ महदेवा स्थित हुलाकी सडक खण्डमा मिनी ट्रकले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । लुम्विनी पर्साबाट कपिलवस्तु तर्फ जाँदै गरेको लु १ ख ७७७० नम्बर को मिनि ट्रकले लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ बस्ने सडकमा हिड्दै गरेका ८ बर्षीय बालक शिव लोधलाइ ठक्कर दिँदा उनी घाईते भएका थिए । दाहिने खुट्टा र बाँया हातमा चोट लागेका लोधलाई उपचारको लागि मेडिकल कलेज भैरहवा लगिएकोमा उपचारको क्रममा विहिबार दिउसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार ठक्कर दिने मिनि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
