Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कोरोनाको नाममा श्रमजिवि पत्रकारको पेशा असुरक्षीत
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोनाको नाममा श्रमजिवि पत्रकारको पेशा असुरक्षीत

संसारपोस्ट संवाददाता · २६ असार २०७७ · 0
कोरोनाको नाममा श्रमजिवि पत्रकारको पेशा असुरक्षीत
60
SHARES
ShareTweet

श्यामलाल पोखरेल



बुटवल, २६ असार
कोरोना महामारीका कारण श्रमजिवि पत्रकारहरुको पेशागत असुरक्षा बढेको ठहर गरिएको गरेको छ ।
देशभरका पत्रकारहरुको पेशागत सुरक्षाको ग्यारेन्टी गर्न मिडिया सञ्चालक र सरोकारवाला निकायलाई आग्रह गरेका छन ।
कोरोना भाइरसले निम्ताएको लकडाउनको कारण देखांउंदै कूनैपनि मिडियाहाउसहरुले पत्रकारहरुलाई जागिरबाट निकाल्न नपाइने र निकालिए त्यसको प्रतिवाद गरिने उनीहरुको चेतावनी रहेको छ ।
मिडिया सञ्चालनका लागि सञ्चालक समस्या भएपनि पत्रकारहरुलाई जागिरबाट निकाल्न नपाइने र पत्रकारहरुका समस्या र मिडियाहाउसका समस्या समाधानका लागि छलफल गरी निकास निकाल्न सकिने पत्रकारहरुको भनाइ रहेको छ ।
प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा वर्तमान परिस्थितिमा श्रमजीवि पत्रकारहरुको अवस्थाबारे गरिएको छलफलमा पत्रकार महासंघ प्रदेश, जिल्ला, पत्रकारहरुसंग सम्बन्धित विभिन्न संघसंगठनका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
पत्रकारहरुको पक्षमा सबै पक्षलाई एकतावद्व बनाउने उद्देश्यले अन्तरक्रियाको आयोजना गरिएको प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देही अध्यक्ष श्यामलाल पोखरेलले जानकारी गराउनु भयो ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघ प्रदेश पांचका उपाध्यक्ष भरत केसीले कूनैपनि मिडियाले काम गरिरहेका पत्रकारहरुलाई मनोमानी ढंगले निकाल्न नमिल्ने बताउनु भयो ।
श्रमजीवि पत्रकारहरुलाई काम गरेको पैसा दिन नसक्ने मिडियाहाउस बन्द भए केही फरक नपर्ने बताउंदै न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको तलव र नियुक्ति पत्र दिन मिडियाहाउसहरुलाई आग्रह गर्नुभयो । श्रमजीवि पत्रकार र मिडियाका समस्याबारे छलफल गरी निकास निकाल्नु पर्ने बताउंदै विज्ञापन नीति ल्याउन सरकानरलाई दवाव दिनु पर्ने बताउनु भयो ।
प्रगतिशील पत्रकार संघ, नेपालका सल्लाहाकार सुमन अधिकारीले श्रमजीवि पत्रकारहरुको पेशागत असुरक्षा बढ्दै गएकाले पेशागत एकता आवश्यक रहेको बताउनुभयो । श्रमजीवि पत्रकारहरु पेशागत, आर्थिक र भौतिक रुपले असुरक्षित रहेको बताउंदै पेशागत सुरक्षाका लागि आधार खोज्न जरुरी रहेको बताउनु भयो ।
राज्य र राज्यका अंगहरुबाट पत्रकारहरुको सुरक्षा तथा संरक्षण हुन नसकेकाले पेशागत असुरक्षा बढेको बताउनुभयो । पत्रकार महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष वालकृष्ण चापागाईले पत्रकारहरुका समस्या र मिडियाहाउसहरुका समस्या चुनौतीको रुपमा अगाडी आएको बताउनुभयो । उहांले मिडियाहाउसहरु चलाउनका लागि विज्ञापनको कमी रहेको र मिडिया सञ्चालनप्रति कोहीपनि जवाफदेही नभएको गुनासो गर्नुभयो । संविधानसभा सदस्य तथा दलिन पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विनोद श्रमजीवि पत्रकारहरुको मापदण्ड निर्धारण नभएकाले पत्रकारहरुले संकट भोग्नु परेको बताउनु भयो ।
कोरोना भाइरस र अन्य कारण देशभरका श्रमजीवि पत्रकारहरु चरम संकटमा परेको अवस्थामा पत्रकार महासंघ गम्भीर बन्न नसकेको र सरकार मुकदर्शक बनेको टिप्पणी गर्नुभयो । पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष दिनेश पाण्डेले श्रमजीवि पत्रकारहरुलाई बिदा गरेर कूनैपनि मिडियाहाउसहरु उम्कन नपाउने बताउनुभयो । कसैले पनि पत्रकारहरुको श्रमशोषण गर्न नपाउने उल्लेख गर्दै काम गरेको पैशा उपलब्ध गराउन मिडियाहाउसहरुलाई आग्रह गर्नुभयो ।
चांदनी नेपालका भवानीप्रसाद पाण्डेले पेशागत सुरक्षाको आधार खोज्नु पर्ने बताउंदै विना नियुक्ति पत्र काम गर्दा श्रमजीवि पत्रकारहरु समस्यामा परेको तर्क गर्नुभयो ।
प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीका अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षता र सचिव डिआर संघारको सञ्चालनमा भएको कार्यक्रममा डब्लडब्लु जेकी भगवती पाण्डे, पे्रस सेन्टर रुपन्देही सदस्य लक्ष्मण पौडेल, फोनिज रुपन्देही अध्यक्ष सोनु थापा, सञ्चारिका समूह रुपन्देही अध्यक्ष निरु गौतम, नेपाल पर्यटन पत्रकार महासंघ प्रदेश पांचका संयोजक भुवन कार्की, पत्रकार एनवी कंडेल लगायतले श्रमजीवि पत्रकारहरुको पेशागत सुरक्षाका साथै अधिकार स्थापितका लागि देशभरका पत्रकारबीच एकता र सहकार्य आवश्यक पर्नेमा जोड दिनुभयो ।

≪ Previous Post

विद्यालय संचालन गर्ने सवालमा अझै १ महिना कुर्न सरकारी निकायद्धारा निजी क्षेत्रलाई आग्रह

Next Post ≫

आज मिति २०७७ आषाढ २७ गते शनिवार तदनुसार 11 july 2020

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क