बुटवल २० असार
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको बिरोधमा रुपन्देहीको मणिग्राममा विरोध प्रदर्शन गरिएको छ ।
एमसीसी नेपालको राष्ट्रिय हित विपरित भएको भन्दै बिरोध प्रदर्शन गरिएको हो ।
स्वतन्त्र नागरिक समूह, नेपालको आयोजनामा एमसीसी सम्झौता बिरुद्व बिरोध प्रदर्शन गरिएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय स्वाधिनताका लागि नागरिक मञ्चका अध्यक्ष पदमहादुर कार्कीले ओली सरकारले भित्राउन लागेको एमसीसी खारेज नभए देशको स्वाधिनता, एकता र अखण्डतामा आंच आउने बताउनु भयो । एमसीसीले सत्तापक्ष नेकपा, प्रतिपक्ष कांगे्रस लगायतका राजनीतिक दल र समाजलाई नै विभाजनमा ल्याएको बताउंदै खोरेज गर्नुको अर्को कूनै विकल्प नभएको बताउनु भयो ।
विकासको नाममा नेपाली जनतालाई भ्रममा पारेर ल्याउन लागिएको एमसीसीले विकास होइन विनास गर्ने उहांको दावी छ ।
पूर्व राज्यमन्त्री प्रकाश चित्रकारले एमसीसी नेपालको हितमा नभएकाले पार्टी र जाती भन्दा माथि उठेर एमसीसीका बिरुद्व एकजुट हुनुपर्ने बताउनु भयो ।
पूर्व सांसद विनोद पहाडीले कोशी, गण्डकी सम्झौता, महाकाली सन्धि बहुसंख्यक नेपालीले बिरोध गर्दागर्दै पास गरिएकाले अहिले धोक्का भएको उल्लेख गर्दै एमसीसी पनि नेपालको लागि धोक्का हुने बताउनुभयो ।
युवा अभियान्ता नारायण नागिलाले अहिले नेपालमा एमसीसी ल्याउनु भनेको हतारमा गल्ती गरेर फुर्सदमा पछुताउनु हो भन्नुभयो ।
स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैह्ेको अध्यक्षता, टोपबहादुर केसीको सञ्चालनमा भएको कार्यक्रममा गणेश पाठक, सागर न्यौपाने लगायतका युवाहरुले बोल्दै एमसीसीले राष्ट्रिय स्वाधिनता, एकता र अखण्डतामाथि खलल पुराउने भएकाले एमसीसी संसदबाट पास नगराउन सरकारसंग माग गर्नुभयो ।
