Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ एमसीसी स्वाधिनता र राष्ट्रिय एकताको बाधक
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एमसीसी स्वाधिनता र राष्ट्रिय एकताको बाधक

संसारपोस्ट संवाददाता · २० असार २०७७ · 0
एमसीसी स्वाधिनता र राष्ट्रिय एकताको बाधक
60
SHARES
ShareTweet


बुटवल २० असार
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको बिरोधमा रुपन्देहीको मणिग्राममा विरोध प्रदर्शन गरिएको छ ।
एमसीसी नेपालको राष्ट्रिय हित विपरित भएको भन्दै बिरोध प्रदर्शन गरिएको हो ।
स्वतन्त्र नागरिक समूह, नेपालको आयोजनामा एमसीसी सम्झौता बिरुद्व बिरोध प्रदर्शन गरिएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय स्वाधिनताका लागि नागरिक मञ्चका अध्यक्ष पदमहादुर कार्कीले ओली सरकारले भित्राउन लागेको एमसीसी खारेज नभए देशको स्वाधिनता, एकता र अखण्डतामा आंच आउने बताउनु भयो । एमसीसीले सत्तापक्ष नेकपा, प्रतिपक्ष कांगे्रस लगायतका राजनीतिक दल र समाजलाई नै विभाजनमा ल्याएको बताउंदै खोरेज गर्नुको अर्को कूनै विकल्प नभएको बताउनु भयो ।
विकासको नाममा नेपाली जनतालाई भ्रममा पारेर ल्याउन लागिएको एमसीसीले विकास होइन विनास गर्ने उहांको दावी छ ।
पूर्व राज्यमन्त्री प्रकाश चित्रकारले एमसीसी नेपालको हितमा नभएकाले पार्टी र जाती भन्दा माथि उठेर एमसीसीका बिरुद्व एकजुट हुनुपर्ने बताउनु भयो ।
पूर्व सांसद विनोद पहाडीले कोशी, गण्डकी सम्झौता, महाकाली सन्धि बहुसंख्यक नेपालीले बिरोध गर्दागर्दै पास गरिएकाले अहिले धोक्का भएको उल्लेख गर्दै एमसीसी पनि नेपालको लागि धोक्का हुने बताउनुभयो ।
युवा अभियान्ता नारायण नागिलाले अहिले नेपालमा एमसीसी ल्याउनु भनेको हतारमा गल्ती गरेर फुर्सदमा पछुताउनु हो भन्नुभयो ।
स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैह्ेको अध्यक्षता, टोपबहादुर केसीको सञ्चालनमा भएको कार्यक्रममा गणेश पाठक, सागर न्यौपाने लगायतका युवाहरुले बोल्दै एमसीसीले राष्ट्रिय स्वाधिनता, एकता र अखण्डतामाथि खलल पुराउने भएकाले एमसीसी संसदबाट पास नगराउन सरकारसंग माग गर्नुभयो ।

≪ Previous Post

शिक्षा राज्यको दायित्व भएकोले बन्दाबन्दीको समयमा शुल्क लिनु गलत

Next Post ≫

नगरवासीलाई स्वस्थ्य राख्न तिलोत्तमाद्धारा खुल्ला व्यायमशाला निर्माण गदैं

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क