Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नगरवासीलाई स्वस्थ्य राख्न तिलोत्तमाद्धारा खुल्ला व्यायमशाला निर्माण गदैं
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नगरवासीलाई स्वस्थ्य राख्न तिलोत्तमाद्धारा खुल्ला व्यायमशाला निर्माण गदैं

संसारपोस्ट संवाददाता · २० असार २०७७ · 0
नगरवासीलाई स्वस्थ्य राख्न तिलोत्तमाद्धारा खुल्ला व्यायमशाला निर्माण गदैं
80
SHARES
ShareTweet


बुटवल २० असार
अरुले भन्दा नविनपनाको हिसावले सेवा र विकास गदै अगाडी बढेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरवासीलाई स्वस्थ्य राख्न खुल्ला व्यायमशाला निर्माण अभियान संचालन गर्ने भएको छ ।
बढ्दो सहरीकरणसँगै खुला ठाउँको अभाव भैरहेको बेला तिलोत्तमाले नागरिकलाई स्वस्थ्य बनाउन खुल्ला व्यायमशालाको अवधारणा ल्याएको हो ।
केही दिनभित्र नगरको वडा नं.८दीपनगर चोकमा पहिलो खुल्ला व्यायशाला निर्माण हुनेछ भने अन्य स्थानमा क्रमशः निर्माण गरिने नगरपालिकाले जनाएको छ ।
दीपनगरमा निर्माण हुने व्यायमशालाका लागि आवश्यक सामाग्री तथा उपकरणहरु आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले नगरपालिकालाई उपलब्ध गराएको छ । विभागका महानिर्देश डा. बासुदेव उपाध्यायले शनिबार तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेलाई व्यायमशालामा आवश्यक सामाग्री हस्तान्तरण गर्नुभयो । शारीरिक व्यायमको लागि चाहिने एक सेट उपकरणको मूल्य दश लाख रहेको जनाइएको छ ।
विभागबाट प्राप्त सामाग्रीलाई तोकिएबमोजिम व्यवस्थित तरिकाले जडान गरेर दीपनगरमा व्यायमशाला सञ्चालनमा ल्याइने नगर प्रमुख घिमिरेले बताउनुभयो । शनिबार ती सामाग्रीको व्यायमशाला बन्ने स्थानमा प्रदर्शन समेत गरिएको छ । तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा अन्य स्थानमा समेत खुल्ला व्यायमशाला बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
सामाग्री हस्तान्तरण गर्दै विभागका महानिर्देशक उपाध्यायले स्वस्थ जीवनको लागि शारीरिक व्यायमको भूमिका महत्वपूर्ण हुने भएकोले नगरपालिकालाई सामाग्री सहयोग गरिएको बताउनुभयो ।
उहाँले व्यायमशालाको भरपूर उपयोग गरी स्वास्थ्यमा सुधार ल्याउन स्थानीयलाई आग्रह गर्नुभयो ।
नगरप्रमुख बासुदेव घिमिरेले स्वस्थ नागरिक निर्माणको लागि नगरले खुल्ला व्यायमशालाको अवधारण अगाडि बढाएको बताउँदै आगामी आर्थिक वर्षको बजेटमा कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको स्पष्ट पार्नुभयो । स्वस्थ जीवनशैलीको लागि व्यायमशाला अब टोल÷टोलमा हुनुपर्ने बताउँदै उहाँले टोल विकास संस्थाले व्ययमशालाको व्यवस्थापन तथा रेखदेख गर्नुपर्ने बताउनुभयो ।
जनभावना माध्यामिक विद्यालय नजिकैको खुला स्थानमा निर्माण गरिने व्यायमशालामा एक पटकमा दश जनाले व्यायम गर्न सक्नेछन् । नगर उपप्रमुख जागेश्वरी चौधरीले खानपान र जीवनशैलीमा आएको परिवर्तनले व्यक्तिमा विभिन्न प्रकारका नसर्ने रोग बढेको बताउँदै स्वस्थ जीवनशैलीको लागि व्यायमशालाको महत्व अझै बढेको बताउनुभयो ।
उहाँले व्यायमशाला निर्माणले नियमित शारीरिक अभ्यास गर्न चाहने जोकोहीलाई सहज हुने बताउनुभयो ।

≪ Previous Post

एमसीसी स्वाधिनता र राष्ट्रिय एकताको बाधक

Next Post ≫

तनाब व्यवस्थापन गर्न ३० जना प्रहरीलाई अभिमुखीकरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क