Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ शिक्षा राज्यको दायित्व भएकोले बन्दाबन्दीको समयमा शुल्क लिनु गलत
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शिक्षा राज्यको दायित्व भएकोले बन्दाबन्दीको समयमा शुल्क लिनु गलत

संसारपोस्ट संवाददाता · २० असार २०७७ · 0
शिक्षा राज्यको दायित्व भएकोले बन्दाबन्दीको समयमा शुल्क लिनु गलत
90
SHARES
ShareTweet


बुटवल २० असार
अखिल क्रान्तिकारी लुम्बिनी क्षेत्रीय समन्वय समितिले आयोजना गरेको कोरोना संकट र शुल्क असुली बिषयक अन्तरक्रियामा वोल्ने वक्ताहरुले शिक्षा राज्यको दायित्व भएकाले बन्दाबन्दीको समयमा शुल्क लिनु गलत भएको ठहर गरेका छन् ।
अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव प्रकाश शाहीले शिक्षा राज्यसत्ताको प्रश्नसँग जोडिएको भन्दै सत्ताको खराब चरित्र विरुद्ध संघर्षको विकल्प नभएको बताउँनु भयो ।
उहाँले अनलाइन शिक्षाको नाममा विद्यार्थी र अभिभावकसँग शुल्क अशुल्ने कार्य गलत र अमानवीय कार्य भएको भन्दै त्यसका विरुद्ध संगठनले कडा सङ्घर्ष गर्ने चेतावनी दिनु भयो ।
अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकले संविधानमा शिक्षालाई निशुल्क र अनिवार्य समेत घोषणा गरेपनि उनीहरुले नै संविधानलाई उलङ्घन गरेको बताउँदै शिक्षाजस्तो बिषयलाई कम्पनी रजिष्टार्ड कार्यालयमा दर्ता गरेर नाफामूलक बनाउनु गलत भएको बताउनु भयो ।
अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र विकले संगठनले पूर्वघोषित संघर्षको कार्यक्रम अनुसार कोरोना संकट र शुल्क असुलीको समस्याबारे सरोकारवालासँग छलफल चलाएको भन्दै संघर्षलाई सहयोग गर्न अपील गर्नु भयो ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय सल्लाहकार लोकनाथ उपाध्याय, प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल, एनप्याब्सनका रुपन्देही अध्यक्ष पुरुषोत्तम बस्याल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, हिसान रुपन्देहीका अध्यक्ष कृष्ण पौडेल, उपाध्यक्ष दिनेश भुसाल, युवा संगठन नेपालका लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषण , अखिल नेपाल लेखक संघका महासचिव खोमा तरामु मगर लगायतले शिक्षाप्रति राज्य उदासिन भएको, बजेटले निजी शिक्षाको समस्या समाधान गर्न नसकेको, गुनासो राख्नु भएको थियो ।

≪ Previous Post

आज मिति २०७७ आषाढ २० गते शनिवार तदनुसार 4 july 2020

Next Post ≫

एमसीसी स्वाधिनता र राष्ट्रिय एकताको बाधक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क