Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रोटरी र रोटयाक्ट क्लव अफ लुम्बिनीद्वारा गरीब र असहायलाई निःशुल्क रगत
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोटरी र रोटयाक्ट क्लव अफ लुम्बिनीद्वारा गरीब र असहायलाई निःशुल्क रगत

संसारपोस्ट संवाददाता · १६ असार २०७७ · 0
रोटरी र रोटयाक्ट क्लव अफ लुम्बिनीद्वारा गरीब र असहायलाई      निःशुल्क रगत
160
SHARES
ShareTweet

बुटवल १६ असार
रोटरी क्लव अफ लुम्बिनी स्टार्स र रोट¥याक्ट क्लव अफ लुम्बिनी स्टार्सले मंगलबार एक समारोहकाबीच गरीब तथा असहायका लागि निःशुल्क रगत अभियानको घोषणा गरेका छन् ।
क्लवले रक्त संचार सेवा केन्द्र बुटवलमा आयोजना गरेको कार्यक्रममा एक बर्षमा ६६ जना गरीब तथा असहायको निःशुल्क ब्यवस्थापन गर्न आवश्यक पर्ने रकम ५० हजार एकमुष्ट रुपमा रक्त संचार सेवा केन्द्रलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्नुहुँदै रोटरी क्लव अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष यादव प्रसाद भण्डारीले “स्वार्थभन्दा माथि सेवा” भन्ने मूल नारालाई अंगिकार गरेको रोटरी अभियान वर्ष २०१९—२०को अन्तिम दिन गरिब र असहाय कोही पनि पैसाको अभावमा रगत नपाउने अवस्थाबाट गुज्रन नपरोस् भन्ने उद्देश्यका साथ यस अभियानको थालनी गरिएको बताउनु भएको थियो ।
वहाँले यो अभियानलाई मानवीय सेवाको उच्च विन्दु रहेको समेत बताउनु भएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै रोट¥याक्ट क्लव अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष बिमल ढकालले रोटरीले अघि सारेको यस अभियानमा हातेमालो गर्न पाउँदा आफुहरु गौरवान्वित भएको जनाउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले जिवन बचाई राख्न अनिवार्य हुने रगत उपलब्ध गराउन रोटरी र रोट¥याक्ट क्लवले खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै यस अभियानमा जुट्न सबै सामाजिक संघसंस्थालाई आग्रह समेत गर्नु भएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि रोटरी जोन १६ का एसिसटेण्ट गभर्नर इन्द्र रिसालले पृथक उद्देश्यले स्थापित यस क्लवले यस्ता खालका रचनात्मक कार्यक्रमहरु गर्नाले समाजसेवीहरुको लागि उदाहरण बन्ने बताउँदै आफ्नो तर्पmबाट यस अभियानमा सक्दो सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीका सभापति प्रेमलाल उदासले यस पुण्य कार्यमा सहयोग गर्नुहुने सबैप्रति आभार व्यक्त गर्दै पैसाको अभाव खेप्नुहुने गरीब र असहाय माथिको सहयोग साँच्चिकै मानवधर्म भएको बताउनु भएको भयो । । नेपाल नियमित रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहानले यस अभियानको प्रशंसा गर्नुहुँदै आपूmहरु सहकार्य गर्दै अघि बढ्ने बताउनु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै रोटरी क्लव अफ लुम्बिनी स्टार्स वर्ष २०२०—२१ का अध्यक्ष बालकृष्ण पाण्डेले क्लवले थालनी गरेको यस महाअभियानलाई आगामी दिनमा थप विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन सचिव मुक्तिराम पन्थीले गर्नु भएको थियो भने रोट¥याक्ट क्लव अफ लुम्बिनी स्टार्सका संस्थापक सचिव योगेन्द्र कंडेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

≪ Previous Post

१ करोड ५९ लाखको लागतमा लुम्बिनी प्रादेशिक अस्पतालमा पीसिआर ल्याब संचालन

Next Post ≫

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीमा पद हस्तान्तरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क