Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सहकारीद्धारा कृषि क्षेत्रमा ७ करोड बढी लगानी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सहकारीद्धारा कृषि क्षेत्रमा ७ करोड बढी लगानी

संसारपोस्ट संवाददाता · १६ असार २०७७ · 0
सहकारीद्धारा कृषि क्षेत्रमा ७ करोड बढी लगानी
70
SHARES
ShareTweet


बुटवल १६ असार
बुटवलको रारा कृषि सहकारीले कृषिमा आवद्व शेयर सदस्यहरुलाई प्रोत्सान गर्ने गरेको छ ।
कृषि क्षेत्रमा लगानी गर्दै आएको सहकारीले यस वर्ष धानखेती गर्ने शेयर सदस्यहरुलाई भौतिक सहयोग गरेको छ ।
विना धितो ३ लाख र धितोमा १५ लाखसम्म कृषिमा ऋण लगानी गर्दै आएको सहकारीले धानखेती गर्ने कृषकहरुको खेत रोपाईमा सहयोग गरेको हो ।
कृषक शेयर सदस्यहरुको कृषिमा मनोवल बढाउने उद्देश्यले व्यवसायिक धानखेती गर्नेहरुलाई सहयोग गरिएको सहकारीका सचिव भुपेन्द्र अर्यालले जानकारी गराउनुभयो ।
१७ औं धान दिवसको अवसरमा बुटवलको सेमलारमा धानखेती गर्ने सीता पन्थी, मनिसा रिजाल, रामप्रसाद पन्थी र रामकुमारी पन्थीको धान रोपाई गरिदिएर सहकारीले सहयोग गरेको हो ।
संयुक्त रुपमा धानखेती गर्दै आएका कृषकहरुको यस वर्षको धान रोप्ने काममा सहकारीको तर्फबाट सहयोग गरिएको अध्यक्ष तुल्सीराम रिजालले बताउनु भयो ।
सहकारीका पदाधिकारी, सदस्य र शेयर सदस्यहरुको सहभागितामा धान रोपाई गरिएको हो । कृषि कर्म गरौं आत्मनिर्भर बनौ. भन्ने नाराका साथ रारा कृषि सहकारीले कृषकहरुलाई सहयोग गरेको हो । व्यवसायिक कृषि गर्नेहरुका लागि सहकारीले ११ प्रतिशत व्याजमा लगानी गरेको छ ।
५ सय बढी शेयर सदस्य रहेको सहकारीको कुल पंूजी ८ करोड ५० लाख छ ।
९८ लाख शेयर पंूजी रहेको सहकारीले कृषि क्षेत्रमा ७ करोड बढी लगानी गरेको छ ।
बुटवलको सेमलारमा भएको सामूहिक धान रोपाई सहकारीका अध्यक्ष तुल्सीराम रिजालको अध्यक्षता, पूर्व अध्यक्ष कलाधर पन्थीको आतिथ्या र सचिव भुपेन्द्र अर्यालको सञ्चालनमा एक कार्यक्रमका साथ धान रोपाई गरिएको थियो ।

≪ Previous Post

प्रदेश ५ मा २ विधेयक प्रमाणिकरण

Next Post ≫

१ करोड ५९ लाखको लागतमा लुम्बिनी प्रादेशिक अस्पतालमा पीसिआर ल्याब संचालन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क