Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कञ्चनका २० कृषकलाई ८० प्रतिसत अनुदानमा हाते ट्याक्टर
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कञ्चनका २० कृषकलाई ८० प्रतिसत अनुदानमा हाते ट्याक्टर

संसारपोस्ट संवाददाता · १५ असार २०७७ · 0
कञ्चनका २० कृषकलाई ८० प्रतिसत अनुदानमा हाते ट्याक्टर
80
SHARES
ShareTweet

बुटवल, १५ असार । रुपन्देहीको कञ्चन गाउँपालिकाका २० जना कृषकलाई हाते ट्याक्टर प्रदान गरिएको छ । मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्तर्गत गाउँपालिकाले ८० प्रतिसत अनुदानमा कृषकहरुलाई हाते ट्याक्टर प्रदान गरेको हो ।
गाउँपालिकाका ५ वटा वडाका कृषकहरुले दिएको आवेदनका आधारमा २० जना कृषक छनौट गरी २० थान हाते ट्याक्टर प्रदान गरिएको गाउँपालिकाका कृषि प्राबिधिक रामप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।
कृषि प्रणालीलाई यान्त्रीकरण गर्ने उद्देश्यले २० जना कृषक छनोट गरी हाते ट्याक्टर वितरण गरिएको भन्दै गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बताउनु भयो । उहांले गाउँपालिकाले प्रदान गरेको हाते ट्याक्टरको सहिरुपमा सदुपयोग गर्न किसानहरुलाई आग्रह गर्दै अध्यक्ष क्षेत्रीले ट्याक्टर प्रयोगले हुने फाईदा अन्य किसानहरुमा सञ्चार गर्न सकेमा यान्त्रीकरणको उपलब्धी हासिल गर्न सकिने बताउनु भयो ।
कञ्चनको कृषि प्रणालीलाई अझ प्रभावकारी र ब्यबस्थित बनाउन आगामी बर्ष कृषि क्षेत्रमा बिशेष बजेटको ब्यबस्था गरिएको छ । अध्यक्ष क्षेत्रीले भन्नुभयो–‘आगामी बर्ष देखि युवाहरुलाई कृषिमा आकर्षित गर्न र कृषिबाटै युवाहरुलाई आत्मनिर्भर बनाउन भौतिक पुर्वाधारको योजना कटौती गरि कृषिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ ।’
हाते ट्याक्टर वितरण कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष गोमा तरामुले कञ्चनको कृषि प्रणालीलाई क्रमश यान्त्रीकरण गर्दै लैजाने कार्यक्रम अन्तर्गत किसानहरुलाई अनुदानमा ट्याक्टर प्रदान गरिएकाले पाएको सुविधालाई सहिरुपमा प्रयोग गर्न किसानहरुलाई आग्रह गर्नुभयो ।
बैदेशिक रोजगारकालागि बिदेश गई कोभिड–१९ का कारण रोजगार गुमाई घर फर्किएका हरेक युवाहरुलाई कृषिमा आकर्षित गर्न कञ्चन गाउँपालिकाले कृषिमा अनुदान सहितको बजेट ल्याएको उपाध्यक्ष तरामुले बताउनुभयो ।
कञ्चन गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्ष हरि नारायण थारुको अध्यक्षता र कृषि शाखा प्रमुख मगरेपाल गडरियाको संचालनमा भएको कार्यक्रमको सहजिकरण कृषि प्राबिधिक रामप्रसाद अधिकारीले गर्नुभएको थियो ।

≪ Previous Post

आयात प्रतिस्थापन गर्न धानको उत्पादकत्व बढाउन आवश्यक : मुख्यमन्त्री पोखरेल

Next Post ≫

आम्दा अस्पताललाई हात धुने मेशिन प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क