Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ आम्दा अस्पताललाई हात धुने मेशिन प्रदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आम्दा अस्पताललाई हात धुने मेशिन प्रदान

संसारपोस्ट संवाददाता · १५ असार २०७७ · 0
आम्दा अस्पताललाई हात धुने मेशिन प्रदान
60
SHARES
ShareTweet


बुटवल, १५ असार
रुपन्देही व्यापार संघ अन्तरगतको कस्मेटिक तथा गिफ्ट उपसमितिले बुटवलस्थित आम्दा महिला तथा वाल अस्पताललाई अटोमेटिक हात हुने वेसिन सेट(हात धुने मसिन) प्रदान गरेको छ ।
कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सहयोग पुगोस भन्ने हेतुले अस्पताल परिसरमा ह्याण्डवासहितको वेसिन सेट जडान गरिएको हो । स्वचालित प्रविधि जडान गरिएको सो वेसिन सेट रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले अस्पतालका मेसु डा. राजेन्द्र वस्याल र डा. सन्तोष पोखरेललाई हस्तान्तरण गर्नु भएको थियो । अस्पतालको बाल सेवा विभाग ब्लकको गेटमा जडान गरिएको सेटको सहि रुपमा प्रयोगमा ल्यादिन अस्पताल प्रशासनसंग सो अवसरमा आग्रह गरिएको थियो ।
कार्यक्रममा बोल्दै व्यापार संघका अध्यक्ष यमलाल लोहनीले संपूर्ण जनजिवन अस्तव्यस्त बनाउने गरि आएको कोरोना संक्रमणबाट बच्न सामाजिक जनचेतनाको जरुरी रहेको बताउनु भयो । उहाले जनताको ज्यूज्यानको सुरक्षालाई ध्यान दिदै कस्मेटिक तथा गिफ्ट उपसमितिले राखेको हात धुने मेसिनबाट अस्पतालमा आउने व्यक्तिहरुलाई सुरक्षित गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नु भएको थियो ।
अस्पतालका चिकित्सक डा. सन्तोष पोखरेलले कोरोनाबाट बच्न र संक्रमण रोक्नका लागि हात धुने कुरा मत्वपूर्ण रहेको हुदा त्यसमा व्यापार संघले गरेको सहयोगप्रति आभार व्यक्त गर्नु भयो । उहाले अस्पताललाई प्राप्त सहयोगको सहि सदुपयोग गर्ने कुरामा प्रशासन गम्भिर बन्ने बताउदै आम्दा सामाजकै सहयोगमा सञ्चालन भएको अस्पताल भएका कारण सबैको हातेमालो जरुरी भएको धारणा राख्नु भयो ।
कस्मेटिक तथा गिफ्ट उपसमितिका संयोजक नियामत अलिको अध्यक्षता, सचिव विनोद सुवेदीको सञ्चालन तथा सरोज ज्ञवालीको स्वागतमा भएको कार्यक्रममा संघका सदस्य, उपसमितिका पदाधिकारी, सदस्य तथा अस्पतालका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

≪ Previous Post

कञ्चनका २० कृषकलाई ८० प्रतिसत अनुदानमा हाते ट्याक्टर

Next Post ≫

रुपन्देहीको तिलोत्तमामा चार विगाहामा रोपाइँ गरेर मनाइयो धान दिवस

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क