Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आयात प्रतिस्थापन गर्न धानको उत्पादकत्व बढाउन आवश्यक : मुख्यमन्त्री पोखरेल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आयात प्रतिस्थापन गर्न धानको उत्पादकत्व बढाउन आवश्यक : मुख्यमन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · १५ असार २०७७ · 0
आयात प्रतिस्थापन गर्न धानको उत्पादकत्व बढाउन आवश्यक : मुख्यमन्त्री पोखरेल
100
SHARES
ShareTweet

बुटवल, १५ असार । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आयात प्रतिस्थापन गर्न धानको उत्पादकत्व बढाउन आवश्यक रहेको बताउनु भएको छ । धानको उत्पादकत्व र उत्पादन बृद्वि गरि समृद्ध नेपाल सुखि नेपालीको राष्ट्रिय लक्ष हाशिल गर्न सबैको सार्थक सक्रियताका लागि मुख्यमन्त्री पोख्रेलले अपील गर्नुभएको छ ।
राष्ट्रिय धान दिवस –२०७७ को अवसरमा आज शुभकामना सन्देश जारि गर्दै मुख्यमन्त्री पोखेलले केही दशक अघि धान निर्यातको इतिहास बोकेको मुलुकले अहिले चामल आपुर्तिका लागि आयात गरिरहेको उल्लेख गर्नुभएको छ ।
राष्ट्रिय अर्थतन्त्रलाई चलायमान वनाउन र रोजगारीको सुनिश्चितताका लागि धान नेपालको प्रमुख वाली हो भन्दै मुख्यमन्त्री पोखरेलले नेपाली समाजका हरेक सामाजिक र सांस्कृतिक कार्यहरुमा धान अनिवार्य रहेको उल्लेख गर्नुभएको छ । उहांले कोभिड–१९ महामारिले अर्थतन्त्रमा परेको नकारात्मक असरहरू कम गर्न उत्पादन बृद्विबाट सम्भव रहेको जनाउनुभएको छ ।
नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४७ दशमलव ५ प्रतिसत जमिनमा गरिने धान खेतीको कृषिबाट प्राप्त हुने कुल ग्राहस्थ उत्पादनमा २० प्रतिसत योगदान रहेको मुख्यमन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ । शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिसत भन्दा बढि रहेको तथ्यांक छ भन्दै धान उत्पादनमा ५ नं. प्रदेश पहिलो स्थानमा छ भन्नुभएको छ ।
धानको ब्यवसायिकरणको माध्यमबाट रोजगारीको श्रृजना एवं धान चामल निर्यात गर्ने रणनीति बनाउदै प्रदेश सरकार योजनवद्व रूपमा अघि बढेको भन्दै मुख्यमन्त्री पोखरेलले त्यसका लागि खेतीयोग्य जमिनमा सिंचाइकोे उपलब्धता बढाउदै जाने, उन्नत जातका बिउ बिजन र मलखाद किसानलाई सहज रूपमा उपलब्ध गराउने एवं यान्त्रिकरणमा जोड दिने नीति लिएको जनाउनु भएको छ ।

≪ Previous Post

आज असार १५, राष्ट्रिय धान दिवस

Next Post ≫

कञ्चनका २० कृषकलाई ८० प्रतिसत अनुदानमा हाते ट्याक्टर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क