Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आज असार १५, राष्ट्रिय धान दिवस
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज असार १५, राष्ट्रिय धान दिवस

संसारपोस्ट संवाददाता · १५ असार २०७७ · 0
आज असार १५, राष्ट्रिय धान दिवस
60
SHARES
ShareTweet

बुटवल, १५ असार । आज असार १५ । अर्थात राष्ट्रिय धान दिवस । असार १५ लाई दही चिउरा खाने दिनका रुपमा पनि मनाउने गरिन्छ । आजको दिनलाई धान दिवसका रुपमा मनाउने गरिन्छ । देशका विभिन्न जिल्लामा रोपाइँसँगै विभिन्न कार्यक्रमहरु गरेर राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो ।
कृषि प्रधान देश भएर पनि कृषिमा बढ्दो परनिर्भरतालाई हटाउन नेपालको प्रमुख खाद्यबालीका रुपमा रहेको धानको महत्व र उत्पादनमा बृद्धिका लागि यो दिवसले थप हौसला प्रदान गरेको छ ।
नेपाल कृषिप्रधान देश भएकाले अधिकांश नेपाली यतिबेला कृषि कर्ममा छन् । खाद्यवालीमा बर्षे बाली मानिने धान नेपालभरी नै लगाइन्छ । असार, मानो रोपेर मुरी उब्जाउने समय भएको र अहिले पानी पनि समयमै परेकाले अधिकांश किसानहरु धान रोप्न ब्यस्त छन् । आजको दिन रोपाहार, हली–बाउसे खेतमा रोपाइँ गर्दै एकापसमा हिलो छ्यापाछ्याप गरेर रमाउने गर्दछन् ।
आज खेतखेतमा रोपाँईको चटारो देखिन्छ भने रोपाँई गरिसकेका किसानले खेतमा गएर दहि चिउरा खाने गर्दछन् । यसरी दहि चिउरा खाँदा शरीरलाई उर्जा र शितलता प्राप्त हुने विश्वास गरिन्छ । छुपुछुपु धानको विउ रोप्दै असारे भाखामा गीत गाएर रमाईलो पनि गर्ने गरिन्छ ।

≪ Previous Post

आज मिति २०७७ आषाढ १५ गते सोमवार तदनुसार 29 june 2020

Next Post ≫

आयात प्रतिस्थापन गर्न धानको उत्पादकत्व बढाउन आवश्यक : मुख्यमन्त्री पोखरेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क