Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोहिणी गाउँपालिकाले उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोहिणी गाउँपालिकाले उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने

संसारपोस्ट संवाददाता · १२ असार २०७७ · 0
रोहिणी गाउँपालिकाले उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने
80
SHARES
ShareTweet

स्वास्थ्य, कृषि, शिक्षा, सामाजिक विकास र भौतिक पूर्वाधार प्राथमिक्तामा

भैरहवा, १२ असार । रोहिणी गाउँपालिकाले गाउँपालिकामा रहेका आमा र शिशुको स्वास्थ्यलाई ध्यानमा राखेर उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाको मंगलबार सम्पन्न सातौं गाउँसभामा पेश भएको आर्थिक बर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम समेटिएको छ । मंगलबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा प्रजनन स्वास्थ्यमा पहुँच अभिवृद्धि गर्न प्रसुति गृह निर्माण र सञ्चालनलाई ब्यवस्थित र प्रभावकारी बनाईने भनिएको छ ।
गाउँपालिकाको ग्रामीण क्षेत्रमा सुरक्षित सुत्केरीका बारेमा नागरिक सचेत भए पनि नियमित चेकजाँचमा अझै सचेतना गर्नुपर्ने आवश्यक्तालाई महशुस गरेर सुत्केरी प्रोत्साहन कार्यक्रमलाई समेटिएको गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जानकारी गराउनु भयो । सुत्केरी प्रोत्साहन कार्यक्रम अन्तर्गत बर्थिङ्ग सेन्टर तथा अस्पतालमा प्रसुति गराएका रोहिणी गाउँपालिका भित्र स्थायी बसोबास गर्ने सुत्केरी महिलाहरुलाई ‘उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम’ अन्तर्गत पोषण सामाग्री उपलब्ध गराउने नीति लिईएको अध्यक्ष यादवले बताउनु भयो ।
मंगलबार सार्वजनिक भएको निति तथा कार्यक्रममा गाउँपालिकाको दिर्घकालीन विकासको अवधारणा अनुसार निति लिईएको छ । यसको लागी स्वास्थ्य, कृषि, शिक्षा, सामाजिक विकास, भौतिक पूर्वाधार लगाएतका बिषयलाई प्राथमिकतामा राखी सोही अनुसारको योजना बनाईएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए ।
बजेट कार्यान्वयनमा देखा परेको वर्तमान चुनौतिलाई हेर्दै यस बर्ष साउन महिना देखिनै योजना तथा कार्यक्रमहरु सुरु गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताउनु भयो । ‘हाम्रो रोहिणी, राम्रो रोहिणी’ भन्ने मान्यताका साथ कृषि, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, संस्कृति र सभ्यतालाई रोहिणी गाउँपालिकाले अघि सारेको छ । सुखि जनता र समृद्ध रोहिणीको प्रतिवद्धता भन्ने दीर्घकालिन सोच र विकासका सबै चरणहरुमा जनताको अर्थपुर्ण सहभागिता सहित सन्तुलित र चौतर्फी विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको अध्यक्ष यादवले बताउनु भयो ।
यस बर्ष कोभिड–१९ को कारण गाउँपालिकाको बिकास निर्माण देखि अन्य सबै कार्यहरु प्रभावित भएको र बेरोजगारी समेत बढाएको अवस्थामा पालिका स्तरमै रहेका बिभिन्न औद्योगिक प्रतिष्ठानको सहकार्यमा रोजगारीको ब्यवस्था गरिदै छ । यस अतिरिक्त गाउँपालिकामै कृषिलाई प्राथमिकतामा राखेर स्वरोजगारको अवसर पनि उपलब्ध गराईने नीति गाउँपालिकाले लिएको छ ।
दीर्घकालीन कृषि योजनाले अवलम्वन गरेका नीतिहरुका आधारमा खाद्यान्न बाली, नगदे बाली, तेलहन बाली, दलहन बाली तथा च्याउ खेती, व्यवसायिक तरकारी खेती, माछा पालन, कुखुरा पालन तथा पशु पालनको लागि नश्ल सुधार तथा धान र गहुँ बालीको पकेट क्षेत्रको रुपमा विकास गर्ने नीति गाउँपालिकाले लिएको छ ।
रोहिणीको बजेट त्रिसठ्ठी करोड बढी
रोहिणी गाउँपालिकाले आर्थिक बर्ष २०७७÷०७८ को लागि ६३ करोड २० लाख ५२ हजार ९ सय चौध रुपैयाँको अनुमानित बजेट पेश गरेको छ । कार्यपालिका सदस्य तथा वडा नम्बर ६ का वडा अध्यक्ष ईन्द्रमान चौधरीले बजेट पेश गर्दै २०७७⁄०७८ को बजेटको स्रोत आन्तरिक आय एवम मालपोत बाडफाँडबाट ६० लाख, संघीय सरकारबाट प्राप्त हुने ३९ करोड ४३ लाख १३ हजार ९ सय १४ रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त हुने ३ करोड २७ लाख ३९ हजार र सामाजिक सुरक्षा भत्ता वापत ८ करोड ८० लाख विनियोजन गरिएको छ । यस्तै सडक बोर्डबाट १० लाख र गाउँपालिकाको बैंक मौजदात ८ करोड गरि ६३ लाख बढी आय हुने अनुमान गरिएको छ ।
यस्तै आर्थिक विकास तर्फ ३ करोड ३२ लाख ४ हजार ३ सय ८२, सामाजिक विकास तर्फ ४ करोड १५ लाख ५ हजार ४ सय ७८, पूर्वाधार विकासमा ६ करोड ६४ लाख ८ हजार ४ सय ६५ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा २ करोड ४९ लाख ३ हजार २ सय ८७ रुपैयाँ र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र तर्फ गाउँपालिका र वडा समेत गरी ८ करोड ८३ लाख १० हजार रुपैयाँ बिनियोजन गरिएको छ ।

≪ Previous Post

मृगौला पीडित विकद्वारा जीवन वचाईदिन अपिल

Next Post ≫

आज मिति २०७७ आषाढ १३ गते शनिवार तदनुसार 27 june 2020

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क