Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मृगौला पीडित विकद्वारा जीवन वचाईदिन अपिल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मृगौला पीडित विकद्वारा जीवन वचाईदिन अपिल

संसारपोस्ट संवाददाता · १२ असार २०७७ · 0
मृगौला पीडित विकद्वारा जीवन वचाईदिन अपिल
60
SHARES
ShareTweet

बुटवल, १२ असार । दुवै किड्नी फेल भएका गुल्मी चन्द्रकोट गाउँपालिका–७ रुपाकोटका २८ वर्षिय लालवहादुर विकले आफ्नो जिवन बचाई दिन अपिल गर्नुभएको छ । रोजगारीको सिलसिलामा भारतमा रहदा विकले शरीरको दुखाई कम गर्ने औषधी सेवन गर्नुभएको थियो । दुखाई कम गर्ने औषधीकै कारण उनको मृगौला काम नगर्ने गरी फेल भएको चिकित्सकहरुले बताएको विककी श्रीमती सुनिता विकले जानकारी गराउनु भयो ।
विकको हप्तामा ३ पटक डाइलाइसिस गर्नुपर्छ । २ वर्ष अघिदेखि नियमित रुपमा डाइलाइसिस गरिएको छ । पैसाको अभावमा किड्नी फेर्न सकिएन । विककी श्रीमतीले भन्नुभयो – ‘किड्नी फेर्न सपनै भयो, घरमा खानेकुरा किन्न समेत पैसा छैन । श्रीमानको औषधीको लागि अहिले सम्म २५ लाख भन्दा वढि खर्च भएको छ ।’
मृगौलाको उपचार गर्दा घरखेत नै जाने अवस्थामा पुगेको विक परिवारले बताएका छन । विक दम्पत्ति उपचारकै लागि बुटवल ११ देविनगरमा कोठा भाडामा लिएर बसेका छन् । ६ वर्षकी छोरी समेत रहेका ति दम्पतिले घरमा खानेकुरा नभएको गुनासो गरेपछि बुटवलका युवा समाजसेवी हरि क्षेत्रीले एक महिनाको लागि पुग्ने खाद्यान्न घर पु¥याई दिनुसभएको छ । क्षेत्रीले खाद्यान्न संगै औषधीको लागि ४ हजार ५ सय रुपैया नगद समेत सहयोग गर्नुभएको छ ।
यस अघि दुई पटक सम्म खाद्यान्न सहयोग गरेको विककी श्रीमती सुनिताले बताउनुभयो । उहांले खानेकुरा सहयोग गर्नुभयो, त्यसैले छाक टारेका छौ ।’ उहांले भन्नुभयो – ‘मृगौला फेर्न पैसा जोहो गर्न पाए जिवन वच्न सक्थ्यो ।’
क्षेत्रीले कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनको कारण घरमा चुलो वाल्न नसकेका १२ सय भन्दा वढि घर परिवारलाई खाद्यान्न सहयोग गरिसक्नु भएको छ । राहत वितरणकै क्रममा मृगौला पिडितलाई भेटेको क्षेत्रीले बताउनुभयो ।
मृगौला पिडित लालबहादुरले औषधीको लागि समेत पैसा नहुदा पिडा सहेर वस्नु परेको वाध्यता सुनाउनु भयो । गुनासो सुनेपछि वुटवल ट्राफिकचोक अष्टाङ्ग मेडिकल कन्सर्नका संचालक थानेश्वर अर्यालले १ महिनालाई पुग्ने औषधी दिने बताउनु भयो । रोट्रयाक्ट अफ वुटवल डाउन टाउनका पुर्व अध्यक्ष कमल थापा क्षेत्रीले विकको उपचारमा केही सहयोग गर्न सकिन्छ कि भनेर छलफल भईरहेको जानकारी गराउनु भयो ।

≪ Previous Post

पूर्वी नवलपरासीमा कोरोना भाइरस संक्रमितको संख्या २ सय १० पुग्यो

Next Post ≫

रोहिणी गाउँपालिकाले उपाध्यक्ष सुत्केरी प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क