Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पूर्वी नवलपरासीमा कोरोना भाइरस संक्रमितको संख्या २ सय १० पुग्यो
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

पूर्वी नवलपरासीमा कोरोना भाइरस संक्रमितको संख्या २ सय १० पुग्यो

संसारपोस्ट संवाददाता · १२ असार २०७७ · 0
पूर्वी नवलपरासीमा कोरोना भाइरस संक्रमितको संख्या २ सय १० पुग्यो
100
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ

नवलपरासी, १२ असार । पूर्वी नवलपरासीमा कोरोना भाइरस (कोभिड–१९) बाट ंक्रमित हुनेको संख्या २ सय १० पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार विहीबार राति पुष्टि भएका कावासोती नगरपालिकाका १४ जना र गैडाकोट नगरपालिकाका ७ जना थपिएसँगै नवलपुरमा संक्रमितको संख्या २ सय १० जना पुगेको हो ।
कावासोती नगरपालिकाले संकलन गरेर पठाएको ६६ जनाको स्वाबको पिसिआर रिपोर्ट मध्ये १४ जनामा संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले पनि शुक्रबार विहान विज्ञप्ति जारी गर्दै नवलपुरमा २१ जना थपिएको पुष्टि गरेको छ ।


भरतपुर अस्पतालले दिएको जानकारी अनुसार कावासोती नगरपालिकाका २ महिला र १२ जना पुरुष गरी १४ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
कावासोती नगरपालिकाकी ३७ र २५ बर्षीया दुई महिला, २४, २४, ३०, ३५, २२, १८, २९, ५८ र १८ बर्षीय १२ जना पुरुषमा संक्रमण देखिएको भरतपुर अस्पतालले जनाकारी दिएको छ । यो सहित कावासोती नगरपालिकामा संक्रमितको संख्या ३० पुगेको छ ।
त्यसैगरी पूर्वीे नवलपरासीको गैडाकोट नगरपालिकामा विहीबार राति ७ जना नयाँ संक्रमित थपिएका छन् । गैडाकोट नगरपालिकाका १८ जनाको संकलित स्वाबको पिसिआर परीक्षण गर्दा विहीबार ७ जना पुरुषमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको भरतपुर अस्पतालले जनाएको छ ।
गैडाकोट नगरपालिकाका ५३, ३४, २३, २५, ५२, ५२ र २५ बर्षीय गरी ७ जना पुरुषमा संक्रमण देखिएको हो । यो सहित गैडाकोट नगरपालिकामा संक्रमितको संख्या १८ पुगेको छ ।
त्यसैगरी बिहीबार दिउँसो विनयीत्रिवेणीमा १ जना महिला र ४ जना पुरुषमा संक्रमण देखिएको थियो । पूर्वी नवलपरासीमा अहिलेसम्म गैडाकोट नगरपालिकामा १८, कावासोती नगरपालिकामा ३०, देवचुली नगरपालिकामा ९, मध्यविन्दु नगरपालिकामा ४२ जना संक्रमित पुगेका छन् ।
त्यसैगरी विनयीत्रिवेणी गाउँपालिकामा १८, हुप्सेकोट गाउँपालिकामा ३२, बुलिङटार गाउँपालिकामा २७ र बौदीकाली गाउँपालिकामा ३४ जना संक्रमित छन् ।

≪ Previous Post

आज मिति २०७७ आषाढ १२ गते शुक्रवार तदनुसार 26 june 2020

Next Post ≫

मृगौला पीडित विकद्वारा जीवन वचाईदिन अपिल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क