बुटवल उपमहानगर सहित पाँचवटा नगरपालिकाको वजेट करिव साढे ६ अर्व
बुटवल ११ असार
रुपन्देही जिल्लाका १ नगरपालिका र २ गाउपालिका वाहेकका १३ स्थानिय तहले निधारित मितिमा आर्थिक वर्ष २०७७।०७८ को अनुमानित आयको वजेट सार्वजनिक गरेका छन । बुटवल उपमहानगरपालिका सहित ५ वटा नगरपालिकाले जिल्लामा ६ अर्व ४६ करोड ३५ लाख ३० हजार १८६ रुपैयाँको वजेट सार्वजनिक गरेका छन ।
जिल्लामा लुम्बिनी सांस्कृतिक नगरपालिका , मायादेवि गाउपालिका र गैडहवा गाउपालिकाले घोषीत मिति असार १० गते भित्र वजेट सार्वजनिक गर्न नसकेको जिल्ला संमन्वय समिति रुपन्देहीका संयोजक एक राज विश्वकर्माले बताउनु भयो ।
जिल्लामा १० गाउँपालिका १ उपमहानगरपालिका र ५ नगरपालिका रहेका छन ।
जिल्लाको सवै भन्दा ठुलो बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ का लागि दुई अर्ब एक करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । जस्मा चालुतर्फ ९७ करोड ४३ लाख अर्थात् करिब ४८ प्रतिशत र पुँजीगततर्फ ९९ करोड २० लाख ९६ हजार अर्थात् ४९ प्रतिशत र वित्तीय तर्फ पाँच करोड अर्थात् दुई दशमलव ४८ प्रतिशत बराबरको बजेट विनियोजन भएको छ । यो गत आवको भन्दा झण्डै ११ करोड बराबरले बढि हो ।
संघ तथा प्रदेश सरकारवाट प्राप्त हुने सशर्त अनुदान समेतलाई समावेश गर्दै गत वर्ष भन्दा करिब ११ करोड बढि रकमको बजेट प्रस्तुत गरिएको हो । बुटवलउपमहानगरले गत आवमा एक अर्ब ९० करोड रुपैंयाँको बजेट प्रस्तुत गरेको थियो ।
प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा सोमबारदेखि जारी नगरसभाको सातौं अधिवेशनमा नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक गुमादेवी आचार्यले आव ०७७÷०७८ का लागि दुई अर्ब एक करोड बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।
यसपालीको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खाद्य सुरक्षा र रोजगारीलाई प्राथमिकतामा राखिएको छ ।
त्यसैगरि तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को बजेट स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासमा केन्द्रीत गरेको छ । सातौं नगरसभाको तेस्रो बैठकमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो ।
१ अर्ब ८९ करोड २६ लाखको प्रस्तावित बजेटमा सामाजिक सुरक्षाको २५ करोड बाहेक चालुतर्फ ५२ करोड १ लाख अर्थात् ३१.६७ प्रतिशत र पूँजीगत तर्फ १ अर्ब १२ करोड २५ लाख अर्थात् ६८.३३ प्रतिशत रकम खर्च प्रस्ताव गरिएको छ ।
चालु आर्थिक वर्षको तुलनामा तिलोत्तमाले आगामी आर्थिक वर्षको बजेटको आकार ३५ करोडले बढाएको हो ।
तिलोत्तमाले बजेटमा आम्दानीका स्रोतको रुपमा आन्तरिक राजस्व ५७ करोड ९२ लाख, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब २३ करोड ३४ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट ३ करोड, गत वर्षको मौज्दातबाट १ करोड, लागत सहभागितामार्फत् ४ करोड प्राप्त हुने लक्ष्य निर्धारण गरेको छ ।
बजेट प्रस्तुत गर्दै उप–प्रमुख चौधरीले क्रमागत आयोजनाको निर्माण पूरा गर्ने, लगानीको वातावरण सिर्जना गर्ने, कृषि, स्वास्थ्य, शिक्षामा लगानी बढाइ नगरबासीमा परिवर्तनको अनुभूति गराउने विषयलाई बजेटमा प्राथमिकता दिइएको बताउनुभयो ।
जिल्लाको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ७० करोड ८३ लाख ७७ हजार ५ सय ४६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
देशैभरी कोभिड १९ को संक्रमण बढिरहेको बेला कोभिड नियन्त्रण लक्षित बजेट रहेको नगर उप प्रमुख विना रानालेबताउनु भयोे ।
जस अनुसार कुल विनियोजित बजेटमध्ये चालू खर्चमा तलब, भत्ता तथा अन्य सुविधा, कार्यालय सञ्चालन लगायत प्रशासनिक खर्च र अन्य व्यवस्थापन समेतको लागि ४५ करोड ९४ लाख ८७ हजार ५ सय ४६ विनियोजन भएको छ भने पूँजीगत खर्च तर्फ कुल २४ करोड ८४ लाख ७ हजार विनियोजन गरिएको छ ।
उक्त बजेट गत वर्षभन्दा करिव २० करोडले कमी हो । गत वर्ष नगर प्रमुख चित्रवहादुर कार्कीले ९१ करोड बढीको बजेट प्रस्तुत गर्नुभएको थियो ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये संघीय सरकारबाट प्राप्त अनुदान रु ५६ करोड ९२ लाख ८७ हजार २ रुपैया, प्रदेश सरकारबाट प्राप्त अनुदान १ करोड ५७ लाख, आन्तरीक स्रोतबाट १३ करोड ३१ लाख ९० हजार ५ सय ४४ आयको अनुमान गरिएको छ ।
त्यस्तै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०७७र०७८ का लागि ९५ करोड ९ लाखको बजेट ल्याएको छ । सातौं नगरसभामा सिद्धार्थनगर उपप्रमुख उमा काफ्लेले ९५ करोड ९ लाख ६६ हजार बराबरको बजेट प्रस्तुत गनुर्् भएको हो । । यो बजेट चालु आर्थिक वर्षको अनुमानित बजेट भन्दा २३ करोड ३७ लाख ९८ हजारले कम हो ।
नगरपालिकाले संघ र प्रदेश सरकारबाट प्राप्त समानीकरण, सशर्त अनुदान, राजस्व बांडफांड, समपूरक अनुदान, विशेष अनुदान, दातृ निकायबाट प्राप्त रकम, आन्तरिक आय स्रोतबाट गरी बजेट ल्याएको उपप्रमुख काफ्लेले जानकारी दिइन् ।
बजेटमा आन्तरिक आयका स्रोतहरुबाट १६ करोड, राजस्व बांडफांडबाड १३ करोड ७४ लाख ७७ हजार, लागत सहभागिताबाट २० लाख, संघीय र प्रदेश सरकार, दातृ निकायबाट ५८ करोड ६ लाख १५ हजार र अन्य स्रोतबाट परिचालन गरिने नगरपालिकाले जनाएको छ ।
बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख काफ्लेले सामाजिक विकासतर्फ ३२, पूर्वाधार विकासतर्फ ३१, सुशासन तथा संस्थागत विकासतर्फ २६, आर्थिक विकासतर्फ ७ र वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५ प्रतिशत खर्च हुने अनुमान गरिएको बताइन् । त्यस्तै चालुतर्फ कुल बजेटको ५८ प्रतिशत र पुंजीगततर्फ ४२ प्रतिशत खर्च हुने नगरपालिकाले अनुमान गरेको छ ।
त्यस्तै रुपन्देहीको देवदह नगर नगरपालिकाले आर्थिक वर्ष २०७७र०७८ का लागि ९०करोड १५ लाख ८६ हजार ६४० कोे बजेट ल्याएको सार्वजनिक गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको भन्दा करीव ७ करोड बढीको वजेट ल्याएको नगर प्रमुख हिरा बहादुर केसीले बताउनु भयो ।