Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लकडाउनमा प्रदेश ५ मा दैनिक भित्रीने भन्दा बाहिरिनेको संख्या बढी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लकडाउनमा प्रदेश ५ मा दैनिक भित्रीने भन्दा बाहिरिनेको संख्या बढी

संसारपोस्ट संवाददाता · ११ असार २०७७ · 0
लकडाउनमा प्रदेश ५ मा दैनिक भित्रीने भन्दा बाहिरिनेको संख्या बढी
100
SHARES
ShareTweet


बुटवल, ११ असार
लकडाउनको अवधिमा प्रदेश पाँचमा ६४ जनाले सवारीदुर्घटनामा परि ज्यान गुमाएका छन् ।
कोरोना भाईरस (कोभिड–१९) को संक्रमण भित्रिन नदिनकालागि गत चैत ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेको थियो ।
प्रदेश पाँचका १२ जिल्लामा लकडाउन भएको ३ महिनाको अवधिमा २३५ वटा सवारी साधन दुर्घटनामा परेका छन । उक्त दुर्घटनामा परि ३१२ जना घाईते भएको पाँच नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक डम्बर बहादुर विक जानकारी गराउनु भयो ।
प्रदेश कार्यालयमा सरुवा भई आउनु भएका प्रहरी उपरिक्षक विक र प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेको रुपन्देहीका पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा उक्त तथ्यांक उपलब्ध गराईएको हो ।
प्रहरीले उपलब्ध गराएको तथ्यांकमा प्रदेश पाँचमा अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा दुर्घटनामा परि मृत्यु हुनेको संख्या घटेको छ । चालु आर्थिक वर्षको असारको १० गतेसम्म ४५९ जनाको दुर्घटनामा परि मृत्यु भएको छ ।
अघिल्लो अर्थिक वर्षमा प्रदेश पाँचमा दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६२३ रहेको थियो भने त्यो भन्दा अघिल्लो वर्ष आर्थिक वर्ष ०७४÷७५ मा ५२० थियो ।
त्यस्तैगरी चालु आर्थिक वर्षमा राजश्व संकलन पनि घटेको छ । ट्राफिक प्रहरीले प्रदेश पाँचमा लकडाउनको अवधिमा मात्रै ६० लाख १७ हजार ५ सय रुपैंया राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको असार १० गतेसम्म ९ करोड ८४ लाख ७३ हजार रुपैंया राजश्व संकलन भएको छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनबाट गत आर्थिक वर्षमा १४ करोड ४१ लाख ९४ हजार ५ सय रुपैंया र आर्थिक वर्ष ०७४÷७५ मा १९ करोड ३१ लाख ६ हजार ५ सय रुपैंया राजश्व संकलन भएको थियो ।
अघिल्लो वर्षको तुलनामा राजश्व संकलनमा कमि हुनुमा मुख्य त लकडाउन नै भएको पाँच नं. ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पाण्डेले बताउनु भयो ।
प्रनाउ पाण्डेका अनुसार लकडाउन अवधिमा प्रदेश भित्र ५० हजार ८९९ वटा सवारी साधन भित्रिएका छन् भने ६७ हजार ८२० वटा सवारी साधन प्रदेशबाट बाहिरिएका छन् । त्यस्तै लकडानकै अवधिमा प्रदेश पाँचमा १ लाख ५६ हजार ३७८ जना मानिस भित्रिएका छन् भने २ लाख २३ हजार ३४३ जना मानिस बाहिरिएका छन् ।
त्यस्तैगरी प्रदेश पाँचमा दैनिक सरदर १ हजार ३०५ वटा सवारी साधन प्रवेश गर्ने गरेको र १ हजार ६३२ वटा सवारी साधन बाहिरिने गरेको सूचना अधिकारी पाण्डेले बताउनु भयो ।
त्यस्तै प्रदेशमा दैनिक सरदर ३ हजार ७ सय जना प्रवेश गर्ने गरेका छन् भने ४ हजार ५ सय जना बाहिरिने गरेको उहाँले बताउनु भयो ।

≪ Previous Post

सहकारी कर्मी रानाद्वारा १३ औं पटक रक्तदान

Next Post ≫

रुपन्देहीका १ नगरपालिका सहित ३ स्थानियतहले वजेट सार्वजनिक गरेनन्

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क