Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सहकारी कर्मी रानाद्वारा १३ औं पटक रक्तदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सहकारी कर्मी रानाद्वारा १३ औं पटक रक्तदान

संसारपोस्ट संवाददाता · ११ असार २०७७ · 0
सहकारी कर्मी रानाद्वारा १३ औं पटक रक्तदान
70
SHARES
ShareTweet

‘रगतको विकल्प रक्तदान नै भएकाले सबै संबेदनसिल बनौं’

बुटवल, ११ असार । रगत हरेक प्राणीका लागि नभई नहुने तत्व हो । रगत बिना जीवनको कल्पना गर्न पनि सकिदैन । रगत कुनै बजारमा पाइने र सजिलै किन्न सकिने वस्तु होइन । हरेक मान्छेको शरीरका नशा नशामा कुदिरहेको, हरेक तन्तुहरुमा आवश्यक कुराहरु पर्याइरहेको, शरीरको तापक्रम सन्तुलन गरिरहेको अनि हाम्रो प्राणतत्वको रक्षा गरिरहेको एक अपरिहार्य तत्व हो रगत ।
दुर्घटना, शल्यक्रिया वा कुनै पनि मानिसको शरीरमा रगतको कमी भएको अवस्थामा रगतको आवश्यक्ता पर्दछ । यसका लागि रक्तदान भन्दा अर्को कुनै विकल्प छैन । कसैको जीवन रक्षाका लागि गरिने रगतको दानलाई रक्तदान भनिन्छ । त्यसैले भन्ने गरिन्छ–‘रक्तदान जीवन दान ।’
नेपालमा वि. सं. २०२३ देखि रक्तदान कार्यक्रम सुरु भएको हो । शुरुका दिनमा नेपालमा रक्तदान सम्वन्धि ज्ञान र चेतनाको अभावमा रक्तदान गर्नेको संख्या कम भएपनि पछिल्ला समयमा रक्तदानका लागि स्वयम सेवी सँस्थाहरु र सञ्जालहरु बढ्दै गएका छन् । यस्ता संस्था र सञ्जालहरुले रक्तदानलाई सहज पार्ने र जनचेतना फैलाउने कार्य गर्दै आइरहेका छन् ।
यस्तै संस्था र सञ्जालहरुले गरेका जनचेतनामुलक कार्यक्रम र रक्तदान कार्यक्रमवाट प्रभावित भएर रुपन्देही तिलोत्तमा नगरपालिकाकी दुर्गी कुमारी रानाले २०७० साल देखि नियमित रक्तदान गर्दै आउनु भएको छ । जनउत्थान सहकारी संस्थाकी शेयर तथा संचालक सहकारी कर्मी रानाले सहकारीले गर्ने सामाजिक कार्यक्रम र सहकारीका ब्यवस्थापक रन बहादुर थापाको प्रेरणावाट रक्तदान गर्न सुरु गर्नुभएको हो । उहांले २०७० सालवाट रक्तदान गर्न सुरु गरेपनि कार्ड बनाएर रक्तदानको रेकर्ड भने २०७१ सालदेखि रख्न थाल्नु भएको हो ।


रानाले अहिलेसम्म १३ औं पटक रक्तदान गर्नुभएको छ । सुरुका दिनमा सबैले रक्तदान गर्दा कस्तो हुन्छ भनेर अनुभव गर्न रक्तदान गरेको र पहिलो पटक रक्तदान गर्दा निकै डर लागेको अनुभव रानासंग छ । त्यसपछि पनि सहज तरिकाले रक्तदान गर्दै आएको रानाले वताउनु भयो । आजभोली जहां रक्तदान भए पनि पुगेर रक्तदान गरौं भन्ने हुन्छ, रानाले भन्नुभयो–‘आजभोली रक्तदान गर्न नपाउंदा के गरिन, के विर्से र कहिले दिउं जस्तो हुन्छ ।’
दुर्गी कुमारी रानाले आफुले मात्र रक्तदान नगरी आफु जस्तै अन्य महिलाहरुलाई पनि रक्तदान गर्न हौसला र प्रेरणा दिने काम पनि गर्दै आउनु भएको छ । रक्तदान गर्नाले हाम्रो शरीरमा कुनै हानी नोक्सानी नहुने, शरीर स्वस्थ भै आत्मसन्तुष्टि प्रदान गर्नेहुनाले पनि अरुलाई पनि रक्तदानमा सहभागि हुन हौसला दिने गरेको उहांले वताउनु भयो ।
रगत अमुल्य छ, यसको कुनै मूल्य छैन । रगतको कमी हुँदा मान्छे बिरामी हुने वा ज्यानै जाने हुनसक्छ । कसैलाई रगतको आवश्यक पर्यो भने पसलबाट सामान किने जसरी किन्न सकिदैन, यसका लागि रक्तदान गर्ने व्यक्तिको आवश्यकता पर्छ । रगतको विकल्प रक्तदान नै भएकाले यस्तो अमुल्य चिजमा सबै संबेदनसिल हुन जरुरी रहेको रानाको भनाई छ । हरेक स्वस्थ मानिसले एकपटक रक्तदान गरेको तीन महिनाको फरकमा फेरी रक्तदान गर्न सक्दछ । शरीर भित्रै खेर जाने रगत दान गरेर मृत्युको मुखमा पुगेको मानिसलाई बचाउन सकिन्छ भने त्यो भन्दा ठूलो दान अरु हुन सक्दैन । खेर जाने आफ्नो शरीरको रगतले कुनै विमारीले नयाँ जीवन प्राप्त गर्दछ भने यो नै सबैभन्दा ठूलो धर्म र सेवा पनि हो । त्यसैले हाम्रो समाजमा सबैले सबैलाई रक्तदान गर्न प्रेरणा दिने खालका कार्यक्रम गर्न आवश्यक रहेको नियमित रक्तदाता राना वताउनु हुन्छ ।
बिश्वमा मानिसले ज्यान गुमाउने कारण मध्ये रगतको अभाव पनि मुख्य हो । प्रसुतीको समयमा शल्यकृया गर्दा महिलाहरुलाई र विभिन्न शल्यकृया गर्दा सबैलाई रगतको आवश्यक पर्दछ । सबै मिलेर गरेको रक्तदानवाट संकलित थोरै थोरै रगतले धेरै बिरामीलाई सहयोग पुग्छ । त्यसैले रक्तदान स्वस्फूर्त तवरले दिने कार्य भएकाले दुर्गी कुमारी राना जस्तै हामी सबै रगतदान गर्ने जस्तो ठूलो मानविय कार्यमा सहभागि हुन सकेमा रगतको अभावमा कोही कसैले ज्यान गुमाउने अवस्था आउदैन ।


समान्यतया १८ वर्ष देखि ६० वर्ष उमेर समुहका न्यूनतम ४५ किलो तौल भएका शारीरिक र मानसिक रुपमा स्वस्थ ब्यक्तिले रक्तदान गर्न मिल्छ । महिलाको हकमा महिनावारी भएको बेला, पेटमा बच्चा भएको बेला, बच्चाले दूध खाने बेला बाहेक स्वस्थ महिलाले रक्तदान गर्न मिल्छ । शरीरमा रगत उत्पादन प्रक्रिया चलिरहने र रगत दिएको ९० दिन भित्र पुनः शरीरमा रगत सृजना भइसक्ने हुनाले पनि शरीरमा रगत त्यसै खेर जानु भन्दा हामी सबैले आवश्यक परेकोलाई रक्तदान गरौं । रक्तदानले शरीरलाई कुनै हानी गर्दैन ।

≪ Previous Post

सिद्धार्थनगर नगरपालिकाद्वारा चालु भन्दा २३ करोड कम गरि ९५ करोडको वजेट सार्वजनिक

Next Post ≫

लकडाउनमा प्रदेश ५ मा दैनिक भित्रीने भन्दा बाहिरिनेको संख्या बढी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क