Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सिद्धार्थनगर नगरपालिकाद्वारा चालु भन्दा २३ करोड कम गरि ९५ करोडको वजेट सार्वजनिक
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिद्धार्थनगर नगरपालिकाद्वारा चालु भन्दा २३ करोड कम गरि ९५ करोडको वजेट सार्वजनिक

संसारपोस्ट संवाददाता · ११ असार २०७७ · 0
सिद्धार्थनगर नगरपालिकाद्वारा चालु भन्दा २३ करोड कम गरि ९५ करोडको वजेट सार्वजनिक
120
SHARES
ShareTweet


भैरहवा, ११ असार ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०७७ ।०७८ का लागि ९५ करोड ९ लाखको बजेट ल्याएको छ । बुधबार भैरहवामा आयोजित सातौं नगरसभामा सिद्धार्थनगरपालिकाकी उपप्रमुख उमा काफ्लेले ९५ करोड ९ लाख ६६ हजार बराबरको बजेट प्रस्तुत गर्नु भएको हो । यो बजेट चालु आर्थिक वर्षको अनुमानित बजेट भन्दा २३ करोड ३७ लाख ९८ हजारले कम हो ।

नगरपालिकाले संघ र प्रदेश सरकारबाट प्राप्त समानीकरण, सशर्त अनुदान, राजस्व बांडफांड, समपूरक अनुदान, विशेष अनुदान, दातृ निकायबाट प्राप्त रकम, आन्तरिक आय स्रोतबाट गरी बजेट ल्याएको उपप्रमुख काफ्लेले जानकारी दिइन् ।

बजेटमा आन्तरिक आयका स्रोतहरुबाट १६ करोड, राजस्व बांडफांडबाड १३ करोड ७४ लाख ७७ हजार, लागत सहभागिताबाट २० लाख, संघीय र प्रदेश सरकार, दातृ निकायबाट ५८ करोड ६ लाख १५ हजार र अन्य स्रोतबाट परिचालन गरिने नगरपालिकाले जनाएको छ ।
बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख काफ्लेले सामाजिक विकासतर्फ ३२, पूर्वाधार विकासतर्फ ३१, सुशासन तथा संस्थागत विकासतर्फ २६, आर्थिक विकासतर्फ ७ र वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५ प्रतिशत खर्च हुने अनुमान गरिएको बताउनु भयो । त्यस्तै चालुतर्फ कुल बजेटको ५८ प्रतिशत र पुंजीगततर्फ ४२ प्रतिशत खर्च हुने नगरपालिकाले अनुमान गरेको छ ।

नगरपालिकाले वडा तहको शिक्षा, स्वास्थ्य लगायतको सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास र अन्यका लागि प्रतिवडा न्यूनतम ४० लाख र जनसंख्या, भूगोल र वडागत विकासको अवस्थाको आधारमा जम्मा ८ करोड २० लाख विनियोजन गरिएको उपप्रमुख काफ्लेले बताउनु भयो ।

नगरपालिकाले आ.व. २०७७र७८ मा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र समावेशी विकासमार्फत सामाजिक न्यायसहितको विकास जोड दिने र वित्तीय स्रोत परिचालन र व्यवस्थापनमा नीजि क्षेत्र र नगरवासीको सहभागिता, सहकार्यलाई बढाउँदै लैजाने उनले बताउनु भयो । त्यसै गरी नगरपालिकाले स्वास्थ्य जोखिम संवेदनशीलतालाई ध्यानमा राखी विपद्को उचित व्यवस्थापन गर्ने र उपलब्ध स्रोतसाधन नगरका प्राथमिकताका क्षेत्रमा लगानी गर्ने उनले बताइन् । नगरपालिकाले सुरक्षित आवास निर्माण कार्यक्रम (मेयर आवास), सुरक्षित मातृत्व प्रवद्र्धन कार्यक्रम, घरघरमा कौशी खेती र करेसावारी, भान्सा भान्सामा अर्गानिक ताजा तरकारी, राष्ट्रका लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद अन्तर्गत महात्मा गोल्ड कप, मेयर कप क्रिकेट, उपप्रमुख महिला कप लगायतका कार्यक्रमहरु पनि अघि सारेको छ ।

“पर्यटन, उद्योग, व्यापार र शिक्षा, हराभरा बुद्धभुमि सिद्धार्थनगरको इच्छा” नगरपालिकाको दीर्घकालिन सोचलाई आत्मसात् गर्दै नगरको समग्र विकास गर्नेतर्फ केन्द्रीत भइ वार्षिक बजेट निर्माण गरिएको नगरप्रमुख उमा काफ्लेको भनाइ छ । यस अघि नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीद्वारा प्रस्तुत गरिएको आ.व. २०७७र७८ को नीति तथा कार्यक्रम असार ५ गते नै पारित भइसकेको छ ।

≪ Previous Post

रुकुम घटना: वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

Next Post ≫

सहकारी कर्मी रानाद्वारा १३ औं पटक रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क