Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सिद्धार्थनगर नगरपालिकाद्वारा चालु भन्दा २३ करोड कम गरि ९५ करोडको वजेट सार्वजनिक
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिद्धार्थनगर नगरपालिकाद्वारा चालु भन्दा २३ करोड कम गरि ९५ करोडको वजेट सार्वजनिक

संसारपोस्ट संवाददाता · ११ असार २०७७ · 0
सिद्धार्थनगर नगरपालिकाद्वारा चालु भन्दा २३ करोड कम गरि ९५ करोडको वजेट सार्वजनिक
120
SHARES
ShareTweet


भैरहवा, ११ असार ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०७७ ।०७८ का लागि ९५ करोड ९ लाखको बजेट ल्याएको छ । बुधबार भैरहवामा आयोजित सातौं नगरसभामा सिद्धार्थनगरपालिकाकी उपप्रमुख उमा काफ्लेले ९५ करोड ९ लाख ६६ हजार बराबरको बजेट प्रस्तुत गर्नु भएको हो । यो बजेट चालु आर्थिक वर्षको अनुमानित बजेट भन्दा २३ करोड ३७ लाख ९८ हजारले कम हो ।

नगरपालिकाले संघ र प्रदेश सरकारबाट प्राप्त समानीकरण, सशर्त अनुदान, राजस्व बांडफांड, समपूरक अनुदान, विशेष अनुदान, दातृ निकायबाट प्राप्त रकम, आन्तरिक आय स्रोतबाट गरी बजेट ल्याएको उपप्रमुख काफ्लेले जानकारी दिइन् ।

बजेटमा आन्तरिक आयका स्रोतहरुबाट १६ करोड, राजस्व बांडफांडबाड १३ करोड ७४ लाख ७७ हजार, लागत सहभागिताबाट २० लाख, संघीय र प्रदेश सरकार, दातृ निकायबाट ५८ करोड ६ लाख १५ हजार र अन्य स्रोतबाट परिचालन गरिने नगरपालिकाले जनाएको छ ।
बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख काफ्लेले सामाजिक विकासतर्फ ३२, पूर्वाधार विकासतर्फ ३१, सुशासन तथा संस्थागत विकासतर्फ २६, आर्थिक विकासतर्फ ७ र वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५ प्रतिशत खर्च हुने अनुमान गरिएको बताउनु भयो । त्यस्तै चालुतर्फ कुल बजेटको ५८ प्रतिशत र पुंजीगततर्फ ४२ प्रतिशत खर्च हुने नगरपालिकाले अनुमान गरेको छ ।

नगरपालिकाले वडा तहको शिक्षा, स्वास्थ्य लगायतको सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास र अन्यका लागि प्रतिवडा न्यूनतम ४० लाख र जनसंख्या, भूगोल र वडागत विकासको अवस्थाको आधारमा जम्मा ८ करोड २० लाख विनियोजन गरिएको उपप्रमुख काफ्लेले बताउनु भयो ।

नगरपालिकाले आ.व. २०७७र७८ मा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र समावेशी विकासमार्फत सामाजिक न्यायसहितको विकास जोड दिने र वित्तीय स्रोत परिचालन र व्यवस्थापनमा नीजि क्षेत्र र नगरवासीको सहभागिता, सहकार्यलाई बढाउँदै लैजाने उनले बताउनु भयो । त्यसै गरी नगरपालिकाले स्वास्थ्य जोखिम संवेदनशीलतालाई ध्यानमा राखी विपद्को उचित व्यवस्थापन गर्ने र उपलब्ध स्रोतसाधन नगरका प्राथमिकताका क्षेत्रमा लगानी गर्ने उनले बताइन् । नगरपालिकाले सुरक्षित आवास निर्माण कार्यक्रम (मेयर आवास), सुरक्षित मातृत्व प्रवद्र्धन कार्यक्रम, घरघरमा कौशी खेती र करेसावारी, भान्सा भान्सामा अर्गानिक ताजा तरकारी, राष्ट्रका लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद अन्तर्गत महात्मा गोल्ड कप, मेयर कप क्रिकेट, उपप्रमुख महिला कप लगायतका कार्यक्रमहरु पनि अघि सारेको छ ।

“पर्यटन, उद्योग, व्यापार र शिक्षा, हराभरा बुद्धभुमि सिद्धार्थनगरको इच्छा” नगरपालिकाको दीर्घकालिन सोचलाई आत्मसात् गर्दै नगरको समग्र विकास गर्नेतर्फ केन्द्रीत भइ वार्षिक बजेट निर्माण गरिएको नगरप्रमुख उमा काफ्लेको भनाइ छ । यस अघि नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीद्वारा प्रस्तुत गरिएको आ.व. २०७७र७८ को नीति तथा कार्यक्रम असार ५ गते नै पारित भइसकेको छ ।

≪ Previous Post

रुकुम घटना: वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

Next Post ≫

सहकारी कर्मी रानाद्वारा १३ औं पटक रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क