Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ आज गुरुपुर्णिमा, गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइदै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज गुरुपुर्णिमा, गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइदै

संसारपोस्ट संवाददाता · ३१ असार २०७६ · 0
आज गुरुपुर्णिमा, गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइदै
80
SHARES
ShareTweet


बुटवल, ३१ असार ।
गुरुर्ब्रह्मा गुरुर्विष्णुगुरुर्देवो महेश्वर ।।
गुरुरेव परं ब्रह्म तस्मै श्रीगुरवे नम ।।
आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । यस्तै विद्यार्थीहरुले आफुलाई विद्या दान गर्ने गुरुहरुलाई पुजा सम्मान गरी आचार्य दिवसका रुपमा गुरुपुर्णिमा पर्व मनाउदैछन् ।
प्राचीनकालमा गुरुकुलमा शिक्षा प्राप्त गरी घर फर्कन लागेका विद्यार्थीलाई आमाबाबु, गुरु र अतिथीलाई देवता भनी दिने गरेको शिक्षाले गुरुलाई आमा र बाबुलगत्तै उच्च सम्मान दिने गरिएको पाईन्छ ।
‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ ।
अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भवः’ भनिन्छ । गुरुपूर्णिमाका अवसरमा आज विद्यालय एवम् विभिन्न संघ–संस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दैछन् ।
आजको दिनले विद्यार्थी र शिक्षकबीचको सम्बन्धलाई प्रगाढ र आत्मियता बनाउन सहयोग पुग्ने विश्वास गरिन्छ । यस पर्वले गुरु र विद्यार्थी बीचमा आत्मीयता, श्रद्धा तथा स्नेह कायम गरेर विद्याका क्षेत्रलाई आदर्श एवं सेवामुलक बनाई अघि बढ्न पनि निर्देशन गर्छ ।

≪ Previous Post

आजको राशिफल २०७६ असार ३१ गते मंगलवार

Next Post ≫

आज खण्डग्रास चन्द्र ग्रहण, के गर्ने के नगर्ने ?

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क