Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ आज खण्डग्रास चन्द्र ग्रहण, के गर्ने के नगर्ने ?
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

आज खण्डग्रास चन्द्र ग्रहण, के गर्ने के नगर्ने ?

संसारपोस्ट संवाददाता · ३१ असार २०७६ · 0
आज खण्डग्रास चन्द्र ग्रहण, के गर्ने के नगर्ने ?
90
SHARES
ShareTweet


बुटवल, ३१ असार । मंगलवार खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । यो चन्द्रग्रहण नेपालमा मंगलबारको राति १÷४६ मा सुरु भएर बिहान ४÷४५ समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा प्रकाशित पञ्चाङ्गहरूमा उल्लेख छ । यो ग्रहण कुल २ घण्टा ५९ मिनेटको हुनेछ ।
खगोलविद् एवं वाल्मीकि विद्यापीठका सहप्राध्यापक जयन्त आचार्यका अनुसार नेपालबाट प्रष्ट देख्न सकिने यो ग्रहण नेपाललगायत भारत, चीन मंगोलिया, अफ्रिका, दक्षिण अमेरिका, जापान, यूरोप, रसिया, अष्ट्रेलिया आदि ठाउँबाट हेर्न सकिन्छ । क्यानडा तथा उत्तर अमेरिकामा बसोवास गर्नेहरूले यो ग्रहणको अनुभव लिन पाउने छैनन् । चन्द्रग्रहण सूर्यग्रहणजस्तो हानिकारक नहुने हुँदा नांगै आँखाले हेर्न सकिने खगोलशास्त्रीहरू बताउँछन् ।
‘चन्द्रग्रहण टेलीस्कोप, वाइनाकुलर, क्यामरा वा अरु कुनै सामाग्रीले हेर्दा केही असर गर्दैन’, खगोलशास्त्री आचार्य भन्नुहुन्छ, ‘चन्द्रग्रहणमा कुनै त्यस्ता आँखालाई हानि नोक्सानी पुर्याउने खालका किरण आएका हुँदैनन् ।’
एउटा आकाशीय पिण्डको छायाले अर्को आकाशीय पिण्डलाई पूर्ण वा आंशिक रूपमा छेकेर अन्धकार बनाइदिनुलाई ग्रहण भनिन्छ । सामान्यतयः सूर्य र चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था ग्रहण हो । ग्रहण औँसी र पूर्णिमामा लाग्छ । सूर्यग्रहण औँसीमा लाग्छ भने चन्द्रग्रहण पूर्णिमामा । खगोलविद आचार्यका अनुसार पूरै ग्रह ढाकिएर अँध्यारो हुने अवस्थालाई खग्रास र आंशिक ढाक्ने अवस्थालाई खण्डग्रास भनिन्छ ।
पुराणहरूमा ग्रहणका वेला जप तप गर्नुपर्ने विधान छ । फलित ज्योतिषीय मान्यताअनुसार सूर्यग्रहण लाग्नुभन्दा चार प्रहर र चन्द्रग्रहण लाग्नुभन्दा तीन प्रहर अगाडिदेखि बालक, वृद्ध वा अशक्त बाहेकलाई भोजन नगर्ने निर्देश दिइएको हुन्छ । यतिमात्र होइन ग्रहणको बेला जप, हवन, देवपूजन तर्पण आदि गर्नाले मनोवाञ्छित फल पाइने बताइएको छ ।

यसैगरी ग्रहणको प्रकृति हेरी ग्रहण भएको दिनदेखि अघिल्ला र पछिल्ला केही दिनलाई शुभकार्यका लागि त्यागिन्छ ।
विशेषगरी फलित ज्योतिषमा विश्वास गर्नेहरूका लागि पञ्चाङ्गहरूले ग्रहण फल बताएका छन् । यो ग्रहण कर्कट, तुला, कुम्भ र मीन राशिका लागि फलदायी बताइएको छ । तर मेष, वृष, मिथुन, सिंह, कन्या, वृश्चिक धन र मकर राशिका मानिसले यो ग्रहण हेर्न नहुने बताइएको छ ।

≪ Previous Post

आज गुरुपुर्णिमा, गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइदै

Next Post ≫

प्रदेश पाँचमा ४० वटा विधेयक पारित ६वटा छलफलमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क