Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीको तिलोत्तमामा बायोटेक प्रविधीका १३ वटा सार्वजनिक शौचालय संचालन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको तिलोत्तमामा बायोटेक प्रविधीका १३ वटा सार्वजनिक शौचालय संचालन

संसारपोस्ट संवाददाता · ७ असार २०७७ · 0
रुपन्देहीको तिलोत्तमामा बायोटेक प्रविधीका १३ वटा सार्वजनिक शौचालय संचालन
90
SHARES
ShareTweet



बुटवल ७ असार
रुपन्देहीको तिलोत्तमानगरपालिका भित्र संचालित शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले नेपालमै पहिलो तथा आधुनिक छ लेन सडकमा बायोटेक प्रविधीका सार्वजनिक शौचालय बनाएर संचालनको शुभारम्भ गरेको छ ।
बायोटेक प्रविधीको सार्वजनिक शौचालयको आईतवार तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले शुभारम्भ गदै सरकारले संचालन गरेको खुल्ला दिशामुक्त मुलुक वनाउने अभियानलाई टेवा पुराउने बताउनु भयो ।
शौचालय संचालन संगै अव सो क्षेत्रमा आवत जावत गर्नेहरुलाई दिशा पिसाव लागेरमा सहज रुपमा व्यवस्थापन गर्न मिल्ने भएको मेयर घिमिरेले बताउनु भयो ।
उहाँले शौचालयलाई नियमित रुपमा सरसफाई र मर्मत संभारमा ध्यान दिन जरुरी रहेकोले त्यसतर्फ गम्भिर हुन आग्रह गर्नु भयो ।
मेयर घिमिरेले शंकरनगर खानेपानीले अहिले बुटवल–भैरहवा सडक अन्तर्गत तिलोत्तमा नगरपालिकाको योगिकुटीदेखि डाइभरटोलसम्मको सडकमा बनाए जस्तै नगरपालिकाले आउने समयमा नगरपालिकाको क्षेत्र भरी र आवश्यक पर्ने सार्वजनिक स्थलमा बायोटेक प्रविधीको सार्वजनिक शौचालय निर्माण गर्ने बताउनु भयो ।
शंकरनगर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले सडक किनारमा १० वटा योगिकुटी हाटवजार, डाइभरटोल हाटवजार र तिनाउ नदीको मगरघाट स्थित सवदाह स्थलमा एक एक गरि १३ वटा आधुनिक तथा सुविधा सम्पन्न शौचालय बनाएको अध्यक्ष हरि प्रसाद तिवारीले बताउनु भयोे ।
खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाले १ करोड १६ लाख खर्च गरि सर्भिसलेनमा राखिएका सिंगल सिटका र हाट वजार र मगरघाटमा राखिएका डबल सिटका बायोटेक प्रविधीका शौचालय संचालनमा ल्याएको अध्यक्ष तिवारीले बताउनु भयोे ।
भारतीय कम्पनी इलिफो बायोटेक प्रालिबाट उत्पादित बायो प्रविधिको शौचालय खानेपानी संस्थाले खरिद गरेको हो ।
बायोटेक प्रविधी अपनाईएकोले शौचालयमा शुरुमै व्याक्टेरिया राखिने हुनाले सोही व्याक्टेरियाले दिशा पिसाव खाने हुनाले उठाएर फयाक्न नपर्ने प्रविधी हो ।
४० दिन सम्म उक्त व्याक्टेरिया एक पटक गरेको दिशा पिशावले वाँच्ने हुनाले नियमित संचालन हुने शौचालयमा शुरुमा राखेको व्याटेरिया अनन्त्त समयसम्म पुग्ने प्रविधी हो ।
साविक शंकरनगर गाविसलाई २०६७ माघ १५ गते खुल्ला दिशामुक्त घोषणा गरिएको थियो ।
खुल्ला दिशामुक्त घोषणा कार्यक्रम र ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमाको कार्यक्रमलाई समेत सफल बनाउने गरी सार्वजनिक शौचालय संचालनमा ल्याएको समेत अध्यक्ष तिवारीले बताउनु भयो ।
व्याक्टोरिया प्रयोग गरिने बायो शौचालयहरु नेपालमै पहिलो पटक तिलोत्तममा प्रयोग गरिएको संस्थाकी सचिव सावित्रा आचार्यले बताउनु भयो ।
२४ सै घण्टा खुल्ला रहने शौचालयहरु निःशुल्क रुपमा प्रयोग गर्न सकिने र पानी, विद्युत, पंखा र सरसफाईको पूर्ण व्यवस्था रहेको बायोटेक प्रविधीको सार्वजनिक शौचालय उपभोक्ता समितिका अध्यक्ष राम बहादुर जिसीले बताउनु भयो । त्यस्तै शौचालयमा प्रयोगका लागि सावुन, टावेलकोसमेत व्यवस्था गरिएको छ ।
सडक यात्रीलाई मध्येनजर गरी निर्माण गरिएका शौचालयहरु हरेक दिन तीन पटकसम्म सरसफाई गर्नका लागि शंकरनगर खानेपानी संस्थाले एक जना कर्मचारीको व्यवस्था पनि गरिसकेको संस्थाका उपाध्यक्ष ओम प्रकाश खरेलले बताउनु भयो । विसं २०४२ सालमा शुरु भएको संस्थाले २४ अ‍ै घण्टा खानेपानी उपलब्ध गराउदै आएको छ ।

≪ Previous Post

पाल्पामा कैदीको मृत्यु ,रुपन्देहीमा करेन्ट लागेर मृत्यु

Next Post ≫

दानव नदीको बाढीले भत्कायो छपियाको निर्माणाधीन पक्की पुल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क