Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ दानव नदीको बाढीले भत्कायो छपियाको निर्माणाधीन पक्की पुल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दानव नदीको बाढीले भत्कायो छपियाको निर्माणाधीन पक्की पुल

संसारपोस्ट संवाददाता · ७ असार २०७७ · 0
दानव नदीको बाढीले भत्कायो छपियाको निर्माणाधीन पक्की पुल
80
SHARES
ShareTweet

बुटवल ७ असार,
रुपन्देहीको सियारी र मायादेवी गाउँपालिकालाई जोड्न छपियाको कालिकादिह मन्दिर क्षेत्रमा निर्माणाधीन पक्की पुल भत्किएको छ । पुल भत्किँदा दुईजना इन्जिनियरसहित पाँचजना घाइते भएका छन् । प्रिस्ट्रेसिङ प्रविधिबाट बनाइएको पुल ढलान भएको १३औं दिनमा भत्किएको हो ।

दानव नदीमा आएको बाढीले पुलका स्टेजिङ ९टेका०हरु बगाएर खल्बल्याएपछि पुल भत्किएको सडक डिभिजन बुटवलले जनाएको छ ।

प्रिस्ट्रेसिङ प्रविधिका पुलमा ढलान भएको १४ दिनमा पुलमा राखिएका फलामका लठ्ठा मेसिनको प्रयोग गरेर तन्काउनुपर्ने हुन्छ । ‘बाढी आएकाले पुललाई असर गर्ला भनेर ठेकेदारलाई आग्रह गरेर हामी पनि पुगेका थियौं,’ सडक डिभिजन बुटवलका प्रमुख मेघराज मरासिनीले भने, ‘लठ्ठा तन्काउन मेसिन ठिक्क पारेका बेला भत्कियो ।’

३० मिटर लम्बाई र ११ मिटर चौडाईको उक्त पुल निर्माणको ठेक्का निलगिरी नेसनल जेभीले पाएको थियो । भ्याटसहित ८ करोड ५० लाख रुपैयाँ लागतको पुलको निर्माण गत वैशाख १५ गते सम्पन्न गर्ने सम्झौता थियो ।

लकडाउनका कारण चैत वैशाखमा काम गर्न नपाउँदा वर्षायाममा काम गर्नुपरेको र बाढीका कारण बनिसकेको पुल अन्तिम समयमा भत्किँदा ठूलो आर्थिक क्षति बेहोर्नुपरेको ठेकेदार कम्पनीका प्रतिनिधि सूर्य अधिकारीले बताए ।

पुल निर्माणका क्रममा गुणस्तरमा त्रुटि भएर नभई बाढीका कारण पुल भत्किन पुगेको अधिकारीले बताए । अब ठेकदारले पुनः पुल बनाएर सरकारलाई हस्तान्तरण गर्नुपर्ने सडक डिभिजन बुटवलका प्रमुख मरासिनीले बताए ।
साभार अनलाईन खबर

≪ Previous Post

रुपन्देहीको तिलोत्तमामा बायोटेक प्रविधीका १३ वटा सार्वजनिक शौचालय संचालन

Next Post ≫

तिलोत्तमा ६ मा दुग्ध प्रशोधन परियोजना निर्माण हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क