Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ आज दुर्लभ सूर्यग्रहण ,कुन राशिको मान्छे बाहिर ननिस्किएको राम्रो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज दुर्लभ सूर्यग्रहण ,कुन राशिको मान्छे बाहिर ननिस्किएको राम्रो

संसारपोस्ट संवाददाता · ७ असार २०७७ · 0
आज दुर्लभ सूर्यग्रहण ,कुन राशिको मान्छे बाहिर ननिस्किएको राम्रो
90
SHARES
ShareTweet


काठमाण्डौ ७ असार

रोहिणी घिमिरे ।

पक्कै पनि ग्रहण लाग्नु पृथ्वीवासीका लागि अनुकूल होइन । आकाशीय पिण्ड अर्थात् ग्रह–ताराहरुको नियमित प्रभाव पृथ्वीमा परिरहेको हुन्छ । सूर्यको प्रभावको त लेखाजोखा नै नगरौँ । पृथ्वीमा रहने हरेक वनस्पति र प्राणीका लागि सूर्य जीवनदायिनी शक्ति हो । त्यसैले नियमित प्रक्रियामा आइरहेको सूर्यको प्रकाशमा ग्रहण लागेपछि के होला रु

आइतबार आज इतिहासकै दुर्लभ सूर्यग्रहण लाग्ने भएको छ । यसलाई किन दुर्लभ ग्रहण भनिएको हो त रुएक त सूर्यलाई झन्डै ९० प्रतिशत ढाक्ने गरी लाग्ने ग्रहण, अर्को बार पनि रविवार अर्थात् सूर्यकै बार परेको छ । साथै ग्रहणका समयमा दुई नक्षेत्र ९मृगशिरा र आरद्रा० परेका छन् । यस्तो विरलै पर्ने हुँदा दुर्लभ भनिएको हो ।

यो विशेष किसिमको ग्रहण भएकाले कोरोना महामारीले आतंकित बनाइरहेका बेला झनै अन्य प्राकृतिक विपत् आउने हो कि भन्ने भन्ने भय एकातिर छ भने अर्कोतिर ग्रहणपछि सबै कुरा मत्थर हुँदै जान्छ कि भन्ने झीनो आशा पनि पलाएको देखिन्छ ।

वैज्ञानिक दृष्टिमा ग्रहण लाग्नु खगोलीय एक घटना हो तर यस बेला पृथ्वीमा नकारात्मक विकिरण प्रवाह हुने कुरा वैज्ञानिकले पनि स्वीकारेका छन् । यस विकिरणले मानवस्वास्थ्यमा नराम्रो असर गर्छ । त्यसैले सोझै आँखाले ग्रहणतिर हेर्नुहुँदैन ।

आइतबारको सूर्यग्रहण बिहान १०ः५० बजेदेखि दिउँसो २ः२३ बजेसम्म रहन्छ । यस अवधिमा निदाउनुहुँदैन । यदि निदायो भने रोग लाग्छ भनिएको छ । त्यस्तै सकेसम्म दिसा–पिसाब गर्नुहुँदैन । खानपान गर्नुहुँदैन । सम्भोग गर्न हुँदैन । गर्भिणीले घरबाहिर निस्कनु झनै राम्रो मानिदैन । पूर्वीय संस्कृतिका यी मान्यतामा वैज्ञानिकता छ । ग्रहण लागेको समयमा आउने विकिरणले नकारात्मक प्रभाव पार्ने भएकाले हामीले सजग हुनु नै कल्याण हुन्छ ।
अब के हुन्छ त रु

आइतबार सूर्यग्रहण लाग्ने हुँदा चोरी, डकैती, महामारीजस्ता घटना वृद्धि हुने दक्षिण एसियाली ज्योतिष महासंघ, नेपालका महासचिव ज्यो। सुरेशचन्द्र रिजाल बताउनुहुन्छ । उहाँका अनुसार विगतका घटनामा भएका ग्रह अवस्थितिको विश्लेषण गर्दा भूकम्प एवं हवाई दुर्घटनाको सम्भावना पनि देखिन्छ ।उहाँ भन्नुहुन्छ– ‘गत पुसमा सूर्यग्रहण परेको थियो । त्यसैबेलादेखि कोरोना महामारी फैलिँदै आएको हो । अब यस सूर्यग्रहणपछि कतै यस महामारीको औषधि निस्किन्छ कि भन्ने आश पनि गर्न सकिन्छ ।

यसपालिको सूर्यग्रहण मिथुन राशिमा लाग्ने र राहु पनि मिथुन राशिमा भएकाले राहु मिथुन राशिबाट ननिस्केसम्म परिस्थिति अनुकूल हुँदैन । यस प्रसंगमा भारतका ज्योतिषाचार्य डा। राजनाथ झाले एक अनलाइन मिडियामा उल्लेख गरेका छन्– राहु मिथुन राशिबाट निस्किएपछि परिस्थिति बिस्तारै अनुकूल हुँदै जान्छ ।

पूर्वीय ज्योतिष सिद्धान्तअनुसार राहु–केतुकै कारण ग्रहण लाग्ने हुन्छ । त्यसैले राहु मिथुन राशिमा रहुन्जेल परिस्थिति अनुकूल नहुन सक्ने देखिन्छ । राहु आगामी भदौ २५ गते वृष राशिमा सर्छ । त्यसपछि कोरोना महामारी पनि साम्य हुने अनुमान गर्न सकिन्छ ।

≪ Previous Post

प्रश्रित प्रतिष्ठानद्धारा भर्चुअल रचना वाचन: स्रष्टाले प्रतिकूल परिस्थितिको डटेर सामना गर्ने

Next Post ≫

बैशाख र जेठ मध्ये एक महिनाको घरभाडा छुट गर्न चेम्बर अफ कमर्शको घर धनीलाईआग्रह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क