Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ प्रश्रित प्रतिष्ठानद्धारा भर्चुअल रचना वाचन: स्रष्टाले प्रतिकूल परिस्थितिको डटेर सामना गर्ने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रश्रित प्रतिष्ठानद्धारा भर्चुअल रचना वाचन: स्रष्टाले प्रतिकूल परिस्थितिको डटेर सामना गर्ने

संसारपोस्ट संवाददाता · ६ असार २०७७ · 0
प्रश्रित प्रतिष्ठानद्धारा भर्चुअल रचना वाचन: स्रष्टाले प्रतिकूल परिस्थितिको डटेर सामना गर्ने
110
SHARES
ShareTweet


बुटवल ६ असार
प्रश्रित प्रतिष्ठान नेपालको आयोजनामा यही असार ४ देखि ६ गतेसम्म भर्चुअल रचना वाचन तथा नेपाली साहित्यमा प्रश्रितको योगदान विषयक दुई दिने विचारगोष्ठी सम्पन्न भएको हो ।
कोरोना महामारीका कारण भर्चुअल कार्यक्रम गर्नुपरेको प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डा. कपिलदेव लामिछानेले बताउनु भयो ।
उक्त गोष्ठीमा सहभागीबाट नेपाली साहित्यका महारथी, महाकाव्यकार, नाटककार, संस्कृतिविद्, आयुर्वेदाचार्य, चित्रकार डा.मोदनाथ प्रश्रितको ७९ औं जन्मोत्सवको उपलक्ष्यमा सुख, समृद्धि, सुस्वास्थ्य, प्रगति र दीर्घायुका लागि शुभकामना व्यक्त गरिएको थियो।
उक्त कार्यक्रममा प्रा.डा. यदुनन्दन उपाध्याय, प्रा.डा. हिरण्यलाल ज्ञवाली, प्रा.डा. भोलानाथ पोख्रेल, डा. शिवप्रसाद पौड्याल, अर्थविद् डा. विजय पौडेल, डा. रमेश घिमिरे, सिन्धु जलेसा, सहप्राध्यापक डिल्लीराज भट्टराई, आख्यानकार कविता पौडेल, कविराज पौडेल, पुण्यप्रसाद खरेल, रचना वाचन गर्नु भएको थियो ।
त्यस्तै गुनाखर अर्याल, रमा पौडेल, विजय सागर, हरिप्रसाद भण्डारी, रमेन्द्र कोइराला, लिला दाहाल अधिकारी, दिपक बाबू निरौला, सीता काफ्ले, रामप्रसाद अर्याल, रामेश्वर सुवेदी, यज्ञलाल सुवेदी, गङ्गा लिगल, निरा तिमिल्सिना, देवीप्रसाद न्यौपाने धीर, कृष्णप्रसाद बस्याल, सोमनाथ अर्याल, अच्युत घिमिरे, विजय खरेल, डम्बर घिमिरे, डमरुबल्लभ भण्डारी, नारायण ज्ञवाली, गङ्गा गहतराज, मन्दिरा भण्डारी, सन्ध्या क्षेत्री लगायतले रचना वाचन गर्नु भएको थियो ।
अधिकांश रचना समकालीन जल्दाबल्दा विषयमा केन्द्रित रहेका थिए ।
सो अवसरमा स्रष्टाले प्रतिकूल परिस्थितिको डटेर सामना गर्दै आम सर्वसाधारणलाई थप सचेत पार्नुपर्ने आवश्यकतामा जोड दिनु भएको थियो ।
यही असार ४ गते प्रतिष्ठानले प्राध्यापक डा. कपिलदेव लामिछानेको अध्यक्षता, प्राज्ञ डा. देवी नेपालको प्रमुख आतिथ्य र डा. नारायणप्रसाद पन्थको संचालनमा नेपाली साहित्यमा मोदनाथ प्रश्रितको योगदान विषयक विचार गोष्ठी सम्पन्न गरेको थियो ।
उक्त गोष्ठीमा मोदनाथ प्रश्रितको आख्यानकारितामा कृष्णप्रसाद बस्यालको कार्यपत्र र टिप्पणी प्रा.डा. भोलानाथ पोखरेल, प्रश्रितको महाकाव्यकारिता शीर्षकमा डा. नारायणप्रसाद पन्थको कार्यपत्र र टिप्पणी साहित्यकार टङ्क पन्थ, प्रश्रितको नाट्यकारिता शीर्षकमा डिल्लीराज भट्टराईको कार्यपत्र र टिप्पणी वरिष्ठ साहित्यकार देवेन्द्र घिमिरे, प्रश्रितको काव्यमा प्रगतिशील चिन्तन शीर्षकमा प्रा.डा. यदुनन्दन उपाध्यायको कार्यपत्र र साहित्यकार डा. शिव पौड्यालको टिप्पणी रहेको गर्नु भएको थियो ।
त्यस्तै उक्त भर्चुअल गोष्ठीमा प्रा.डा. हिरण्यलाल ज्ञवाली, साहित्यकार ऋषिराम भुषाल, डा. रमेश घिमिरे, विजय सागर लगायतले समीक्षात्मक टिप्पणी गर्नु भएको थियो।
प्राध्यापक डा. लामिछानेको अध्यक्षता तथा डा.नारायण प्रसाद पन्थको सञ्चालनमा कार्यक्रम भएको थियोे ।

≪ Previous Post

अविरल वर्षासंगैको पहिरोले जीप पुर्दा गुल्मीमा चालक सहित २ को मृत्यु, ४ घाइते

Next Post ≫

आज दुर्लभ सूर्यग्रहण ,कुन राशिको मान्छे बाहिर ननिस्किएको राम्रो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क