Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ नेकपाको निर्णयले कांग्रेस र जसपामा खैलाबैला
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेकपाको निर्णयले कांग्रेस र जसपामा खैलाबैला

संसारपोस्ट संवाददाता · ६ असार २०७७ · 0
नेकपाको निर्णयले कांग्रेस र जसपामा खैलाबैला
60
SHARES
ShareTweet

काठमाडौं ६ असार
सत्तारुढ दल नेपाल कम्युष्टि पार्टीले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात बर्षपछि मात्र अंगीकृत नागरिकता दिने दिर्णय गरेपछि प्रतिपक्ष दल कांग्रेस र जनता समाजवादी पार्टीभित्र खैलाबैला सुरु भएको छ । दुई बर्षदेखि विवादित बन्दै आएको नागरिकता विधेयकको बारेमा नेकपाले विवाह गरेर आउने बुहारीलाई सात बर्षपछि मात्र नागरिकता दिने निर्णय गरेको हो ।

आज बसेको सचिवालय बैठकले नागरिकता विधेयक टुंगो लगाउने गरी निर्णय गरेसँगै कांग्रेस र जसपाले कडा आपत्ति जनाएका छन् । जसपाले नेकपाको यो निर्णय महिला र मधेश बिरोधी भएको बताउदै नेपाल र भारतको वैवाहिक र सांस्कृतिक सम्बन्धलाई उजाड्न खोजेको आरोप लगाएको छ ।
जसपाका नेता राजकिशोर यावदले नेकपाले गरेको निर्णय मान्य नहुने बताउनुभयो । उहाँले न्युज अफ नेपालसँग भन्नुभयो,‘विवाह गरेको सात बर्षपछि मात्र बुहारिलाई अंगिकृत नागरिकता दिने निर्णय अवैज्ञानिक छ, यो कुनै पनि हालतमा मान्य हुन सक्दैन ।’

राज्य व्यवस्था समितिले यही मंगलवार पाँच दिनभित्र सहमति जुटाउन राजनीति दलहरुलाई आग्रह गरेको थियो । शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राज्य व्यवस्था समितिका सभापति शशि श्रेष्ठ सहितका नेताहरुसँग नागरिकता विधेयकको बारेमा परामर्श गर्नुभएको थियो । लगत्तै शनिवार बसेको सचिवालय बैठकले सात बर्षेपछि मात्र बुहारीलाई अगिकृत नागरिकता दिने निर्णय गरेको थियो ।
नेपाली कांग्रेसका सांसद राजन केसीले नेकपाको निर्णय व्यवहारिक नभएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो,‘विवाह गरेर आएकी बुहारीलाई सात बर्षपछि मात्र अंगिकृत नागरिक दिने कुराले विवाद समाधान हुँदैन, सात बर्षसम्म बालबच्चाको जन्म दर्ता गर्न पाइदैन, विवाह गरेर आएपनि नागरिकता नहुँदा भिसा थपेर ती बुहारी नेपालमा बस्ने अवस्था बन्छ त ? ’न्युज अफ नेपालवाट साभार

≪ Previous Post

सीमा देखि बस्ती सम्मको बिकासमा प्रदेश सरकार प्रतिवद्ध

Next Post ≫

अविरल वर्षासंगैको पहिरोले जीप पुर्दा गुल्मीमा चालक सहित २ को मृत्यु, ४ घाइते

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क