Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

संसारपोस्ट संवाददाता · ५ असार २०७७ · 0
राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक
90
SHARES
ShareTweet

काठमाण्डौ, ५ असार । सरकारले अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गरेको लकडाउनको अवधिमा राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा सरकारले रोक लगाएको हो ।
२०७६ चैत ११ गतेदेखि सुरु भएको लकडाउन यही असार १ गतेदेखि केही खुकुलो भएको अवस्थामा लकडाउनको समयमा नागरिकको सुरक्षालाई लक्षित गरेर अत्यावश्यक काम वाहेक अनावश्यक हिँडडुल गर्नेमाथि गृहमन्त्रालयले कडाई गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयले शुक्रबार ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाउने निर्णय गरेको हो ।
सुरक्षा मापदण्ड अनुसार विवाह, व्रतबन्ध, मृत्यु संस्कार जस्ता कार्यमा १५ जनाभन्दा बढीलाई भेलामा प्रतिबन्ध लगाइएको छ । मापदण्ड अनुसार उद्योगमा काम गर्दा एक पटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने, अत्यावश्यक कामले आवतजावत गर्नुपरेमा वा कार्यस्थलमा २ मिटरको सामाजिक दूरी बनाइ काम गर्नुपर्ने, तोकिएको कार्यस्थलमा स्यानिटाइजर र मास्क अनिवार्य प्रयोग गर्नुपर्ने छ ।


वृद्ध मानिस, अशक्त तथा सुत्केरी, महिला र १० वर्ष तलका बालबालिकालाई बाहिर ननिस्कन प्रोत्साहन गर्न तथा अत्यावश्यक काम वाहेक अनावश्यक हिँडडुल नगर्न पनि गृह मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ । मालवाहक सवारीसाधनमा चालक र सहचालक मात्रै बस्न पाउने, भारत वा अन्य मुलुकबाट आउनेले स्वेच्छिक क्वारेन्टाइन वा होटलमा बस्दा शान्तिपुर्ण तरिकाले बस्नुपर्ने र सामाजिक दूरी अनिवार्य पालन गर्नुपर्ने गृह मन्त्रालयले जनाएको छ ।
सुरक्षामा खटिएका सुरक्षाकर्मीलाईसमेत उच्च सर्तकता अपनाएर काम गर्न पनि गृह मन्त्रालयले निर्देशन दिएको छ ।

≪ Previous Post

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै सेवा दुई दिनकालागि बन्द

Next Post ≫

तिलोत्तमाको कुञ्जपार्कमा दुईदिने चित्रकला कार्यशाला

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क