Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लकडाउन अबधीको कर छुट गर्न पर्यटन व्यवसायीको माग
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लकडाउन अबधीको कर छुट गर्न पर्यटन व्यवसायीको माग

संसारपोस्ट संवाददाता · ३ असार २०७७ · 0
लकडाउन अबधीको कर छुट गर्न पर्यटन व्यवसायीको माग
80
SHARES
ShareTweet

बुटवल, ३ असार । यस क्षेत्रका पर्यटन ब्यवसायीहरुले लकडाउन अवधिको सरकारी कर तथा शुल्कहरुमा छुट गर्न सरकारसंग माग गरेका छन् । कोभिड १९ को माहामारीले सबैभन्दा बढी पर्यटन क्षेत्रलाई समस्यामा पारेकोले पर्यटन व्यवसायलाई लकडाउन अबधिका लागि सरकारी कर तथा शुल्कहरु छुट गर्न व्यवसायीहरुले माग गरेका हुन्् ।
उनीहरुले पर्यटन व्यवसायीले सरकारलाई तिर्ने वार्षिक व्यवसाय कर, विद्युत महशुल, घर वहाल कर, आय कर लगायतका शिर्षकहरुमा छुट गरिदिन सरकारसंग माग गरेका छन ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले प्रकाशन गरेको विक्रम संवत २०७७ सालको भित्तेपात्रोको बुधबार आयोजना गरिएको विमोचन समारोहमा वोल्ने व्यवसायीहरुले तीनै तहका सरकार पर्यटन व्यवसायीले भोग्नु परेको समस्याका सवालमा गम्भिर हुन नसकेको गुनासो गरेका छन् ।
होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले कोभिड १९ले व्यवसायीलाई पारेको विकराल समस्याका सवालमा सरकार गम्भिर हुनुपर्नेमा जोड दिनुभयो ।
उहांले लकडाउनले कुनकुन क्षेत्र र व्यवसायमा के कति समस्या पारेको छ भन्नेवारेमा सरकारले विशेषज्ञ टोली गठन गरि छानविन गरि सोही अनुसार राहत प्रदान गर्न जरुरी रहेको औल्याउनु भयो ।
संघका जिल्ला अध्यक्ष समुन्द्र जिसीले लकडाउनको समयमा घर भाडा माग्ने, भाडा नदिएको नाममा घर खाली गराउन खोज्नेहरुको तथ्यांक संकलन गरिरहेको बताउदै सहज वातावरण तयार नहुदासम्म त्यसप्रकारका हर्कत नगर्न घर धनीहरुलाई आग्रह गर्नु भयो ।
गुराँस डिष्टिलरी प्रा. लि.का संचालक उज्जवल श्रेष्ठ, मार्केटिङ म्यानेजर गोपाल राजभण्डारी, महासंघका सल्लाहकार देविकुमार श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ, महासचिव माधवकुमार खनाल लगायतले व्यवसायीले भोग्नु परेको समस्या प्रति सरोकारवाला निकाय गम्भिर हुनुपर्नेमा जोड दिनुभयो ।
संघको भित्तेपात्रो प्रकाशन गर्न गुराँस डिष्टिलरी प्रा.लि.ले आर्थिक सहयोग गरेको थियो ।

≪ Previous Post

अर्घाखाँचीमा आरडीटी पोजेटिभ देखिएका पुरुषले आत्महत्या गरे

Next Post ≫

प्याब्सन बुटवलले बुटवल उपमहानगरमा बुझायो ९ बुँदे मागसहितको ज्ञापन पत्र

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क