Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ झुडिएर ५ सहित प्रदेशमा २४ घण्टामा ९ जनाको मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

झुडिएर ५ सहित प्रदेशमा २४ घण्टामा ९ जनाको मृत्यु

संसारपोस्ट संवाददाता · ३२ जेष्ठ २०७७ · 0
झुडिएर ५ सहित प्रदेशमा २४ घण्टामा ९ जनाको मृत्यु
90
SHARES
ShareTweet


बुटवल ३२ जेठ
प्रदेश पाँचमा वितेको २४ घण्टामा विभिन्न कारणवाट ९ जनाको ज्यान गएको छ ।
पाँच नम्बर प्रहरी कार्यालय तुल्सीपुर दाङले दिएको जानकारी अनुसार शनिवार दिउसो १ वजे देखि आईतवार अपरान्हसम्ममा प्रदेशमा झुण्डिएर ५ जना दुर्घटनामा परि २ जना र मादकपदार्थ सेवन गरि र बेहोस भएर एक एक जनाको ज्यान गएको प्रहरी वरिष्ठ उपरिक्षक तथा पाँच नम्बर प्रदेशका प्रहरी प्रवक्ता राजकुमार वैदवारले बताउनु भयो ।
प्रदेशमा दैनि जसो आत्महत्याका घटनामा बृद्धि हुदै गएकोले यसको समिक्षा हुन जरुरी देखिएको छ ।
प्रहरीका अनुसार दाङको बंगलाचुली गाउपालिकावाट प्यूठानको अरूङखोलातर्फ बिजुलीको पोल लिई जादै गरेको रा १ त २७७५ नं.ट्याक्टर दुर्घटना हुदा ट्याक्टर चालकको मृत्यु भएको छ ।
जिल्ला दाङ बंगलाचुली गापा ७ हासीपुर बस्ने वर्ष २७ को चालक राम बहादुर बुढाको मृत्यृ भएको प्रहरीले जनाएको छ ।
रुकुम पुर्ब सिस्ने गा.पा.३ स्थित रा १ ख १४४५ नं.को टिप्परले सोही गाडिको सहचालक जिल्ला रोल्पा रुन्तीगडि गाउपालिका ६ खारा घोट्टा ठुलोखेत वस्ने दिल वहादुर विकको छोरा वर्ष १९ को चन्द्र वहादुर वि.क.लाई ठक्कर दिँदा निजको घटनास्थलमै मृत्यु भएको छ । टिप्पर चालक घोराही उ.म.न.पा.१४ बस्ने वर्ष ४९को ओम प्रकाश घतिलाई प्रहरीले नियन्त्रणमा थप अनुसन्धान भैरहेको छ ।
नवलपरासी सुनवल न.पा. ५ हर्दियाचाबी २ नं.बस्ने सोम बहादुर थापाको छोरा बर्ष २६ को सन्दिप थापाले आफ्नै घरकोे भान्सा कोठाको बलोमा चुन्नीको पासो लगाई झुण्डी आत्म हत्या गरेका छन ।
रुपन्देही सिद्धार्थनगर न.पा.१३ स्थित पदमा श्री हल नजिकै कुमार मिश्रको घरमा डेरा गरी बस्ने ३ खजना घर भएको वर्ष ३४ को राजेश भास्खोर ट्वाईलेटको झ्यालको भेन्टिलेसमा गम्छाको पासो लगाई झुण्डी आत्म हत्या गरेका छन ।
रोल्पा जिल्ला रो.न.पा.३ पुरीटोल बस्ने मनराज पुरीको छोरी बर्ष १८ कि देउमती पुरी आफ्नै भान्साघरको बलोमा चुङगीको पासो लगाई आत्म हत्या गरेकी छन ।
बाँके बैजनाथ गा.पा. ७ पेडारी बस्ने बर्ष ५० को शंकर थारुले आफ्नै गोठको बलोमा प्लाष्टिकको डोरिले घांटिमा पासो लगाई झुण्डीआत्म हत्या गरेको छन ।
बाँके कोहलपुर नपा १२ सुन्दरबस्ती बस्ने देब बहादुर बिक.को छोरी बर्ष १० कि बिनिता बिक.एक्कासी मुटु दुख्यो भनी बेहोस भई मृत्यु भएको इपका कोहलपुर बाँकेले जनाएको छ ।जिल्ला कपिलवस्तु नगरपालिका वडा नम्बर ९ श्रीनगर बस्ने बर्ष २३ को पुरन खरबिन्दले आफ्नै घरको सुत्ने कोठामा सलको पासो लगाई झुण्डिएर आत्म हत्या गरेका छन । निजले झुण्डिएको अवस्थामा बाबुले देखि तत्कालै पासो काटी हेर्दाे मृत्यु भईसकेको,झुण्डीनुको कारण नखुलेको र ई.प्र.का.पिपरा कपिलवस्तुबाट थप अनुसन्धान भैरहेको छ ।
जिल्ला कपिलवस्तु वाणगंगा न.पा.८ बण्डौली स्थित वोडगाउँ देखी मोर्मी जाने कच्ची बाटोको किनारमा वर्ष ३७ को भुमीराज भुषाल मादक पदार्थ सेवन गरि मृत्यु अवस्थामा भेटिएको प्रहरील जनाएको छ । निजले प्राय जसो मापसे गर्ने,घरमा प्राय जसो नआउने स्थानियले प्रहरीलाई बताएका छन ।

≪ Previous Post

प्रतापपुर गाउँपालिका अध्यक्षको सवारी दुर्घटनामा निधन

Next Post ≫

रोटरी क्लव अफ लुम्बिनी स्टार्सको एसेम्बली

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क