बुटवल ३२ जेठ
रोटरी क्लव अफ लुम्बिनी स्टार्सको एसेम्बली सम्पन्न भएको छ । क्लवका अध्यक्ष यादव भण्डारीको अध्यक्षता र रोटरी डिष्ट्रिक ३२९२ का निर्वाचित गभर्नर राजिब पाख्रेलज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
समारोहमा बर्षभरी क्लवले सम्पन्न गरेका कार्यक्रमको समिक्षा गर्दै आगामी वर्षको लागि विभिन्न रणनीतिका साथ अघि बढाउने कार्यक्रम तय गरिएको क्लवका निर्वाचित अध्यक्ष रो. बालकृष्ण पाण्डेले बताए । क्लवका अध्यक्ष यादव भण्डारीले क्लव स्थापनाको उद्देश्य, क्लवले तय गरेका, सम्पन्न गरेका र बाँकी योजनाहरुको सन्दर्भमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
आगामी वर्ष २०२०÷२१ को लागि नयाँ कार्यसमितिले तय गरेको योजनालाई छलफल सहित पारित गरिएको थियो । निर्वाचित अध्यक्ष बालकृष्ण पाण्डेले आफ्नो वर्ष सफल बनाउन कार्यसमितिलाई पूर्णता दिनुका साथै गरिने कार्यक्रमका बारेमा जानकारी गराउनु भयो ।
रोटरी डिष्ट्रिक ३२९२ का निर्वाचित डिष्ट्रिक गभर्नर रो.राजिब पाख्रेलले क्लवले गरेका कार्यक्रमहरु माथि प्रसंसा गर्नुका साथै रोटरीको पब्लिक इमेजलाई जोड दिंदै समाजका हरेक गतिविधिमा अघि बढ्न शुभकामना दिनु भएको थियो । रोटरी जोन २० का एजी राजकुमार गुप्ताले रोटरी क्लव अफ लुम्बिनी स्टाटर्सले प्रस्तुत गरेको योजना उपर आप्mना राय सुझावहरु प्रस्तुत गर्दै ति कार्यmक्रमहरु सम्पन्न गर्न पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
रोटरी क्लव अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्कीले यस वर्ष रोटरी क्लव अफ लुम्बिनी स्टार्ससँग हातेमालो गर्दै थुप्रै कार्यक्रमहरु सम्पन्न गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा समेत सहकार्य गरी अघि बढ्नु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा क्लव डाइरेक्टहरुले आगामी वर्षको योजना र क्लवका कोषाध्यक्ष धु्रब कोइरालाले बजेट प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको संचालन क्लवका सचिव मुक्तिराम पन्थी स्वागत बर्ष २०२०—२१ का सचिव विक्रम क्षेत्री र धन्यवाद ज्ञापन क्लवका उपाध्यक्ष सुमन बस्याले गर्नु भएको थियो ।