बुटवल ३१ जेठ
सुन्दा पनि अचम लाग्ने बुवाको मृत्यु भएपछि आमा अक्कैसंग जाँदा सन्तानको अवस्था केहुन्छ त्यस्तै भएकी एक किशोरीलाई नेपाली सेनाले उद्धार गरेको छ । त्यतीमात्र कहाँ होर प्यारार्लािसस रोगवाट ग्रसित भएर शरिरको कम्बर भन्दा तल्लो भाग नचल्ने ति किशोरीलाई एम्बुलेन्सवाट सेनाले घर पठाएको छ ।
कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नम्बर ९ स्थायी घर भै बुवा आमासंग भारतको हरियानामा रहेकी वर्ष १६ की सीता भुललाई नेपाली सेनाको गरुडदल गण बुटवलले सीमा नाका बेलहियावाट उदार गरि नीजको घर पठाएको छ ।
यही जेठ २९ गते सीमानाका बेलहिया आएकी ती किशोरीलाई नेपाली सेनाको गाडीवाट नेपाली सेनाको भैरहवामा रहेको प्रतिमानिमा कलेजको होल्डीङ एरियामा राखिएको थियो ।
होल्डीङ क्षेत्रवाटनेपाल रेडक्रस सोशाईटी र युनिसेफ नेपालको समन्वयमा एम्बुलेन्स खोजी ती किशोरीलाई कैलाली जिल्लाको घर पठाईएको नेपाली सेनाले जनाएको छ ।
बुवा आमा संग भारतमा बस्दै आएकी ती किशोरीका बुवाको मृत्य भएपछि आमा अकैसंग पोइल गएकीले वाध्य भएर कम उम्मेरमै सीताले रोजगारी गर्नु परेको थियो ।
रोजगारीका शिलशिलामा उनलाई प्यारालासिस भएको र साहुले जागिरवाट निकाली दिएको उनले उद्धारमा संग्लन नेपाली सेनालाई बताएकी थिईन ।
कोरोना माहामारीको समयमा लकडाउनले गदा ४ महिना देखि प्यारालासिस रोगवाट ग्रसित भएकी ती किशोरीको अवस्था देख्दा र उनको कुरा सुन्दा जोकोहीको पनि आँखा नरसाउने कुरै भएन ।