Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कोरोना महामारीमा रेड जोनका व्यवसायीद्धारा सरकारले राहात प्याकेज नल्याएको भन्दै गुनासो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोना महामारीमा रेड जोनका व्यवसायीद्धारा सरकारले राहात प्याकेज नल्याएको भन्दै गुनासो

संसारपोस्ट संवाददाता · ३१ जेष्ठ २०७७ · 0
कोरोना महामारीमा रेड जोनका व्यवसायीद्धारा सरकारले राहात प्याकेज नल्याएको भन्दै गुनासो
110
SHARES
ShareTweet



बुटवल, ३१ जेठ
कोरोना भाईरसका कारण रेडजोनमा परेका रुपन्देहीका व्यवसायीले सरकारले राहतको प्याकेज नल्याएको भन्दै गुनासो गरेका छन् ।
होटल व्यवसायी, पर्यटन, यातायात, व्यूटीपार्लर ,र नाइसंघ लगायतका व्यवसायीको शनिवार बुटवलमा भएको भेलाले कोरोनाको मारमा परेका व्यवसायिलाई सरकारले सम्बोधन गर्नेगरी राहतका प्याकेजहरु ल्याउन आग्रह गरेका हुन् ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको पहलमा आयोजना गरिएको संयुक्त भेलामा बोल्ने रेडजोनमा परेका व्यवसायी संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले राहतको प्याकेज ल्याउन सरकारसंग माग गरेका हुन् ।
अन्य क्षेत्रका व्यवसायी भन्दा आफुहरु लकडाउनका कारण बढी मारमा परेकाले व्यवसायीले बैंकको व्याज, घरभाडा , कर्मचारी तथा मजदुरहरुलाई मासिक रुपमा बुझाउने तलव दिन नसकेको, तथा विजुली र खानेपानी टेलिफोनको महशुल बुझाउन समस्या परेको गुनासो गरेका छन ।
लकडाउनको समयमा पनि अन्य व्यवसाय सञ्चालनमा आएपनि पर्यटन, यातायात, व्यूटीपार्लर, नाई, लगायतका व्यवसाय ठप्प भएकाले दैनिकी चलाउन पनि समस्या भएको व्यवसायीको गुनासो रहेको छ ।
सोही कार्यक्रममा बोल्दै पर्यटन व्यवसायी तथा होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले सुरक्षाका मापदण्डहरु अपनाएर पर्यटनसंग जोडिएका व्यवसायलाई सहज बनाउंदै लान सकिने बताउनु भयो ।
उहांले बैंकको व्याज, घरभाडा र कर्मचारीलाई तलवसमेत दिन नसक्ने अवस्थामा व्यवसायी पुगेकाले बैंकको व्याजमा छुट वा सहुलियत के गरेर हुन्छ राहत उपलब्ध गराउनु राज्यको जिम्मेवारी भएको बताउनु भयो ।
पर्यटन व्यवसायी लकडाउन खुलाउनु नै पर्छ भन्ने पक्षमा नभएको तर व्यवसायी मारमा परेकाले व्यवसायीका मर्का बुझेर रातको प्याकेज ल्याउन पर्नेमा उहाँले जोड दिनुभयो ।
पश्चिम नेपाल वस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले कोरोना महामारी सबैको साझा विषय भएकाले आफुपनि बच्ने र अरुलाई पनि बचाउने गरी सरकार जिम्मेवार बन्नु पर्ने बताउनु भयो ।
व्यवसायीका समस्याप्रति सरकार जिम्मेवार नबने साझा एजेण्डा बनाएर अगाडी बढिने उहाँले बताउनु भयो ।
कार्यक्रममा मणिमुकुन्द उद्यान विकास केन्द्रका अध्यक्ष खेम लुइटेल, महिला उद्यमी तथा नेपाल व्युटिसियन संघ राष्ट्रिय समितिकी वरिष्ठ उपाध्यक्ष शान्ती शर्मा तिमिल्सेना, टान प्रदेश ५ की वरिष्ठ उपाध्यक्ष रचना पन्त, व्यवसायी टंक पोखरेल, कुलचन्द्र पाण्डे, नाई संघका अध्यक्ष उमेश ठाकुर क्याटरिङ तथा पार्टी प्यालेका बलराम पौडेल लगायतले बोल्दै बैंकको व्याज छुट र घरभाडा छुटका लागि सरकार जिम्मेवार बन्न आग्रह गरेका छन् ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीको अध्यक्षता र महासचिव माधव खनालको सञ्चालनमा भेला सम्पन्न भएको थियो । उक्त भेलाले सरकारसंग राहातका प्याकेज माग गर्नका लागि व्यवसायीहरुका समस्या र कोरोना महामारीमा कसरी व्यवसाय mसंचालन गर्ने भन्नेवारे मापदण्ड बनाउन खेम लुइटेलको संयोजकत्वमा समुन्द्र जिसी ,माधव नेपाल , माधव कुमार खनाल,रचना पन्त दधिराम खरेल टिका ज्ञवाली शान्ती शर्मा तिमिल्सेना पत्रकार यमलाल भुसाल सहितको समिति गठन गरिएको छ ।

≪ Previous Post

नियमित रक्तदाता संघ १३ वर्ष पछि पुनः संचालनका लागि सक्रिय

Next Post ≫

बुवाको मृत्यु आमा अकैसंग गएपछि विचल्लीमा रहेकी आधा शरिर नचल्ले किशोरीको सेनाद्धारा उद्धार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क