बुटवल ३१ जेठ
नियमित रक्तदाता सरोज शिलवालको मृत्यु पछि सुसुप्त अवस्थामा रहेको संस्था १३ वर्ष पछि पुन संचालनका लागि जुरमुराएको छ ।
रगतको अभावमा कोही कसैले पनि ज्यान गुमाउन नपरोस भनी रुपन्देहीमा विसं २०६१ सालमा नेपाल नियमित रक्तदाता संघ स्थापना गर्नु भएको सरोज शिलवालको विसं २०६४ सालभाद्र २६ गते दुर्घटनामा परि मृत्यु भएपछि सस्थाका गतिविधीमा सिथिलता आएको थियो ।
उक्त संस्थाले गरेको योगदानको कदर गदै संस्थालाई पुनः सक्रिय बनाउनु पर्छ भन्दै शनिवार बुटवलमा भएको नियमित रुपमा रक्तदान गर्नेहरुको भेलाले पुरोनो संस्थालाई पुनर जिवित गर्ने निर्णय गरेको हो ।
संस्थाका संरक्षक तथा रुपन्देहीका पहिलो रक्तदाता मृगेन्द्र कुमार शेरचनको अध्यक्षतामा भएको भेलाले नेपाल नियमित रक्तदाता संघलाई पुनरजिवन दिएको छ । दया सिलवालको संयोजकत्वमा संघको तदर्थ समिति चयन गरिएको छ । समितिको सहसंयोजकमा लेखनाथ भण्डारी सचिवमा महेश खनाल कोषाध्यक्षमा दीपक अधिकारी र सह सचिवमा मधु न्यौपाने चयन हुनु भएको छ । समितिको सदस्यहरुमा मन्जु गिरि प्रेम सुनार, भरत पुरी, राजु रसायली, भास्कर शाही, विष्णु भण्डारी रोशन अर्याल र सुरेन्द्र थापा चयन हुनु भएको छ ।
त्यस अघि समाज सेवी तथा सल्लाहकार विमल बहादुर शाक्यले मानविय सेवा भावले गरिने काम भएकाले स्वस्थ्य मन भएकाहरुलाई संस्थामा समेटन आह्वान गर्नु भयो ।
त्यस्तै सुुरेन्द शाक्यले रगतको अभाव हुन नदिने गरि संस्थालाई पुनरजिवन दिएकोमा अवका दिनमा यसलाई थप प्रभावकारी रुपमा संचालन गर्न माग गर्नु भयो ।
संरक्षक शेरचनले विश्व रक्तदाता दिवसको पुर्व सन्यामा संस्था लाई पुनरजिवन दिएकोमा खुशि व्यक्त गर्नु भयो । रुपन्देहीमा यस्तै प्रकारको अर्को कृष्ण चौहानको नेतृवमा स्वयमसेवी रक्तदाता समाज पनि क्रियाशिल रहेको छ ।