Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लकडाउनका कारण रोकिएका इटा उद्योगमा कार्यरत मजदुरहरु घर फर्किन थाले
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लकडाउनका कारण रोकिएका इटा उद्योगमा कार्यरत मजदुरहरु घर फर्किन थाले

संसारपोस्ट संवाददाता · २१ जेष्ठ २०७७ · 0
लकडाउनका कारण रोकिएका इटा उद्योगमा कार्यरत मजदुरहरु घर फर्किन थाले
100
SHARES
ShareTweet

बुटवल, २१ जेठ । रुपन्देही, कपिलवस्तु लगायत तराईका जिल्लामा संचालित इटा उद्योगमा रोजगारीका (इटा बनाउन) लागि आएका स्वदेशी मजदुरहरु घर फर्किन थालेका छन् । लकडाउनका कारण उद्योगमै रोकिएका मजदुरहरुलाई उद्योग संचालकले आफ्नै ब्यवस्थापनमा घर पठाएका छन् ।
दाङ, कैलाली लगायतका जिल्लावाट गएको कार्तिक महिनामा यस क्षेत्रका इटा उद्योगमा काम गर्न आएका मजदुरहरुलाई सम्वन्धित पालिकासंग समन्वय गरेर गाडीको ब्यवस्थापन गरेर घर पठाउने काम गरिएको रुपन्देहीको सैनामैना स्थित सोना ईटाका संचालक विक्रमरत्न वज्राचार्यले बताउनु भयो ।
रुपन्देहीको सैनामैना र कपिलवस्तुको बुड्डीमा संचालित दुईवटा इटा उद्योगमा कार्यरत कैलाली र दाङका सय वढि मजदुरहरुलाई उनीहरुले काम गरेको कमाई सहित गाडीको ब्यवस्थापन गरी मंगलवार विदाई गरिएको उद्योगी बज्राचार्यले जानकारी गराउनु भयो ।
सहज अवस्था भए जेठ पहिलो साता घर पुगिसक्नुपर्ने मजदुरहरु गत चैत ११ गते देखि कोरोना भइरस रोकथाम तथा न्युनिकरणका लागि गरिएको लकडाउनका कारण अहिलेसम्म उद्योगमै रोकिएका थिए ।
मजदुरहरुलाई उद्योग वाट पठाउन र घर मगाउन स्थानीय पालिकाले सहज वातावरण निर्माण गरे पनि जिल्ला प्रशासन कार्यालवाट भने सहयोग नभएको गुनासो उद्योगीहरुको छ । लकडाउनका कारण अलपत्र परेका मजदुरलाई घर पठाउन गाडीको पास र सिफारिसका लागि पटक पटक जिल्ला प्रशासन कार्यालय कपिलवस्तु पुग्दा समेत कुनै सहयोग नपाएको उद्योगीहरुको गुनासो छ । जिल्ला प्रशासन कार्यालयवाट सहयोग नभएपछि उद्योग रहेको पालिका र मजदुरका घर भएका पालिकासंग समन्वय गरी पालिकाले दिएको अनुमति र शिफारिसका आधारमा उद्योग संचालकले मजदुरहरुलाई घर पठाउने काम गरेका हुन् ।
मजदुरहरुले घर पठाउ भनेर दवाव दिने र स्थानीय प्रशासनले सहज वातावरण निर्माण नगरिदिदा उद्योगीहरु समस्यामा परेका लुम्विनी इटा उद्योग ब्यवसायी संघका अध्यक्ष थानेश्वर घिमिरेले वताउनु भयो । लकडाउनका कारण सार्वजनिक सवारी नचलेका कारण कतिपय उद्योगीहरुले सम्वन्धित पालिका संग समन्वय गरेर आफै गाडीको ब्यवस्थापन गरी मजदुरहरुलाई विदाई गरेका अध्यक्ष घिमिरेले वताउनु भयो ।
खेतीको सिजन शुरु भैसकेको र घर गैसकेपछि पनि वाहिरी जिल्लावाट घर फर्किनेहरुलाई स्थानीय पालिकाले १०÷१२ दिन क्वारेण्टाइनमा राख्ने भएकाले इटा उद्योगमा कार्यरत मजदुरहरु छिटो घर जान हतारिएका हुन् ।
रुपन्देहीको सैनामैनामा रहेको एम वी इटा उद्योगमा कार्यरत दाङका मजदुरहरुलाई गाडीको ब्यवस्थापन गरी विदाई गरिएको उद्योगी जगत कार्कीले वताउनु भयो । स्वदेशी मजदुरहरुको विदाई संगै भारतवाट आएका मजदुरलाई पनि घर पठाउन विभिन्न निकायमा पहल भैरहेको उद्योगी कार्कीले वताउनु भयो । यस्तै सैनामैना स्थित कामना इटा उद्योगमा कार्यरत कैलाली र दाङका मजदुरहरुलाई पनि केही दिन अघि उद्योग स्वयमले ब्यवस्थापन गरी घर पठाउने काम गरेको उद्योगी अजय अधिकारीले वताउनु भयो । यस्तै जिल्लामा संचालित विभिन्न इटा उद्योगमा कार्यरत स्वदेशी तथा विदेशी मजदुरहरुलाई स्थानीय पालिका र सरकारी निकायसंग समन्वय गरी घर पठाउने प्रक्रिया शुरु गरिएको इटा ब्यवसायी संघका महासचिव अजय कुमार गुप्ताले जानकारी दिनुभयो ।

≪ Previous Post

ब्युटिसियन पेशालाई संरक्षण गर्ने गरि वजेट ल्याउन माग

Next Post ≫

लकडाउनमा सरकारले कर असुल्ने नीति अवलम्वन गर्नु घातक: रुपन्देही उद्योग संघ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क