Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लकडाउनमा सरकारले कर असुल्ने नीति अवलम्वन गर्नु घातक: रुपन्देही उद्योग संघ
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लकडाउनमा सरकारले कर असुल्ने नीति अवलम्वन गर्नु घातक: रुपन्देही उद्योग संघ

संसारपोस्ट संवाददाता · २१ जेष्ठ २०७७ · 0
लकडाउनमा सरकारले कर असुल्ने नीति अवलम्वन गर्नु घातक: रुपन्देही उद्योग संघ
110
SHARES
ShareTweet


बुटवल २१ जेठ
सरकारले कोरोना भाइरसको विश्वव्यापी असरले आक्रान्त बनेको नेपालको अर्थतन्त्रको समयमा सरकारले कर असुल्ने नीति अवलम्वन गर्नु अत्यन्तै घातक भएको रुपन्देही रुपन्देही उद्योग संघको ठहर छ ।
विशेषगरी औद्योगिक क्षेत्र दिनानुदिन धरासायी बन्दै गइरहेका र लामो समयको लकडाउनले उद्योगी व्यवसायी थिलो परेको अवस्थामा सरकारले कुनै ठोस कार्यविधि र संचालनको वातावरण तयारी विनै ४२ खालका उद्योगहरु संचालन गर्ने निर्णय गरिरहँदा उद्योगीहरुको वास्तविक अवस्था बारे कुनै ध्यानकर्षण गर्न नसक्नु दखको विषय भएको संघद्धारा जारी विज्ञप्तिमा उल्ल्ोख गरिएको छ ।
बैंकको ब्याज, बजार बन्द र श्रम समस्याका बीच उद्योग संचालन गर्ने घोषणा गरेर सोही बहानामा राज्यले कर असुल्ने नीति अवलम्वन गरेको हो भने सो निर्णय अत्यन्तै घातक भएको संघको ठहर छ ।
यस्तो विषम परिस्थतिमा सरकारले कर बुझाउन निर्देशन गर्ने, बैंकले ब्याज ताकेता गर्ने र विद्युत प्राधिकरणले महसुल असुल्न खोज्नुले सरकारको निजी क्षेत्र प्रतिको धारणा अत्यन्त नकारात्मक रहेको स्पष्ट भएको संघका अध्यक्ष वाबुराम वोहोरा र महासचिव जिवकान्त काफले द्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उद्योगी व्यवसायीका समस्या सन्दर्भमा ठोस राहत प्याकेज आउन नसकेको सन्दर्भमा सरकारको बजेट मार्पmत केही गुनासाहरु सम्बोधन भएता पनि सोको कार्यान्वयन प्रति विश्वस्त हुने आधार अझैसम्म तय हुन सकेको छैन ।
तसर्थः कर दाखिला गर्ने समय लकडाउन समाप्ती पछिको कम्तिमा ३ महिना थप गर्न र आयकर, मूल्य अभिबृद्धि कर, अन्तशुल्क विवरण बुझाउने समय लक डाउन खुलेको एक महिना थप गर्नुहुन सम्बन्धित निकायहरुसँग रुपन्देही उद्योग संघ जोडदार माग गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निर्णय अविलम्ब फिर्ता लिन बुटवल फर्निचर उद्योग संघको माग


यचैबिच यस्तो विषम परिस्थितिको ख्यालै नराखी नेपाल सरकार, अर्थमन्त्रालय, आन्तरिक राजस्व विभागले २०७७ साल जेष्ठ १९ गते प्रकाशित कर सम्बन्धी सूचनाले हाम्रो संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ ।
प्रकाशित सूचना अनुसार नेपाल सरकारको निर्णय भनी भ्याट, अन्तशुल्क र अग्रिम आयकर समेत २०७७ साल जेठ २५ गतेसम्म बुझाउनु पर्नेछ यदि नबुझाएको खण्डमा नेपाल सरकारको नियमानुसार जरीवाना, हर्जना लागाउन सक्ने भनिएको छ ।
सरकारले गरेको ७२ दिनको लकडाउनले गर्दा सम्पूर्ण फर्निचर उद्योगहरु धराशायी भई सदाको लागि बन्द हुने अवस्था सिर्जना भइरहेको बेलामा सरकारबाट राहतको प्याकेज आउनु पर्ने ठाउँमा आहातको प्याकेज आएकोमा हाम्रो संघले यसको घोर भत्सर्ना गर्दछ । संघका अध्यक्ष बिष्णु प्रसाद पाण्डे र महासचिव जिवकान्त काप्mलेद्धारा जारी विज्ञप्तिमा सरकारको निर्णय अनुसार आगामी २०७७ साल जेष्ठ २५ गतेसम्म कुनै पनि हालतमा भ्याट, अन्तशुल्क र अग्रिम आयकर बुझाउन सकिने अवस्था नरहेको उल्लेख गरिएको छ ।
सरकारले गरेको निर्णय अविलम्ब फिर्ता लिनको लागि बुटवल फर्निचर उद्योग संघ सरकारसँग जोड्दार माग गर्दछौ ।

≪ Previous Post

लकडाउनका कारण रोकिएका इटा उद्योगमा कार्यरत मजदुरहरु घर फर्किन थाले

Next Post ≫

पश्चिमाञ्चल यातयात व्यवसायी समितिद्धारा व्यवसायीलाई ५२ लाख राहात सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क