Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ ब्युटिसियन पेशालाई संरक्षण गर्ने गरि वजेट ल्याउन माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ब्युटिसियन पेशालाई संरक्षण गर्ने गरि वजेट ल्याउन माग

संसारपोस्ट संवाददाता · २० जेष्ठ २०७७ · 0
ब्युटिसियन पेशालाई संरक्षण गर्ने गरि वजेट ल्याउन माग
80
SHARES
ShareTweet


बुटवल २० जेठ
ट्रेड युनियन कांँगे्रस आबद्ध नेपाल ब्युटिसियन संघ ५ नम्बर प्रदेश समितिले प्रदेश ५ का मुख्यमंत्री शंकर पोखरेललाई भेटेर १० बुदे ज्ञापन पत्र बुझाएको छ । कोभिड १९ र लकडाउनको कारण व्यवसाय पलायन हुने अवस्थामा पुगेकोले मुलत प्रदेशको आउदो बजेटबाट पेशालाई संरक्षण गरि दिन विशेष राहतको व्यवस्था गर्न माग गरेका छन ।
प्रदेश भर रहेका ब्युटिसियन व्यवसायी सिटीभीटीबाट मान्यता प्राप्त प्रशिक्षण केन्द्र हुन । त्यसैगरि गाउ गाउ तथा नगरको भित्र भित्र पनि रहेका ब्युटिपार्लरमा कार्यरत हजारौको संख्यामा कार्यरत महिला दिदीबहिनीहरुको पेशा जोखिममा रहेको संघका ५ नम्बर अध्यक्ष विष्णु थापाले बताउनु भयो ।
स्वरोजगार पेशालाई संरक्षण गर्न मुख्यमंत्रीलाइ आउदो प्रदेशको बजेटबाट सम्बोधन गर्न पनि अनुरोध गरिएको होे ।
१० बुदे ज्ञापन पत्रमा ब्युटीपार्लर पेशालाई संरक्षण गर्न लकडाउनको शुरुवाती अवस्थामा नै संघीय सरकारबाट गरिएको घर भाडा छुटको घोषणा यस प्रदेशमा पनिे घरको भाडा छुट, प्रदेशको बजेटबाट विशेष राहतको घोषणा गर्न माग , नगर तथा गाउ पालिका लगायत सरकारका विभिन्न निकायबाट लिईने कर तथा राजस्व यस वर्षको छुट गराई माग गरिएो छ ।
त्यसैगरि प्रदेशभर स्थानीयतहमा यस क्षेत्रका पेशाकर्मीहरुलाई पंजीकरण गरि राहतको व्यवस्था गर्न माग , स्वरोजगार तथा अनौपचारीक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षाकोषको दायरामा समावेश गराउन माग गरिएको छ ।
पेशालाई पुर्न्जिवित गर्न बजेट मार्फत सस्तो व्याजमा ऋणको व्यवस्था र बैंक बाट ऋण लिई शुरु गरिएको पेशाकर्मीहरुलाई घटीमा ६ महिना पछि किस्ता तिर्ने र लकडाउन अवधीभरको ब्याजछुट लगायतको १० बुदे माग रहेको अध्यक्ष थापा बताउनु हुन्छ ।
ज्ञापन पत्र बुझदै मुख्यमन्ंत्री पोखरेलले प्र्रदेश सरकारबाट ब्युटिसियन व्यवसायीलाई सहयोग गर्ने धारणा राख्नु भएको राष्ट्रिय समितिकी वरिष्ठ उपाध्यक्ष शान्ता शर्माले बताउनु भयो ।
मंगलवार नै सो १० बुदे ज्ञापन पत्रको बोद्धार्थ तथा कायार्थ कपि उद्योग मंन्त्री लिला गिरी र सामाजीक विकास मन्ंत्री सुर्दशन बराललाई समेत बुझाईएको थियो ।
प्रदेश अध्यक्ष विष्णु थापा , प्रदेश सचिव सुनिता अर्याल , रुपन्देही अध्यक्ष रेणु कर्माचार्य , बुटवल नगर अध्यक्ष मनु न्यौपाने लगायत रहनु भएको थियो ।

≪ Previous Post

कर बझाउन भनी गरिएको सुचना फिर्ता नलिए आन्दोलनः उबासंघ प्रदेश पाँच

Next Post ≫

लकडाउनका कारण रोकिएका इटा उद्योगमा कार्यरत मजदुरहरु घर फर्किन थाले

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क