बुटवल २० जेठ
लकडाउनको अवधिसम्म कुनै पनि विवरण र करका रकम बुझाउन नसकिने उद्योग व्यापार संगठन रुपन्देहीले उदघोष गरेको छ ।
विषम परिस्थितिमा सरकारले नीजि क्षेत्रलाई राहत प्याकेज दिनुको साटो यही जेठ २५ भित्र आयकर, मुल्य अभिवृद्धि कर, अन्तशुल्क, लगायत विभिन्न खालका विवरणहरुको साथै रकम तिर्न सूचना जारी गरेकोप्रति संगठनले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारील मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै २०७७ जेठ ३२ गतेसम्म घरमै बस्न निर्देशन दिएको सरकारले जेठ २५ गते भित्र कर रकम दाखिला गर भन्नु उद्योगी व्यवसायीप्रति सरकारको दृष्टिकोण स्पष्ट भएको चेतावनी सहितको विज्ञप्ति मार्फत जनाउनु भएको छ् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण नेपाल सरकारले गत चैत ११ गतेदेखि आउदो जेठ ३२ सम्म लगातार लडाउन बन्दाबन्दी घोषणा गरेको छ । उद्योगी व्यवसायी सरकारका सहयोगी पाटनर हुन भन्ने कुरा नेपाल सरकारको मान्यता हो भने लकडाउनको समयसम्मको लागि कुनै विवरण र रकम बुझाउन नसकिने भन्दै सूचना फिर्ता लिनको लागि सरकारले जारी गरेको सूचना फिर्ता लिनको अपिल गरिएको छ ।
