प्रदेश सभामा पनि कुरा उठाईयो
बुटवल १७ जेठ
रुपन्देहीको नेपाल भारत सीमा क्षेत्रमा भारतले ६ फिट अग्लो फोरलेनको सडक बनाउन शुरु गरेको तथ्य सार्वजनिक भएको छ ।
दुई देश बीचको सन्धि समझौता विपरित भारतीय पक्षले नेपाल भारत सीमा क्षेत्रको १५ मिटर नजिकैबाट सडक बनाउन थालेपछि सीमा क्षेत्रका नेपालीहरुमा डुवानको खतरा बढेको भन्दै सीमाक्षेत्रका नेपाली अतालिएका छन । उक्त सडक निर्माण भएमा रुपन्देहीको हजारौ विगाहा जमिन डुवानमा पर्ने ठुलो वस्ती समस्यामा पर्ने निश्चित देखिन्छ ।
नेपाल भारत सीमा क्षेत्रमा पुर्वबाट पश्चिम तर्फ सामान्य सीमा गस्ती गर्नका लागि सडक भनिए पनि भारतले नेपाली भुभाग नै डुवानमा पर्ने गरी सडक बनाउन लागेको भन्दै प्रदेश ५ का प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपानेले गम्भिर आपती जनाउनु भएको छ ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ को कबाट निर्वाचित प्रदेश सभा सदस्य न्यौपानेले भारतले आफ्नो निर्वाचन क्षेत्र अन्तरर्गत पर्ने रुपन्देहीको रोहीणी गाउँपालिका वडा नं ५ र ६ का ईमिलीहवा, बुची, बोधवार र बिष्णुपुरा गाउँ डुवानमा पार्ने गरी राजमार्ग निर्माण गर्न शुरु गरेको विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।
प्रदेश सभा सदस्य न्यौपानेले बिज्ञप्ती जारी गर्दै भारतले अन्तराष्ट्रिय सन्धि सम्झौता र मापदण्ड बिपरीत नदिनालाको प्राकृतिक बहावमा असर पर्नेगरी दशगजा क्षेत्रमा फोर लेनको सडक निर्माण शुरु गरेको भन्दै तत्काल रोक्न माग गर्नु भएको छ ।
भारतले सीमा क्षेत्रबाट ८ । ८ किलोमिटरमा प्राकृितक बहावमा असर गर्ने संरचना बनाउन नपाईने अन्तराष्ट्रिय बिधी बिपरित नेपाल भारत सीमा क्षेत्रबाट कतै २५ मिटर र कतै १५ मिटर नजिक हुने गरी ६ फुट अग्लो सडक बनाउन लागेको छ यो कार्य सैह्य हुन सक्दैन विज्ञप्तिमा उल्लेख छ ।
उक्त सडक रोक्न पहल गर्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई समेत आग्रह गरेको उहाँले बताउनु भयो ।
भारतले यसरी सडक निर्माण गर्दा सीमा क्षेत्रमा रहेको नेपाली भुमी बर्षातको समयमा डुवानमा पर्ने र लाखौं नेपालीहरुको उठिबास हुने अवस्था आउँने उहाँले बताउनु भयोे ।भारतले पुर्वदेखि नै गत मंसिरवाट उक्त सडक बनाउन शुरु गरेको ोरोनाो महामारी संगै स्थगीत रहेको सडक पुनः यसै सातावाट शुरु गरेको प्रदेश सदस्य डा. न्यौपानेले बताउनु भयो । प्रदेस सदस्य न्यौपानेले शुक्रवार प्रदेश सभामा समेत उक्त सडकका वारेमा सभालाई जानकारी गराउनु भएको थियो ।
सो सडक निर्माण सम्बन्धमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भारतले यस अघि नै उक्त सडक बनाउन थालेको र गृहमन्त्रालय मार्फत परराष्ट्र मन्त्रालयमा जानकारी गराई सकिएको बताउनु भयो ।
यो बिषयमा हाम्रो ध्यानाकर्षण भएको छ । पहिले पनि हामीले गृहमन्त्रालय मार्फत परराष्ट्र मन्त्रालयलाई जानकारी गराएका हौं केही समय बनाउन रोकिएको थियो फेरी बनाउन शुरु गरेको वारेमा बुझने बताउनु भयो ।
