झविन्द्र देवकोटा
बुटवल, १५ जेठ
लायन्स क्लव अफ बुटवल मेट्रोसिटिले सुरक्षाकर्मी तथा संचारकर्मीका लागि मास्क र सेनिटाईजर प्रदान गरेको छ । कोरोना (कोभिड १९) महामारिको समयमा नागरिकको सुरक्षाका लागि फिल्डमा खटिने सुरक्षाकर्मी प्रहरी र नागरिकलाई सुचना दिनका लागि अहोरात्र फिल्डमा खटिने संचारकर्मीलाई एक हजार ५ सय थान मास्क तथा डेढ सय थान सेनिटाईजर क्लवले प्रदान गरेको हो । क्लवले बुटवल क्षेत्रमा क्रियाशिल छापा, अनलाईन तथा विद्युतिय संचारमाध्यममा कार्यरत एक दर्जन संचारकर्मीलाई ५ सय थान मास्क तथा तीस थान सेनिटाईजर सहयोग गरेको क्लवका अध्यक्ष विदुर पौडेलले जानकारी दिनुभयो । यस्तै ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक सिंह राठोर मार्फत सुरक्षाकर्मीलाई एक हजार थान मास्क तथा एक सय थान सेनिटाईजर क्लवले सहयोग गरेको पौडेलले बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक सिंह राठोर, क्लवका एम.जे.एफ सन्दिप कसौधन, क्लवका संस्थापक अध्यक्ष बिनोद सुवेदी, नेपाल पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष स्वस्तीक श्रेष्ठ, कार्यक्रम संयोजक अमरनाथ पाठक लगायतले नागरिकको सुरक्षाका लागि जोखिम मोलेर काम गर्ने सुरक्षाकर्मी तथा नागरिकलाई सुसुचित गर्न फिल्डमा खटिले सञ्चारकर्मीका लागि क्लवले गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभयो ।