Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुकुम घटनाको निन्दा गर्दै शान्ति समाजद्वारा बुटवलमा विरोध प्रदर्शन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुकुम घटनाको निन्दा गर्दै शान्ति समाजद्वारा बुटवलमा विरोध प्रदर्शन

संसारपोस्ट संवाददाता · १५ जेष्ठ २०७७ · 0
रुकुम घटनाको निन्दा गर्दै शान्ति समाजद्वारा बुटवलमा विरोध प्रदर्शन
90
SHARES
ShareTweet


बुटवल, १५ जेठ । देशका विभिन्न भागमा घटेका जातीय विभेद र हिंसाका घटनाको मानव अधिकार तथा शान्ति समाजले निन्दा गर्दै आएको छ । जेठ १० गते रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा घटेको घटनाको विरोधमा मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखा, उच्च अदालत वुटवल बार एशोसिएसन लगायतका संस्थाहरुको आयोजनामा बिहिबार विहान वुटवल राजमार्ग चौराहामा विरोध प्रदर्शन गरिएको छ ।
बुटवल राजमार्ग चौराहमा गरिएको प्रदर्शन पश्चात शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनाल र वरिष्ठ अधिवक्ता तेजप्रसाद कँडेलले सम्बोधन गर्दै रुकुम घटना जातीय विभेदका आधारमा भएको जघन्य अपराध भएकाले यसको निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्न माग गर्नुभयो ।
जेठ १० गते रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा घटेको दुर्दान्त घटनामा चार जना होनहार नागरिकको मृत्यु भएको र दुई जनाको स्थिति अझै अज्ञात रहेको, कतिपयलाई कुटपिट गरिएको उक्त घटनाको निन्दा गर्दै शान्ति समाजले घटनाको निष्पक्ष छानविन गरी दोषीहरुलाई कानुन सम्मत कारबाही गर्न जोड दिँदै आएको छ ।
दण्डहिनताको निरन्तरता र कहालिलाग्दो सिलसिलाका कारण जातीय विभेदका घटनाहरु वृद्धि भइरहेको अवस्थामा रुकुम पश्चिममा घटेको दुर्दान्त घटनाका दोषीहरु माथी कारबाही नहुने हो भने मानवता पराजित हुने र अन्याय पुरस्कृत हुने धारणा शान्ति समाजको रहेको जिल्ला सभापति डीपी खनालले बताउनु भयो ।

≪ Previous Post

गणतन्त्र नागरिकको जीवन पद्धति हो : मुख्यमन्त्री पोख्रेल

Next Post ≫

मेट्रोसिटीद्वारा मास्क तथा सेनिटाईजर प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क