बुटवल, १४ जेठ
कालिका मानवज्ञान माविका विद्यार्थीहरुलाई पुस्तक वितरण शुरु भएको छ । कोरोना संक्रमणको समयमा घरमै अध्ययनकको ब्यवस्थासहित मंगलबारदेखि पाठ्यसामग्री वितरण शुरु गरिएको हो । विद्यालयमा पुस्तक सामग्री लिन आउने अभिभावकलाई कोरोना संक्रमण रोक्न स्थानिय शिव टोल विकास संस्थाको अगुवाईमा विशेष स्वस्थ्य जाच (ज्वरो नाप्ने काम) र मास्क वितरण गरिएको छ ।
विद्यालय ब्यवस्थापन समितिका सदस्य तथा टोलका सल्लाहकार नित्यानन्द ज्ञवालीकोे सौजन्यमा स्वस्थ्य जाँच र मास्क वितरण गरिएको हो ।
टोलका सल्लाहकार चन्द्र प्रकाश पौडेलले कोरोनाबाट सचेत हुदै सुरक्षित तरिकाले दैनिकी अघि बढाउनेतर्फ सबै लाग्नुपर्ने बताउनु भयो ।
मंगलबार कक्षा २ र ३ विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गरिएको विद्यालयका प्राचार्य घनश्याम पाठकले बताउनु भयो । शिव टोल संस्थाका संयोजक रबिलाल सुवेदी, कालिकानगर वडा नं ११ अन्तरगत ९ वटा टोल समन्वय संस्था तथा शिव टोल संस्थाका अध्यक्ष शालिकराम पौडेल, शिव टोलका राजु तिवारी, शोभाखर भण्डारी, शिवशंकर पथका अध्यक्ष मोतिलाल पौडेललेले समाज परिवर्तन गर्न टोल संस्थाहरुको अगुवाईमा गरिने काम प्रभावकारी हुने धारणा राख्नु भएको थियोे ।
यसअघि टोलले अनावश्यक हिडडुल रोक्न र सरसफाईप्रति सचेतना जगाउन भन्दै मास्क र साबुन समेत वितरण गरेको थियो । टोलमा करीब १ सय ७० घरधुरी रहेका छन ।