Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ क्वारेन्टाईनलाई व्यवस्थित र मानविय व्यवहार गर्ने गरि सुव्यवस्थित गर्न प्रदेश सांसदको माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

क्वारेन्टाईनलाई व्यवस्थित र मानविय व्यवहार गर्ने गरि सुव्यवस्थित गर्न प्रदेश सांसदको माग

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०७७ · 0
क्वारेन्टाईनलाई व्यवस्थित र मानविय व्यवहार गर्ने गरि सुव्यवस्थित गर्न प्रदेश सांसदको माग
120
SHARES
ShareTweet



क्वारेन्टाईन जन्ती राख्ने घर सरह भएको गुनासो


बुटवल १४ जेठ
प्रदेश पाँचका प्रदेश सदस्यहरुले प्रदेशमा वनाईएका क्वारेन्टाईनलाई व्यवस्थित र मानविय व्यवहार गर्ने गरि सुव्यवस्थित गर्न माग गरेका छन ।
प्रदेश ५ सरकारले प्रदेश सभामा प्रस्तुत गरेको विसं २०७७। ०७८को नीति तथा कार्यक्रम माथिको छलफल कार्यक्रममा बुधवार वोल्दै प्रदेश सदस्यहरुले प्रदेशमा वनाईएका क्वारेन्टाईन मानिस मार्ने स्थल हुन नहुनेमा जोड दिएका छन ।
रोग भोक जितौ मान्छे मार्नवाट रोकौ भन्ने नारालाई नीति तथा कार्यक्रममा समावेश गर्न माग गर्नु भएको थियो ।
प्रदेश सदस्यहरुले क्वारेन्टाईन जन्ती राख्ने घर सरह भएको गुनासो पनि गरेका थिए । नीति तथा कार्यक्रममा नेचर , कल्चर र एग्रिकल्चरलाई प्राथमिकता दिन माग गरेका छन । क्वारेन्टाईनलाई सुविधा सम्पन्न र मानिसलाई क्वारेन्टाईनमा वसौ वसौ हुने खालका वनाउन माग गर्नु भएको छ ।
प्रदेशमा वनाईएका वारेन्टाईनमा मानविय व्यवहार गर्ने गरि कार्य योजनासहितको वातावरण तयार गर्न माग गरेका छन ।
भेडा बाख्रा सरह राख्ने गरि बनाईएका वारेन्टाईनले कोरोना नियन्त्रण भन्दा पनि संक्रमण वढाउने खालका रहेो प्रति सरकार गभिर हुन माग गरेका छन ।
सभामा प्रदेश सदस्य डिल्ली बहादुर चौधरीले क्वारेन्टाईन जान मानिस डराउने खालको भएकोले त्यसमा व्यवस्थापन गर्न माग गर्नु भयो ।
मानिस बचाउने हेतुले क्वारेन्टाईन बनाईएको हो भन्ने स्थापित गर्न समेत उहाँले माग गर्नु भयो । प्रदेश सदस्य चौधरीले प्रदेशका सदस्यहरुलाई वजेटको अधिकार नहुदाँ आफनो क्षेत्रमा जादाँ मुसा सरह भएर वस्न बाध्य हुन परेकोले त्यसलाई नीति तथा कार्यक्रममा सम्वोधन गर्न माग गर्नु भयो ।
प्रदेश सदस्य विरबहादुर रानाले नीति तथा कार्यक्रम विगतकै निरन्त्रता रहेको टिप्पणी गदै कारोना अस्पताल, क्वारेन्टाईन स्थलको अवस्था हेदा दयनिय रहेकाले त्यसतर्फ गम्भिर हुन आग्रह गर्नु भयो ।
उहाँले नैतिकता , नीति, सुशासनमा रहेर जनताको पक्षमा काम गर्न आग्रह गर्नु भएको थियो । उहाँले साउन महिना भित्र कोरोना नियन्त्रण हुने भनिएको छ तर त्यसको कुनै योजना देखाईएको छैन र कोरोनालाई देखाएर प्रदेशको नामाकरण तथा स्थायी राजधानीको टुगो लगाउने काम लम्वाउने खेल नखेल्न माग गर्नु भयो । प्रदेश सदस्य सुष्मा यादवले प्रदेश ५ मा सवै भन्दा जोखिमा रहेकोे कपिलवस्तु जिल्लामा कोरोना विशेष अस्पताल बनाउन माग गर्नु भयो ।
प्रदेश सदस्य दीपा विकले प्रदेशका १२ वटै जिल्लामा वाल अस्पताल र प्रस्तुति गृह निर्माण गर्न माग गर्नु भयो । थानकुमारी महिला हिंम्सा र जातिय विभेद जारी रहेकाले सरकार यस विषयमा गम्भिर हुन माग गर्नु भयो ।
प्रदेश सदस्य शंकर प्रसाद गिरीले कोरोनावाट नागरिक बचाउने सवालमा सरकार असफल सिद्ध भएको गुनासो गर्नु भयो ।
प्रदेश सदस्य विजय यादवले क्वारेन्टाईन मापदण्ड अनुसार भए नभएको वारेमा अनुगमन गर्न र मानिसको ज्यान बचाउने गरि काम गराउन माग गर्नु भयो । तारा जिसी र ईन्द्र प्रसाद खरेलले कोरोनालाई देखाएर प्रदेशकको नामकरण र स्थायी राजधानीलाई पछाडी धकल्न नहुने धारणा राख्नु भयो ।
प्रदेश सदस्य सन्तोष पाण्डेले नीति तथा कार्यक्रम शब्द चयनमा मात्र राम्रो छ तर माहामारीको रुपमा रहेको कोरोनाका सवालमा गम्भिर नभएको गुनासो गर्नु भयो । उहाँले रुपन्देहीको क्रिमशन अस्पताललाई कोरोना विशेष अस्पताल वनाउन माग गर्नु भयो । उहाँले किसानलाई आवश्यक पर्ने मलखाद र विउ खुल्ला रुपमा नीजि क्षेत्रलाई विक्री वितरणको व्यवस्था दिन माग गर्नु भयो ।
प्रदेश सदस्य कल्पना पाण्डले नीति तथा कार्यक्रम उत्साहजनक नरहेको टिप्पणी गदै कारोना संक्रमणका सवालमा गम्भिर हुन नसकेको गुनासो गर्नु भयो । कुरामा भन्दा काममा ध्यान दिन माग गर्नु भयो । प्रदेश सदस्य कृष्ण प्रसाद न्यौपानले देवदहमा भएको वालिका हत्याको छानविन गर्न र सत्यतथ्य सार्वजनिक गर्न माग गर्नु भयो । प्रदेश सदस्य धर्मलाल श्रीवास्तवले कोरोना संक्रमण बढी भएका र उच्च जोखिम रहेका जिल्लामा प्रयोगशाला बनाउन माग गर्नु भयो ।
कपिलवस्तु जिल्लामा आईसियु सहितको अस्पताल बनाउन माग समेत गर्नु भयो । प्रदेश सदस्य विमला पन्थीले कृषि विमा र किसानको उत्पादन सरकारले खरिद गर्ने परिपार्टीमा जोड दिन माग गर्नु भयो ।
प्रदेश सदस्य गिता थापाले जाजरकोट घटना र देवदह घटना जातिय र महिला हिंम्सा भएकाले सत्यतथ्य सार्वजनिक गर्न माग गदै , कोभिड १९ वाट बचाउन प्रभावकारी स्वास्थ्य प्रयोगशाला स्थापना गर्न जरुरी रहेकोमा जोड दिनु भयो । प्रदेश सदस्य अष्टभुजा पाठकले प्रदेशमा कोरोना परिक्षण विश्वासिलो नभएको गुनासो गर्नु भयो । उहाँले ततकाल जनतालाई राहत दिने कामलाई प्राथमिकता दिन माग गर्नु भयो । नीति तथा कार्यक्रममा कुनै नविन योजना छैन
प्रदेश सदस्यहरु सुनिता कुमारी ठठेर , फखरुद्दिन खान, , धनकली चौधरी, जाल्पा पौडेल भुसाल, , द्धग नारायण पाण्डे, तुलाराम घर्ती मगर र पुर्मती ढेगा लगायतले नीति तथा कार्यक्रमका वारेमा धारणा राख्नु भएको थियो ।, सभाको अर्को बैठक जेठ १६ गते वस्ने भएको छ ।

≪ Previous Post

पुस्तक लिन आउने अभिभावकलाई स्वस्थ्य जाँच र मास्क प्रदान

Next Post ≫

विहिवार भोली ४ बजे बजेट भाषण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क