Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ भारतवाट आउनेहरु कै कारण प्रदेशमा कोरोना संक्रमित बढेको : मुख्यमन्त्री पोखरेल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भारतवाट आउनेहरु कै कारण प्रदेशमा कोरोना संक्रमित बढेको : मुख्यमन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · १३ जेष्ठ २०७७ · 0
भारतवाट आउनेहरु कै कारण प्रदेशमा कोरोना संक्रमित बढेको : मुख्यमन्त्री पोखरेल
110
SHARES
ShareTweet

यमलाल भुसाल
बुटवल १३ जेठ
प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले कोभिड १९ संक्रमितको अवस्था पत्तालगाउन प्रदेशमा फिरिजमा स्वाब राखेर पालो पर्खने अवस्था रहेको बताउनु भयो ।
उहाँले प्रदेश पाँचमा कोरोना परिक्षणका लागि अत्यधिक चाप रहेको समेत बताउनु भयो । उहाँले नेपालका वारेन्टाईनमा रहेका मध्ये प्रदेश ५ ले एक्लै ५० प्रतिशत संख्या वारेन्टाईनामा राखेको बताउदै सिगो नेपालमा रहेको क्वारेन्टाईनकको क्षमतामा प्रदेश ५ अवल रहेको दावि गर्नु भयो । प्रदेश पाँचमा वारेन्टाईमा रहेको व्यक्तिको मुत्यु र क्वारेन्टाईनमा रहेकाहरु भागिरहेको अवस्थामा मुख्यमन्त्री पोखरेलले प्रदेशमा उत्कृष्ट व्यस्थापन रहेको भनी सभामा वोल्नु भएको थियो ।
मंगलवार प्रदेश ५ को प्रदेश सभामा वोल्दै मुख्य मन्त्री पोखरेलले भारतवाट आएकावाट प्रदेशमा कोरोना संक्रमित बढेको बताउनु स्पष्ट पार्नु भयो ।
प्रदेशमा भारतवाट आएका र तिनको व्यवस्थापनमा लागेकाहरुलाई कोरोना संक्रमित देखिएको बताउदै उहाँले भारतवाट आउनेहरु कै कारण प्रदेशमा कोरोना संक्रमित बढेको स्पष्ट पार्नु भयो ।
प्रदेशमा कोरोना संक्रमित देखिएकाहरुमा कोरोनाको लक्षण नदेखिने तर स्वाब परिक्षण पोजेटिभ आउने गरेकाले पनि चुनौति थपिएको उहाँले बताउनु भयो । उहाँले यो वर्ष वजेटमा नयाँ कार्यक्रम ल्याउने भन्दा पनि वर्तमान असहज परिस्थितीलाई कसरी समाधान गर्ने भन्ने विषयमा केन्दित रहने जानकारी गराउनु भयो । उहाँले प्रदेशमा कोभिड १९ को परिक्षणको दायरा बढाउने र संक्रमितलाई विशेष आईसोलेशन अस्पतालमा व्यवस्थित रुपमा उपचार गर्ने गरि कार्य भैरहेको जानकारी गराउनु भयो ।
यही जेठ १० गते प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले आर्थिक वर्ष २०७७। ०७८ को नीति तथा कार्यक्रमप्रस्तुत गर्नु भएकोमा प्रदेश सभाले धन्यवाद प्रस्ताव पारित गरेको थियो ।
उद्योग मन्त्री लिला गिरीले वजार नियमन तथा प्रतिस्पर्धा प्रवर्धन व्यवस्था गर्न बनेको विधेयक सभामा प्रस्तुत गर्नु भएको थियो ।
विधेयक माथि छलफल गदै प्रदेश सदस्य सन्तोष पाडेले अर्थ विधेयक भनिए पनि यसलाई नियमित वजेटवाट व्यवस्थागर्न माग गर्नु भयो ।
प्रदेश सभा सदस्य रमा अर्यालले विधेयक समसामयिक र महत्वपुर्ण रहेको तर ढिला आएको तथा कार्यान्वयनलाई प्रभावकारी बनाउन माग गर्नु भयो ।
अर्का प्रदेश सभा सदस्य तुलाराम घर्तिमगरले विधेयक राम्रो रहेको धारणा राख्नु भएको थियो ।
सभामा अर्थ उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले स्थानिय तहका पदाधीकारी तथा सदस्यहरुले पाउने पारिश्रमिक सम्बन्धी तथा लोक सेवा आयोगका पदाधीकारीकोे पारिश्रमिक सम्बन्धी प्रतिवेदन सभामा प्रस्तुत गर्नु भएको थियो । अर्को बैठक बुधवार ११ वजे वस्ने भएको छ ।

≪ Previous Post

मुस्लिम समुदायले शुभकामना आदानप्रदान गरी ईद पर्व मनाउँदै

Next Post ≫

भेरी नदीमा हराएकाको खोजी गर्न एपीएफको गोताखोर टोली परिचालन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क