Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मुस्लिम समुदायले शुभकामना आदानप्रदान गरी ईद पर्व मनाउँदै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मुस्लिम समुदायले शुभकामना आदानप्रदान गरी ईद पर्व मनाउँदै

संसारपोस्ट संवाददाता · १२ जेष्ठ २०७७ · 0
मुस्लिम समुदायले शुभकामना आदानप्रदान गरी ईद पर्व मनाउँदै
80
SHARES
ShareTweet

प्रदेश प्रमुख यादव र मन्त्री वरालद्वारा शुभकामना ब्यक्त

बुटवल, १२ जेठ । रमजान महिना सकिएको खुशियालीमा मुस्लिम समुदायले आज एकअर्कामा शुभकामना आदान प्रदान गरी ईद उल फित्र अर्थात ईद मनाउँदैछन् । इस्लाम धर्मावलम्बीहरुको एक महान चाड ‘इद उल फित्र’ पवित्र रमजान महिनाको अन्तिम दिनमा पर्दछ । चन्द्रमाको आकार यो पर्वको निर्धारणमा एकदमै महत्वपूर्ण हुन्छ त्यसकारण पनि इस्लामिक रीति अनुसार रमजानको अन्तिम दिन साँझमा सबैजनाले चन्द्रमा हेर्ने गर्दछन् र जब ‘हिजाल’ अर्थात् अर्धचन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ तब मात्र रमजान महिनाको कठिन व्रतको समापन र इद उल फित्र पर्वको प्रारम्भ हुने गर्दछ ।
अर्थात फरक–फरक भूगोलबाट चन्द्रमा देखिन दिन फरक हुने हुँदा ईदको दिन पनि फरक पर्दै आएको छ । सम्बन्धित क्षेत्रका मुख्य मौलानाले चन्द्रमा देखिएको घोषणा गरेर भोलिपल्ट ईद मनाउन आह्वान गरेपछि मात्र यो पर्व मनाइन्छ । यो ईदमा अल्लाहका नाममा विशेष नमाज गर्ने परम्परा छ । त्यस्तै नयाँ लुगा लगाउने, सेवई (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खीर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ ।
इस्लाम धर्मका प्रवर्तक मुहम्मद सल्लल्लाहु अलैहि वसल्लममा यहि रमजान महिनामै पवित्र ग्रन्थ कुरानका विचारहरु प्रकट भएको जनविश्वास रहिआएको पाइन्छ । यस महिनाभरि जहन्नुम अर्थात् नर्कको सम्पूर्ण ढोकाहरु बन्द हुने र जन्नत अर्थात् स्वर्गका सम्पूर्ण ढोकाहरु खुल्ला रहने विश्वास गरिन्छ । जस कारण यस महिनालाई अल्लाहको महिना पनि भनिन्छ ।
यस पर्वमा बस्तीभित्रको मस्जिदमा सबै पुरुष भेला भएर सामूहिक नमाज पढ्छन् । ईदमा आफन्त, छिमेकी र साथीभाइको घर गएर शुभकामना दिँदै मिष्ठान्न खाने चलन भएपनि यसपटक कोरोना भाइरस संक्रमणको जोखिमका कारण घरमै बसेर ईद मनाउन नेपाल मुस्लिम आयोगले आह्वान गरेको छ । रोजा अवधिभर पनि इस्लाम समुदायले घरैमा नमाज पाठ गरेका थिए ।
इदको अवसरमा सरकारले यसअघि आइतबार ईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरे पनि त्यसलाई सच्याएर आज बिदा दिने निर्णय गरेको छ ।
आज नेपाल सरकारका प्रमुख, विभिन्न राजनैतिक दलका नेता, प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीलगायतले औपचारिक सन्देश जारी गर्दै मुसलमान दाजुभाई दिदिबहिनीहरुलाई ईद को शुभकामना ब्यक्त गरेका छन् ।
प्रदेश नम्वर ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले शुभकामना सन्देश जारी गरी सांस्कृतिक चाडपर्वहरु हरेक समुदायका आफ्ना मौलिक पहिचान र राष्ट्रका अमुल्य निधिहरु हुन् भन्नुभएको छ । प्रदेश प्रमुख यादवले शुभकामना सन्देशमा यिनै सांस्कृतिक संपदाहरुको जगेर्नावाट नै समुदाय, समाज र राष्ट्रमा आपसी सद्भाव, भातृत्व र एकतालाई मजवुत वनाउन सहयोग पुग्ने उल्लेख गर्नुभएको छ ।
‘हाल देश र विदेशमा समेत फैलिरहेको यो कोभिड–१९ महामारीको अवस्थामा एकजुट भई जीवन रक्षाका प्रयाशमा लाग्न सबै मुस्लिम दाजुभाई तथा दिदीवहिनीहरुलाई यस पर्वले थप प्रेरणा प्रदान गर्न सकोस् भन्ने अपेक्षाका साथ पुन सम्वद्ध सबैमा शुभकामना ब्यक्त गर्दछु ।’ शुभकामना सन्देशमा भनिएको छ ।
यस्तै इस्लाम धर्मावलम्वीहरुको महान पर्व इद उल फित्र (ईद)को अवसरमा प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले पनि शुभकामना सन्देश दिदै यस पर्वले सबै नेपालीहरुमा आपसी भातृत्व विकास हुने विश्वास ब्यक्त गर्नुभएको छ ।
नेपालमा धार्मिक तथा सांस्कृतिक विविधता रहेको उल्लेख गर्दे मन्त्री वरालले शुभकामना सन्देशमा पर्वहरुले सबै नेपालीहरुलाई एकतामा वाध्ने विश्वास व्यक्त गर्नु भएको छ । उहांले कोभिड १९ वाट कुनै पनि समुदाय अछुतो नरहेको बताउदै सवै मिलेर यसको सामाना गर्नुको विकल्प नभएको उल्लेख गर्नुभएको छ ।
‘हाम्रा सबै चाडपर्वले एकता र भातृत्वको सन्देश वोकेका छन र इस्लाम धर्मसंग सम्वन्धित यो पर्वले पनि सबैमा एकता, उदारता, प्रेम, सहिष्णुता, शान्ति, सहअस्तित्व र सदाचार कायम गर्न सफल होस भन्ने शुभकामना व्यक्त गर्दछु ।’ मन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।
भातृत्व र उत्साहको पर्वको अवसरमा हामी पनि सबैलाई ईद उल फित्रको शुभकामना ब्यक्त गर्दछौं ।

≪ Previous Post

नवलपरासीमा हावाहुरीले कुखुराको खोर भत्किदा दुई जनाको मृत्यु

Next Post ≫

भारतवाट आउनेहरु कै कारण प्रदेशमा कोरोना संक्रमित बढेको : मुख्यमन्त्री पोखरेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क