Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नवलपरासीमा हावाहुरीले कुखुराको खोर भत्किदा दुई जनाको मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपरासीमा हावाहुरीले कुखुराको खोर भत्किदा दुई जनाको मृत्यु

संसारपोस्ट संवाददाता · १२ जेष्ठ २०७७ · 0
नवलपरासीमा हावाहुरीले कुखुराको खोर भत्किदा दुई जनाको मृत्यु
80
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ

नवलपरासी, १२ जेठ । पूर्वी नवलपरासीको गैँडाकोटमा हावाहुरीले कुखुराको खोरा भत्किदा दुई जनाको ज्यान गएको छ । खोरले पुरिदा दुई बालक सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार गँैडाकोट ६ बोटे टोलमा गैँडाकोट ८ निवासी काँशीराम पौडेलले बाँस र खरले बनाएको कुखुराको खोर अचानक आएको हावाहुरी र बर्षातका कारण भत्किँदा ३५ बर्षीया काँशीराम पौडेल र सोही स्थानमा डेरा गरी बस्ने कास्की जिल्लाका ४० बर्षीय सूर्यबहादुर भण्डारीको मृत्यु भएको हो । खोर भित्र सरसफाई गरिरहेको बेला एक्कासी खोर भत्किएको थियो ।
खोरले च्यापिएर गम्भीर घाइते भएका उनीहरुको उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा आइतबार साँझ निधन भएको प्रहरीले जनाएको छ । पौडेलका छोरा वर्ष ९ का प्रतिक पौडेल र भण्डारीका छोरा डेढ वर्षका सुमिन भण्डारीको अवस्था सामान्य रहेको छ । हावाहुरीले खोर भत्काए पछि आफ्ना साना छोराहरुलाई उनीहरुले काखमा राखेर सुरक्षित गरेका थिए । घटना पछि इलाका प्रहरी कार्यालय गैँडाकोट, सशस्त्र प्रहरीको टोली र स्थानीय बासिन्दाहरुको सहयोगमा खोर पन्छाएर उनीहरुलाई निकालिएको थियो ।
खोरले च्यापेर २ ओटा बाख्रा लगायत सयौं कुखुरा समेत मरेका छन् । खोरमा एक हजार कुखुरा रहेका थिए ।

≪ Previous Post

थारु संग्राहालय स्थल अतिक्रमण, संरक्षणमा जुटे गाउँलेहरु

Next Post ≫

मुस्लिम समुदायले शुभकामना आदानप्रदान गरी ईद पर्व मनाउँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क