Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ थारु संग्राहालय स्थल अतिक्रमण, संरक्षणमा जुटे गाउँलेहरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

थारु संग्राहालय स्थल अतिक्रमण, संरक्षणमा जुटे गाउँलेहरु

संसारपोस्ट संवाददाता · ११ जेष्ठ २०७७ · 0
थारु संग्राहालय स्थल अतिक्रमण, संरक्षणमा जुटे गाउँलेहरु
70
SHARES
ShareTweet

कमल चौधरी

कपिलवस्तु, ११ जेठ । थारु संग्राहालय निर्माणका लागि संरक्षण गरेर राखिएको जमिल अतिक्रमण हुन थालेपछि गाउँलेहरु यसको संरक्षणमा जुटेका छन् । संग्राहालय निर्माण गरी थारु समुदायको कला संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा प्रदर्शन गर्ने उद्देश्यले कपिलबस्तु जिल्लाको बाणगंगा नगरपालिका–८ मोर्मीमा संरक्षण गरेर राखिएको जमिन अतिक्रमण हुन थालेपछि स्थानीय थारु समुदायका साथै गाउँलेहरु जग्गाको संरक्षणमा जुटेका छन् ।
थारु संग्राहालय निर्माणका लागि वि.स. २०७३ सालमा वाणगंगा नगरपालिका वडा नम्वर ८ को कार्यालय, घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था र थारु संस्कृति संरक्षण तथा सम्वद्र्धन सभाको पहलमा करिव २८ कठ्ठा जग्गा तारवार गरी संरक्षण गरेर राखिएको हो । उक्त जग्गामा समयमा नै थारु संग्राहालय निर्माण हुन नसकेको र अहिले देश कोरोना भाइरस (कोभिड–१९) को त्रासमा रहेको र यसको संक्रमण र जोखिमबाट बच्न गरिएको लामो समयको लकडाउनका कारण उक्र जग्गाको संरक्षण तर्फ सम्वन्धित सरोकारवाला पक्षको ध्यान पुग्न नसकेको अवस्था छ । यहि मौका छोपेर संग्राहालय निर्माणका लागि तारबार गरेर राखिएको जग्गाको दायाँ वायाँ अतिक्रमण गरिएको छ । सोहि जग्गामा सुकुम्वासीका नाममा घर टहरा निर्माण र बाटोको लागि छुट्टाईएको जग्गा समेत अतिक्रमण हुन थालेपछि स्थानीय गाउँले यसको संरक्षणमा जुटेका हुन् ।


थारु समुदायको कला संस्कृति संरक्षण तथा सम्वद्र्धनका लागि तारबार गरेर राखिएको जग्गा अतिक्रमण हुन थालेकोले यसको संरक्षण गर्नु र अतिक्रमण गर्न नदिनु सवैको दायित्व भएकाले जग्गा संरक्षणको पहल शुरु गरिएको स्थानीय समाजसेवी द्रोण हमालले बताउनु भयो ।
‘थारु समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नु सबैको दायित्वहो । भाषा, धर्म, संस्कार र संस्कृति सबै जाति समुदायको अस्तित्व र पहिचान संग जोडिएको हुनाले थारु समुदायको पहिचान लाई लोप हुन नदिन स्थानीय निकाय, सामाजिक संघ–संस्था र सबै नागरिकले क्रियाशिल भएर सहयोग गर्न आवश्यक छ ।’ समाजसेवी हमालले भन्नुभयो ।
बाणगंगा नगरपालिका वडा–८ मोर्मी टोल विकास संस्थाका अध्यक्ष तथा थारु सांस्कृतिक संरक्षण तथा संवद्र्धन सभाका उपाध्यक्ष सक्रान्ती चौधरीले थारु संग्राहालय निर्माण स्थललाई अतिक्रमण हुनबाट जोगाउन जग्गाको दायाँ बायाँ र छेउछाउमा सडक निर्माण गरिएको जानकारी गराउनु भयो । उक्त जग्गालाई अतिक्रमको चपेटावाट जोगाउन त्रिशक्ति सामुदायिक वन उपभोक्ता समूहसंग आर्थिक सहयोग माग गरेर बाटो निर्माण गरिएको उहांले बताउनु भयो ।
बाणगंगा नगरपालिका वडा नं. ८ को बोडगाउँ, मधुवान, बन्डौली, मोर्मी, ढोडेकोल र चप्पर गाउँको विच भागमा पर्ने उक्त जग्गा रहेको स्थान वातावरणीय हिसावले पनि अति सुन्दर मनमोहक छ । शान्त, हरियाली र सुन्दर ठाउं हुनुका साथै संगै जोडिएर रहेको झोलुङ्गे पुलमा घुम्न तथा सेल्फी खिच्न टाढा–टाढाबाट मानिसहरु आउने हुनाले पर्यटकीय हिसावले पनि यो ठाउं महत्वपुर्ण छ । थारु समुदायको चाड पर्वमा पनि थारु समुदायका मानिसहरु सोही स्थानमा भेला भएर आफ्ना कला संस्कृति प्रदर्शन लगायतका कार्यक्रम गर्ने गर्दछन् ।
“लोप हुन लगेको थारु समुदायको कला, संस्कृतिलाई सरक्षण तथा सम्वद्र्धन, सो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न र थारु समुदायलाई आयआर्जनको पाटो संग जोड्नका लागि पनि संरक्षण गरिएको जग्गामा छिटै संग्राहालय निर्माण गर्न आवश्यक रहेको त्रिशक्ति सामुदायिक वन उपभोक्ता समूहका सल्लाहकार तथा अधिवक्ता रविराज आचार्यले बताउनु भयो ।
थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सदस्य भोजराज थारुले थारु संग्राहालय निर्माणको लागि विभिन्न सरोकारवाला निकाय र संघ, संस्थाहरुलाई झकझकाउने काम भएपनि काम अगाडी बढेन नसकेको वताउनु भयो ।
प्रदेश सरकारले आदिवासी जनजाति समुदायलाई लक्षित गरेर बजेट बिनियोजन गर्ने, थारु समुदायलाई थारु होम स्टे निर्माणमा सहयोग गर्ने र स्थानीय थारु समुदायलाई आर्थिक पाटो संग जोडेर विकास निर्माणका काम अगाडी वढाउने प्रदेशसभा सदस्य विष्णु पन्थीको भाषण अहिलेसम्म भाषणमै मात्र सिमित रहेको छ ।

थारु संग्राहालय निर्माण नहुनु कमजोरी

थारु समुदायको संग्राहालय निर्माण हुनु निकै गर्वको विषय हो तर यसलाई निर्माण गर्न नसक्नु थारु समुदायको कमजोरी हो या थारु संस्कृति संरक्षण तथा संवद्र्धन सभाको या नगरपालिकाको ? यसलाई गम्भिरतापुर्वक बिचार गर्नुपर्ने अबस्था आएको छ । कुनै एक गाउँको मात्र नभई सम्पुर्ण बाणगंगा नगरपालिकाका थारु समुदायको पहिचानको रुपमा रहेको संग्राहालय यस क्षेत्रका थारु समुदायले निर्माण गर्न खोजे पनि स्थानीय निकायले बजेट विनियोजन नगर्दा काम अगाडी बढ्न सकेको छैन ।
बाणगंगा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष गुणनिधी भुसालले वडा बाट थारु संस्कृति संरक्षण र प्रवद्र्धन गर्नको लागि बजेट छुट्टाउने काम गरेको बताउनुभयो । थारु समुदायको परम्परागत सिप विकास तालिमको व्यवस्था गरेर थारु समुदायमा ढाकिया बुन्ने र थारु बाजा बजाउने कलाको विकास भएको उहांले वताउनु भयो । यस्तै माघी महोत्सव कार्यक्रमको व्यवस्थापनका लागि प्रत्येक बर्ष वडाले १ लाख वजेट छुट्टाउँदै आएको र थारु संग्राहालय निर्माणका लागि पनि आफ्नो ठाउँ बाट पहल गर्ने वडा अध्यक्ष भुसालले जानकारी गराउनु भयो ।

थारु संग्राहालय निर्माण हुँदा सबैलाई फाईदा

थारु समुदायको संग्राहालय निर्माण गर्न सकिएमा सो क्षेत्रको मात्र विकास नभएर यसको प्रत्यक्ष अप्रत्यक्ष फाईदा सो क्षेत्रका नागरिकलाई पनि हुनेछ । संग्राहालय निर्माणले आदिवासी थारु समुदायको कला, संस्कृति, मौलिक भेषभुषाको संरक्षण र प्रवद्र्धन हुनुका साथै सो क्षेत्रमा बसोवास गर्ने सबै समुदायका नागरिकले प्रत्यक्ष अवलोकन गरी आफ्नो संस्कृतिको संरक्षणमा लाग्न समेत टेजा पुग्ने जनप्रतिनिधि शि प्रसाद पाण्डेले बताउनुभयो ।
बाणगंगा नगरपालिकामा वि.स. २०६८ सालमा गरिएको जनगणना अनुसार थारु समुदायको बाहुल्यता बढि रहेको छ । जनगणना अनुसार ७५ हजार २ सय ४२ जनसंख्या मध्ये ३७.१४ प्रतिशत थारु समुदायको मात्र बहुल्यता रहेको छ । अन्य समुदायको तुलनामा धेरै जनसंख्या भएपनि बाणगंगा नगरपालिका वडा ८ स्थित जग्गामा थारु संग्राहालय निर्माण हुन नसक्नु दुःखको कुरा हो । यस्ता सांस्कृतिक सम्पदा संरक्षण र संवद्र्धनका लागि स्थानीय निकायको समेत ध्यान पुग्न नसकेका कारण संग्राहालय निर्माणको कामले गति लिन सकिरहेको छैन । यस्ता संस्कृतिक भवनहरु निर्माण कार्यमा सम्बन्धित निकायको ध्यान पुग्न जरुरी देखिन्छ ।

≪ Previous Post

राष्ट्रिय सरोकार समिति : सरकार अलपत्र नेपालीलाई तत्काल स्वदेश ल्याउ

Next Post ≫

नवलपरासीमा हावाहुरीले कुखुराको खोर भत्किदा दुई जनाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क