Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लकडाउन अवधीको ब्याजमा ५० प्रतिशत छुट र किस्तावन्दीमा भुक्तानी चाहियो : रुपन्देही उद्योग संघ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लकडाउन अवधीको ब्याजमा ५० प्रतिशत छुट र किस्तावन्दीमा भुक्तानी चाहियो : रुपन्देही उद्योग संघ

संसारपोस्ट संवाददाता · ११ जेष्ठ २०७७ · 0
लकडाउन अवधीको ब्याजमा ५० प्रतिशत छुट र किस्तावन्दीमा भुक्तानी चाहियो : रुपन्देही उद्योग संघ
140
SHARES
ShareTweet


बुटवल ११ जेठ
रुपन्देही उद्योग संघले उद्योगहरुले प्रयोग गरिरहेको कर्जाको लकडाउन अवधीको ब्याजदरमा ५० प्रतिशत छुट गरिनुपर्ने र ब्याजलाई किस्तावन्दीमा विलम्व शुल्क र थप ब्याज नलाग्ने गरी भुक्तानीको व्यवस्था मिलाउन सरकारसंग माग गरेको छ । संघले लक डाउन खुलेको ६ महिना भित्रमा व्याज तिर्ने व्यवस्था मिलाउन पनि माग गरेको छ ।
उद्योगहरुले लिएको आवाधिक कर्जाको किस्ता भुक्तान गर्ने समय लक डाउन समाप्तीको १ बर्ष पछि सारिनु पर्ने, लक डाउनले प्रभावित उद्योगहरुको बर्गीकरण गरी कम्तिमा ३ बर्षका लागि २ प्रतिशत ब्याज दरमा पुनःकर्जाको व्यवस्था गरिनुपर्ने माग गरेको छ ।
संघका अध्यक्ष बाबुराम बोहोरा र महासचिव जिवकान्त काप्mलेद्धारा जारी विज्ञप्तिमा उद्योगहरुले बैंक तथा वित्तिय संस्थाहरुबाट लिएको जम्मा कर्जामा सोही धितो सुरक्षण रहने गरी कम्तिमा २५ प्रतिशत बृद्धि गरी थप कर्जा दिने व्यवस्था मिलाउनुपर्ने माग गरिएको छ ।
त्यस्तैविदेशबाट फर्किएका युवाहरुलाई स्वदेशमै उत्पादनशिल क्षेत्रमा लाग्न प्रोत्साहन गर्न न्यूनतम ब्याजदर (बढिमा ५ प्रतिशत) मा परियोजना बेस कर्जाको ब्यवस्था गरिनुपर्ने र स्वदेशमै रोजगारको व्यवस्था मिलाउन र श्रम अभावलाई परिपूर्ती गर्न तत्काल शिपमूलक तालिमहरु संचालन गरिनुपर्नें माग गरेका छन ।
कोरोना भाइरसको प्रभाव हरेक तह र क्षेत्रमा परेकाले सबै क्षेत्रमा प्रवाह भएको कर्जाको व्याजदर बढिमा ७ प्रतिशत भन्दा बढि नहुने ब्यवस्था मिलाइनुपर्ने पनि माग गरेका छन ।
उद्योगहरुले उपभोग गरिरहेको बिद्युतमा लकडाउन अवधीभरिको डिमाण्ड चार्ज शत प्रतिशत छुट गरिनुपर्ने र ३ बर्षका लागि विद्युत महसुल दरमा ५० प्रतिशत छुटको व्यवस्था गरिनुपर्ने ,स्थानीय तह र विभिन्न सरकारी निकायहरुले लिने उद्योग नविकरण लगायतका शुल्कहरु १ बर्षका लागि छुट गरिनुपर्नेमाग संघले गरेको छ ।
कृषि, पर्यटन र उत्पादनशिल क्ष्ँेत्रमा लगानी बृद्धि गरिनुपर्ने, सरल कर्जा र न्यूनतम ब्याजदर (५ प्रतिशत भन्दा बढि नहुने गरी) प्रणाली लागू गरिनुपर्ने ,बजारमा पूँजी अभाव हुन नदिन नगद धरौटी राख्ने, भुक्तानी अवधिमा पुनःधरौटी काट्ने, अग्रिम ६दशमलव ५ प्रतिशत भ्याट कट्टी गर्ने खालका नीतिहरुलाई तत्कालका लागि खारेज गरिनुपर्ने माग गरेको छ ।

≪ Previous Post

बुटवल कोरोना अस्पतालमा उपचारत १० जना उपचार पछि घर फर्किए

Next Post ≫

राष्ट्रिय सरोकार समिति : सरकार अलपत्र नेपालीलाई तत्काल स्वदेश ल्याउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क