Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल कोरोना अस्पतालमा उपचारत १० जना उपचार पछि घर फर्किए
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल कोरोना अस्पतालमा उपचारत १० जना उपचार पछि घर फर्किए

संसारपोस्ट संवाददाता · १० जेष्ठ २०७७ · 0
बुटवल कोरोना अस्पतालमा उपचारत १० जना उपचार पछि घर फर्किए
100
SHARES
ShareTweet

बुटवल, १० जेठ । बुटवल धागो कारखाना स्थित बुटवल कोरोना बिशेष (अस्थायी) अस्पतालमा उपचारत १० जना कोरोना संक्रमित बिरामीहरु उपचार पछि निको भएर घर फर्किएका छन् ।
कारोना संक्रमण पुष्टि भएपछि दुई हप्ता अघि कोरोना अस्पतालको आइसोलेशनमा भर्ना भएका बिरामीहरू निको भएर आज(शनिवार) घर फर्किएका हुन् । निको भएर घर फर्किने सबै कपिलवस्तु जिल्लाका भएको अस्पतालले जनाएको छ ।
दुई हप्ताको उपचार पछि दुई पटक गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालवाट डिस्चार्ज गरी बिदाई गरिएको बुुटवल कोरोना विशेष (अस्थायी) अस्पतालका फोकल पसर्न तथा वरिष्ठ कन्सलटेन्ट डा. सुुदर्शन थापाले जानकारी दिनुभयो । यस अघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा पनि कोरोना लाई जितेर घर गइसकेको छन् ।
धागो कारखानामा रहेको कोरोना बिशेष अस्पतालमा रुपन्देही र कपिलवस्तुका गरी ३६ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको थियो ।
यस्तै प्रदेश नं ५ को बाँकेको खजुरास्थित सुुशिल कोईराला प्रखर क्यान्सर अस्पतालबाट शुक्रबार २१ जना कोरोनो संक्रमित निको भएर घर फर्किएका थिए ।
२ सय ७१ जना कोरोना संक्रमित रहेको प्रदेश ५ मा ३२ जना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् भने २ जनाले ज्यान गुमाएका छन् ।
प्रदेश ५ मा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै जान थालेपछि बुटवल धागो कारखाना स्थित कोरोना बिशेष (अस्थायी) अस्पतालमा २ सय बेड थप गर्ने तयारी भैरहेको अस्पतालले जनाएको छ ।

≪ Previous Post

प्रदेश ५ को नीति तथा कार्यक्रम : स्वदेशी श्रम स्वदेशमा पसिना कार्यक्रम संचालन गरिने, कोरोना नियन्त्रणपछि मात्र प्रदेशको नाम र स्थायी राजधानी

Next Post ≫

लकडाउन अवधीको ब्याजमा ५० प्रतिशत छुट र किस्तावन्दीमा भुक्तानी चाहियो : रुपन्देही उद्योग संघ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क