बुटवल, ४ जेठ । सरकारले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।
आज (आईतबार) सांझ बसेको मन्त्रिपरिषद बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । पछिल्लो समय कोरोना संक्रमण फैलिदै गएको र कोरोना संक्रमणको कारण दुई जनाको मृत्यु पुष्टि भएपछि सरकार लकडाउन लम्ब्याउने निर्णयमा पुगेको हो ।
यस अघि बसेको कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो ।
