Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ बुटवलले टेलिभिजन शिक्षण सिकाई कार्यक्रम सञ्चालन गर्दै
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलले टेलिभिजन शिक्षण सिकाई कार्यक्रम सञ्चालन गर्दै

संसारपोस्ट संवाददाता · ३१ बैशाख २०७७ · 0
बुटवलले टेलिभिजन शिक्षण सिकाई कार्यक्रम सञ्चालन गर्दै
70
SHARES
ShareTweet

टेलिभिजन कक्षामार्फत एसईईका सबै विषय सिकाइने

बुटवल, ३१ बैशाख । महामारीका विरुद्ध जारी लकडाउनका कारण रोकिएको एसईई परीक्षार्थीलाई लक्षित गर्दै बुटवलले टेलिभिजन शिक्षण सिकाई कार्यक्रम सुरु गर्न लागेको छ । परीक्षाको तयारीमा रहेर परीक्षा दिन नपाएका तथा घरमै रहेका विद्यार्थीलाई पढाईमा केन्द्रित गर्ने र सघाउने उद्देश्यले बुटवलमा टेलिभिजन शिक्षण सिकाई कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
परीक्षाको सबै तयारी पूरा भएर अघिल्लो दिन बेलुकादेखि लकडाउन सुरु भएपछि रोकिएको थियो । परीक्षा रोकिएसंगै देशभरका सबै विद्यालयहरु बन्द छन् । विद्यालय बन्द रहेका र विद्यार्थीहरु घरमै रहेकाले अभिभावकसमेत चिन्तित छन् । यहीँ चिन्तालाई समेत समाधान गर्नेगरि बुटवलले टेलिभिजन कक्षामार्फत विद्यार्थीहरुलाई पढाउन लागेको हो ।
बिहान १० देखि १२ बजेसम्म दुई सिफ्टमा यस्ता कक्षा सञ्चालन हुने छन् । टेलिभिजनबाट सञ्चालन हुने कक्षा र कार्यक्रमका बारेमा बुटवल उपमहानगरले सार्वजनिक सूचनामार्फत विद्यार्थी र अभिभाबकलाई जानकारी गराईसकेको छ ।
परीक्षा दिने तिथि मिति समेत तोकिएर रोकिएपछि विद्यार्थीमा तनाव उत्पन्न हुन नदिन र पढाइमै केन्द्रित गराउन श्रव्यदृष्यका माध्यमबाट पठनपाठनको व्यवस्था मिलाइएको प्रमुख शिवराज सुवेदीले जानकारी गराउनुभयो । यहाँका विद्यालयमा पढाई हुने हरेक विषयका शिक्षकलाई समय तालिका निर्धारण गरेर विद्यार्थी लक्षित टेलिभिजन कार्यक्रम गरिने उहाँको भनाइ छ ।
यहाँका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर बुटवलका दुई सामुदायिक टेलिभिजन लुम्बिनी र बुद्ध टेलिभिजनबाट उक्त कक्षाको पठनपाठन गराउन लागिएको बुटवलका शिक्षा तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिनुभयो । उहाँले शिक्षकहरुलाई विषयगत रुपमा समय तालिका निर्धारण गरेर खटाइएको शर्माले बताउनुभयो ।
जेठ १ गतेदेखि सुरु हुने शिक्षण सिकाई क्रियाकलाप एक महिनासम्म चल्ने छ । अनिवार्य गणित, नेपाली, विज्ञान, अंग्रेजी, एचपीइ, सामाजिक र ऐच्छिक विषयका रुपमा गणितको शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गरिने छ ।
बुटवलमा २१ सामुदायिक र ४५ संस्थागत विद्यालयमा एसईई परीक्षाको तयारीमा रहेका करिब चार हजार विद्यार्थीलाई लक्षित गरेर यस्तो कक्षा सञ्चालन गर्न लागिएको हो । एक हजार सात सय ९८ छात्रा र दुई हजार एक सय ४५ छात्र एसईई परीक्षार्थीका रुपमा रहेका छन् ।
वार्षिक परीक्षाको नतिजा प्रकाशन
बुटवलले २०७६ सालको वार्षिक परीक्षाको नतिजा प्रकाशन गरेको छ । पूर्वप्रावि देखि ९ सम्मको परीक्षाको नतिजा प्रकाशन गरिएको हो । सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई कक्षा ८ (नगरस्तरीय आधारभूत) सहित पूर्व प्राथमिक कक्षा देखि कक्षा ९ सम्मको नतिजा प्रकाशन गरिएको छ ।

≪ Previous Post

नवलपुरमा पनि बढ्यो कोरोना संक्रमणको जोखिम

Next Post ≫

दशगजामा रोकिएका ७० बढी नेपाली नवलपरासी भित्रिए

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क